११ आश्विन २०८१, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प, सयौंको मृत्यु

चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प, सयौंको मृत्यु

एजेन्सीहरु । चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको र २०० बढी घाइते भएको सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो ।
एनआरएनएको बैठकबाट सदस्य/सल्लाहकारहरु मनोनयन, अनुशासन र विधान समिति गठन

एनआरएनएको बैठकबाट सदस्य/सल्लाहकारहरु मनोनयन, अनुशासन र विधान समिति गठन

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारी तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक गत आइतबार सम्पन्न भएको हो । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा अनलाइन माध्यममा भएको बैठकमा अन्तर्राष्ट्रिय सदस्यहरु मनोनयन, सल्लाहकार मनोनयन, अनुशासन र विधान समितिको गठन लगायतका एजेण्डमा छलफल भएको प्रवक्ता फणिन्द्र पन्तले जनाएका छन् । साथै संघको विधान अनुसार २१ जनालाई संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यमा मनोनित गरिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को पूर्ण बैठक आगामी जनवरी महिनाको २० र २१ गते नेपालमा भौतिक उपस्थितिमा हुने प्रवक्ता पन्तले जनाएका छन् । ...
डोनाल्ड टस्क पोल्याण्डको नयाँ प्रधानमन्त्री नियुक्त

डोनाल्ड टस्क पोल्याण्डको नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी । डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथग्रहण गरेका छन् । डोनाल्ड टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका हुन् । टस्कलाई सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । मंगलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो ।...
अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीको आलोचना

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीको आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीलाई लिएर कडा आलोचना गरेका छन् । वासिङ्टनमा कोष सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इजरायलले गाजामाथि लगातारको बमबारीसँगै विश्वव्यापी समर्थन गुमाउन थालेको टिप्पणी गरे । यसअघि हमासले अक्टोबर ७ मा आक्रमण सुरु गरेदेखि नै इजरायललाई पूर्ण समर्थन गर्दै आएका राष्ट्रपति बाइडेनको पछिल्लो टिप्पणीलाई लिएर धेरैले आश्चर्य मानेका छन् । तर उनले अमेरिका अहिले पनि इजरायलको साथमै रहेको दोहोर्‍याएका छन् ।...
अस्ट्रेलियाको नयाँ नीतिः आप्रवासीको सङ्ख्या आधा घटाइने

अस्ट्रेलियाको नयाँ नीतिः आप्रवासीको सङ्ख्या आधा घटाइने

सिड्नी । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घाउने जनाएको छ । देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ । अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ। त्यो सङ्ख्या कोभिड महामारीअघिको जस्तै छ । नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसा दिने नियममा पनि त्यति सहज हुने छैन । अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको बताइन्छ । तर त्यहाँ दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया संघर्षरत छ । सन् २०२३ को जुन महिनामा विदेशबाट पाँच लाख १० हजार मानिस अस्ट्रेलिया आएका थिए । त्यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो । (–ब...
अमेरिकामा फेरि अर्को गोली काण्ड, ३ जनाको मृत्यु

अमेरिकामा फेरि अर्को गोली काण्ड, ३ जनाको मृत्यु

– एजेन्सीहरुबाट । अमेरिकामा फेरि गोली काण्ड दोहोरिएको छ । जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन् । एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्‍याइएको छ । घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।...
गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव असफल

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव असफल

एजेन्सीहरु । गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो । सुरक्षा परिषद्‌का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । मतदानमा यूके अनुपस्थित थियो भने फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको थियो । सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ । अमेरिकाले यूएईको प्रस्ताव “असन्तुलित” र अवास्तविक भएको बताएको छ । उसले प्रस्तावमा ‘बिनासर्त युद्धविराम’का लागि गरिएको अपिल र अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणको निन्दा नगरिएका कारण आफ्नो समर्थन नरहने बताएको छ । अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा १२०० जना मानिस...
पोर्चुगलको राजदूतमा नेपाल सर्वसम्मत, रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिबद्धता !

पोर्चुगलको राजदूतमा नेपाल सर्वसम्मत, रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिबद्धता !

नेपाल । पोर्चुगलका लागि सनिल नेपाल राजदुत नियुक्त हुने पक्का भएको छ । प्रस्तावित राजदूत नेपालको नाम संघीय संसदको संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो । संसदीय सुनवाइका क्रममा नेपालले चार वर्षे कार्यकालमा गर्ने आफ्नो योजना सुनाएका थिए । सरकारले पहिलो पटक पोर्चुगलमा दूतावास स्थापना गर्न लागेको हो । त्यहाँ २१ हजार नेपाली रहेको औपचारिक तथ्यांक छ । नेपालले पोर्चुगलमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमतालाई नेपाल फर्काउन पहल गर्ने, पोर्चुगलबाट नेपालमा आउने पर्यटकको संख्या बढाउन पहल गर्ने, खेलाडीहरुको भ्रमणका लागि पहल गर्ने, नेपालमा लगानी बढाउन पहल गर्ने बताए । साथै उनले चर्चित फुटबल खेलाडी रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिवद्धता जनाए ।...
गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा राजु अधिकारी सम्मानित

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा राजु अधिकारी सम्मानित

नेपाल । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा स्थापित सो पुरष्कारबाट सम्मानित हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली हुन् । नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गरेको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट ग्रहण गरे । स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप,ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई योगदान पुर्याउनु भएका डा अधिकारी सो पुरस्कारबाट सम्मानित भएका हुन् । स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, इीभ्म् खाद्य पदार्थ आदिमा आवश्यक पर्ने ...
फिलिपिन्स गयो दुईवटा शक्तिशाली भूकम्प

फिलिपिन्स गयो दुईवटा शक्तिशाली भूकम्प

एजेन्सीहरु । शनिबार राति फिलिपिन्सको दोस्रो ठूलो टापु मिन्डानाओमा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । त्यहाँ ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले लेखेका छन् । भूकम्पको केन्द्रविन्दुभन्दा टाढा सहरका मानिसहरु पनि भवनबाट बाहिर निस्केर खुला ठाउँमा बसेका थिए । बुटुआन सहरमा बिरामीहरूलाई अस्पतालबाट बाहिर निकालिएको थियो । उक्त भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । ...