११ आश्विन २०८१, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

गाजा क्षेत्र अझै तनावग्रस्त, २२ हजार बढीको मृत्यु

गाजा क्षेत्र अझै तनावग्रस्त, २२ हजार बढीको मृत्यु

एजेन्सी । गाजा क्षेत्र लामो समयदेखि तनावग्रस्त छ । इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ, जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन् । गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजाविरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने, ५७ हजार ९१० जना घइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।...
एनआरएनएले छ वटै क्षेत्रमा ‘ग्लोबल डायस्पोरा कनेक्ट’ कार्यक्रम गर्दै

एनआरएनएले छ वटै क्षेत्रमा ‘ग्लोबल डायस्पोरा कनेक्ट’ कार्यक्रम गर्दै

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनवरी ७ तारिकका दिन ग्लोबल डायस्पोरा कनेक्ट २०२४ कार्यक्रम आयोजना गर्ने भएको छ । एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तका अनुसार संस्थाको संजाल रहेको युरोप, एशिया, अफ्रिका, अष्ट्रेलिया, मध्येपूर्व र अमेरिका क्षेत्रमा एकै दिन छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्न लागेको हो । ‘ग्लोवल डायस्पोरा कनेक्ट २०२४’ को नाम दिइएको सो कार्यक्रममा संस्थाका संस्थापकदेखि वर्तमान पदाधिकारीहरुले शुभकामना सन्देश दिने भएका छन् । युवा तथा महिलाहरुको सकृयता रहने सो कार्यक्रममा गैरआवासीय नेपालीहरुको विषेश सांगीतिक प्रस्तुति समेत रहने छ । नेपाल र नेपाली भाषको प्रवर्द्धन तथा संस्कृति आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रवक्ता पन्तले बताए ।...
सभामै बिस्फोट हुँदा इरानमा १०३ जनाको मृत्यु

सभामै बिस्फोट हुँदा इरानमा १०३ जनाको मृत्यु

एजेन्सी । एक सभा चलिरहँदा इरानमा बुधबार दुःखद् घटना भएको छ । हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट हुँदा १०३ जना भन्दा बढीको मृत्यु भएको खबर आएको छ । घटनामा सयौं घाइते भएका छन् । चार वर्षअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अमेरिकी हवाइ आक्रमणमा सुलेमानी मारिएका थिए । उनको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा दुई बिस्फोट भएका थिए ।...
रुस-युक्रेन युद्धमा परी थप ३ नेपालीको मृत्यु

रुस-युक्रेन युद्धमा परी थप ३ नेपालीको मृत्यु

नेपाल । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रुस–युक्रेन युद्धमा ती नेपालीको मृत्यु भएको हो । स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए । यसअघि गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार ५ स्याङ्जाका पितम कार्की, मेलुङ ६ दोलखाका राजकुमार रोका, इलाम ५ इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी प्राप्त भएको थियो ।...
वैदेशिक रोजगारीका लागि सहज बातावरण बनाऊः एनआरएनए

वैदेशिक रोजगारीका लागि सहज बातावरण बनाऊः एनआरएनए

नेपाल । ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षामा सहभागिताको माग गर्दै गत शुक्रबार भएको आन्दोलनका क्रममा भएको दुःखद् घटना प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुःख व्यक्त गरेको छ । एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तले विज्ञप्ति प्रकाशित गरी सबै एनआरएनहरुको भावनामा चोट पुगेको उल्लेद गर्दै मृतकका परिवानजनप्रति समवेदना प्रकट गरिएको छ । वैदेशिक रोजगारीका लागि सहज बातावरण बनाउन सरकारसमक्ष एनआरएनएले माग गरेको छ ।  ...
अष्ट्रेलियामा आँधीको आतंक

अष्ट्रेलियामा आँधीको आतंक

एजेन्सीहरु । अष्ट्रेलियामा आँधीको आतंकले त्रासको अवस्था सिर्जना भएको छ । क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउँदा ठूलो दुर्घटना निम्तिएको छ । चट्याङका कारण एक महिलाको मृत्यु भएको छ । आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको समाचारहरु आइरहेका छन् ।...
गाजामा युद्ध जारी, २० हजार प्यालेस्टाइनीको मृत्यु

गाजामा युद्ध जारी, २० हजार प्यालेस्टाइनीको मृत्यु

एजेन्सीहरु । गाजा क्षेत्रमा युद्ध जारी छ । हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही सुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको हो । गाजापट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८ अन्य घाइते भएका छन् । इजरायली नाकाबन्दीका कारण गाजावासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन् । ...
ठगी मुद्दाका फरार पासवान कतारमा पक्राउ

ठगी मुद्दाका फरार पासवान कतारमा पक्राउ

नेपाल । कतारमा पक्राउ परेका धनुषाका रजिन्द्र पासवानलाई नेपाल ल्याइएको छ । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय पासमान पक्राउ परेका हुन् । एनसीबी दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ सोमबार नेपाल ल्याइएको हो । पासमानलगायत व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकका एटिएम कार्डहरूमार्फत निकालेका थिए । अनुसन्धानको क्रममा पासवान वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुलेको थियो । ...
चार्ल्स युनिभर्सिटीमा गोली प्रहारबाट १४ जनाको मृत्यु

चार्ल्स युनिभर्सिटीमा गोली प्रहारबाट १४ जनाको मृत्यु

एजेन्सीहरु । बिहीबार चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य २४ जना घाइते भएका छन् । मानविकी संकाय (आर्टस् फ्याकल्टी) का एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा मानिसहरुको भागदौड मच्चिएको थियो । चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो । ...
तेस्रो पटक इजिप्टको राष्ट्रपतिमा अल-सिसी निर्वाचित

तेस्रो पटक इजिप्टको राष्ट्रपतिमा अल-सिसी निर्वाचित

एजेन्सीहरु । इजिप्टको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि अब्देल फतेह अल–सिसी निर्वाचित भएका छन्  । डिसेम्बर १० र १२ मा भएको चुनावको मत परिणामअनुसार उनी राष्ट्रपतिमा निर्वाचित भएको हुन् । सिसीले चुनावका क्रममा खसेको मतको ८९.६ प्रतिशत प्राप्त गरेका छन् । मतदानमा ३ करोड ९० लाखभन्दा बढी व्यक्ति सहभागी भएका थिए ।...