११ आश्विन २०८१, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

सरकारले अवैधानिक र समानान्तर गतिविधिलाई प्रोत्साहित गरेकोमा अध्यक्ष केसीको असन्तुष्टि

सरकारले अवैधानिक र समानान्तर गतिविधिलाई प्रोत्साहित गरेकोमा अध्यक्ष केसीको असन्तुष्टि

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष डा. बद्री केसीले सम्पूर्ण प्रक्रिया पूरा गरेर वैधानिक रुपमा सम्पन्न भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भए पनि नेपाल सरकारले समानान्तर गतिविधिलाई प्रोत्साहित गरेकोमा असन्तुष्टि जनाएका छन् । संघको आयोजनामा सोमबार चन्द्रागिरीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, ‘अघिल्लो पटक समयमा चुनाव हुन नदिन परराष्ट्र मन्त्रालयले हस्तक्षेप गर्यो । हामी अदालत जान बाध्य भयौं । अदालतले गलत छ भनिसकेपछि एउटा व्यक्ति जिताउन चुनाव हुन नसक्ने प्रयत्न भइरह्यो । त्यसपछि संस्था फुट्न नदिन कम्प्रमाइज गर्यौ । तीन जना अध्यक्ष भयौं । त्यसपछि ५९ देशबाट प्रतिनिधि चुन्यौं । पछिल्लो पटकको नेतृत्व चयनका लागि अनलाइन भोटिङका लागि भेरो कम्पनी छान्यौं । अष्ट्रेलियाको संसदको मतदान गराउने कम्पनी हो । संसारका धेरै देशमा चुनाव गर्दा केही समस्या थ...
चन्द्रागिरी हिल रिसोर्टमा एनआरएनएको कार्यशाला, दुई वर्षे कार्ययोजना बनाइँदै

चन्द्रागिरी हिल रिसोर्टमा एनआरएनएको कार्यशाला, दुई वर्षे कार्ययोजना बनाइँदै

नेपाल । आगामी दुई वर्षको लागि कार्ययोजना बनाउने उद्देश्यसहित गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कार्यशाला गोष्ठी चन्द्रागिरी हिल रिसोर्टमा शनिवार शुरु भई सोमबार सम्पन्न हुँदैछ । कार्यशालामा दुई दर्जन देशका ७० भन्दाबढी प्रतिनिधिहरु सहभागी छन् । संघको अन्तराष्ट्रिय समन्वय परिषदको ९५ पूर्ण बैठक र कार्यशाला गोष्ठि संयुक्त रुपमा हुने संघले जनाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सञ्चालित कार्यशालामा संस्थाका ८ विभागीय प्रमुखहरुले आ आफ्ना कार्ययोजना प्रस्तुत गरिरहेका छन् । कार्यशालामा नेपाल सरकार र गैरआवासीयहरुको लगानीमा संचालन हुन लागेको १० अर्ब लगानी परियोजना, गैरआवासीय नेपाली संघमा महिला सहभागिता, संस्थागत विकास, परोपकार तथा मानवीय सेवा, ज्ञान, सिप तथा प्रविधि, वैदेशिक रोजगार लगायतमा विषयगत रुपमा विभागीय प्रमुखहरुले कार्यपत्र प्रस्तुत...
गैरआवासीय नेपाली संघद्वारा विभिन्न परोपकारी काममा साढे ६ करोड बढीको आर्थिक सहयोग

गैरआवासीय नेपाली संघद्वारा विभिन्न परोपकारी काममा साढे ६ करोड बढीको आर्थिक सहयोग

नेपाल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)ले नयाँ कार्यसमिति आएपछि परोपकारी काममा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको छ । एनआरएनए आईसीसी अध्यक्ष डा. बद्री केसी तथा पदाधिकारीको उपस्थितिमा शनिबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ कार्यसमितिको तीन महिने अवधिमा विभिन्न परोपकारी कार्यमा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको विवरण सार्वजनिक गरिएको हो । अध्यक्ष केसीको नेतृत्वमा गत अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व समालेको ९० दिन पूरा भएको छ । विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले इतिहासमै पहिलोपटक अनलाइन मतदानमार्फत् अध्यक्षमा डा. केसीसहितको नयाँ कार्यसमिति चुनेको थियो । कार्यसमितले काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीबीच तीन महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू...
कंगोमा ज्यान गुमाएका सिल्लाको परिवारलाई एनआरएनएबाट साढे २६ लाख सहयोग

कंगोमा ज्यान गुमाएका सिल्लाको परिवारलाई एनआरएनएबाट साढे २६ लाख सहयोग

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका सिलसिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका ६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्री केसीले शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित समारोहमा पीडित परिवारलाई २६ लाख ६१ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चार महिने नाबालक खगेन्द्रसहित उपस्थित सिल्लाकी पत्नी राजु सिल्ला, पिता पदमबहादुर सिल्ला, दाजु वीरेन्द्रसिंह सिल्ला, ठूलो बुवा धनबहादुर सिल्ला र आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्काले एनआरएन अध्यक्ष केसीसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीबाट चेक बुझेका थिए । परिवारलाई हस्तान्तरण गरिएको रकम राष्ट्रिय समन्वय परिषद् कंगोले संकलन गरेको थियो । एनआरएनए कंगोका अध्यक्ष विष्णु गिरीले सहयोग जुटाउन नेतृत्व गरेका थिए । एन...
क्यानडामा नेपाली नयाँ विद्यार्थीहरुको अवस्था भयाबह

क्यानडामा नेपाली नयाँ विद्यार्थीहरुको अवस्था भयाबह

क्यानडा । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं ८, बुद्धपथ, भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल पठाइएको हो । पढ्न आएका श्रेष्ठ पढाईको अतिरिक्त आफुले सोचे जस्तो काम नपाए पछी डिप्रेसनमा पर्दै गएका थिए । करिब १ बर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनीसङै बस्ने सागर मानन्धरले जानकारी दिए । शुरूवातमा उनको व्यबहार राम्रो भएपनि पछी उनी डिप्रेसनमा पर्दै गएको उनले बताए । उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसङै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्दार गरेका थिए । ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरि हिजो नेपाल पठाएका हुन् । कतार ...
एनआरएनएद्वारा कोशी प्रदेशमा ७० लाख रुपैयाँको मोबाईल ब्लड बस हन्तान्तरण

एनआरएनएद्वारा कोशी प्रदेशमा ७० लाख रुपैयाँको मोबाईल ब्लड बस हन्तान्तरण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा बुधबार एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरिएको हो । ७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस संघका अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गर्नुभएको हो । ब्लड बस हस्तान्तरणमा कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भवना रहेको बताउदै समृद्ध कोशीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न गैरआवासीय नेपालीहरुसंग मिलेर...
रुस-युक्रेन युद्धमा लमजुङका गुरुङको मृत्यु

रुस-युक्रेन युद्धमा लमजुङका गुरुङको मृत्यु

नेपाल । रुसबाट नेपालीका लागि फेरि अर्को दुःखद् खबर आएको छ । रुसी सेनामा भर्ती भएका लमजुङका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो । । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको हो । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको एक साता भएको छ ।...
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठक जनवरी २१ र २२ तारिख काठमाडौंमा बस्ने

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठक जनवरी २१ र २२ तारिख काठमाडौंमा बस्ने

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठक जनवरी २१ र २२ तारिख काठमाडौंमा बस्ने भएको छ । उक्त बैठकले एनआरएनएको दुई वर्षे कार्य योजना तर्जुमा गर्ने बताइएको छ । बैठकका लागि अध्यक्ष बद्रि केसी, उपाध्यक्ष डा. हेम राज शर्मा, महिला उपाध्यक्ष रोजिना प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव डा. ज्ञानेन्द्र रेग्मी काठमाडौंमै छन् भने महासचिव गौरीराज जोशी, प्रवक्ता फणिन्द्र पन्त लगायतका अन्य पदाधिकारीहरु आगामी साता नेपाल जानेतयारीमा छन् । यसैक्रममा एनआरएनएले विभिन्न सहयोग घोषणा र हस्तान्तरणका कार्यक्रम पनि तय गरेको छ ।...
समलिङ्गी एटल फ्रान्सको प्रधानमन्त्रीमा नियुक्त

समलिङ्गी एटल फ्रान्सको प्रधानमन्त्रीमा नियुक्त

एजेन्सीहरु । फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षीय ग्याब्रियल एटललाई नियुक्त भएका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोँले ६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा स्वीकार गर्दै एटललाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । यसअघि शिक्षामन्त्री रहेका उनी प्रधानमन्त्री सम्हाल्न पाउने पहिलो समलिङ्गी व्यक्ति पनि हुन् । ३४ वर्षीय एटलले कम उमेरमा प्रधानमन्त्री भएका यसअघिको रेकर्ड तोडेका छन् । फ्रान्समा यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट ​फाबियस प्रधानमन्त्री नियुक्त भएका थिए ।  ...
‘ग्लोबल डायस्पोरा कनेक्ट’ कार्यक्रमः एनआरएनएको सञ्जाल १०० देशमा बिस्तार गरिने

‘ग्लोबल डायस्पोरा कनेक्ट’ कार्यक्रमः एनआरएनएको सञ्जाल १०० देशमा बिस्तार गरिने

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनवरी ७ तारिकका दिन ग्लोबल डायस्पोरा कनेक्ट २०२४ कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको संजाल रहेको युरोप, एशिया, अफ्रिका, अष्ट्रेलिया, मध्येपूर्व र अमेरिका क्षेत्रमा एकै दिन छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको हो । ‘ग्लोवल डायस्पोरा कनेक्ट २०२४’ को नाम दिइएको सो कार्यक्रममा संस्थाका संस्थापकदेखि वर्तमान पदाधिकारीहरुले शुभकामना सन्देश दिएका थिए । युवा तथा महिलाहरुको सकृयता रहेको सो कार्यक्रममा गैरआवासीय नेपालीहरुको विषेश सांगीतिक प्रस्तुति समेत रहेको थियो । नेपाल र नेपाली भाषको प्रवर्द्धन तथा संस्कृति आदान प्रदान गर्ने उद्देश्यले एनआरएनले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्यो भने अन्य क्षेत्रमा जुम मार्फत कार्यक्रम आयोजना सञ्चालन गरिएको प्रवक्ता फणिन्द्र पन्तले बताए । यसैक्रममा एनआरएनएका अध्यक्ष डा. बद्री केसीले संघको संजाल १०० देशमा व...