११ आश्विन २०८१, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा विहिवार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो । संघले बिगतदेखी रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नविकरण र अध्यागमनमा भएको अवरोध हटाई उहांहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो । संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सुचना मस्कोस्थित नेपाली दुतावासलाइ दिइ मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ । नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कम...
सडक बालवालिका सम्बन्धी परियोजनाबारे एनआरएनएको टोली र मन्त्री आचार्यबीच छलफल

सडक बालवालिका सम्बन्धी परियोजनाबारे एनआरएनएको टोली र मन्त्री आचार्यबीच छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यसंग भेटघाट गरेको छ । भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको सकृयतमा नेपालमा संचालित सडक बालवालिका सम्बन्धी परियोजनाको बारेमा जानकारी गराएका थिए । डा. केसीले संघ नेपाल सरकार र प्रादेशिक सरकारसंग मिलेर काम गर्न संघ तयार रहेको बताए । मन्त्री आचार्यले महिला तथा बालबालिकाहरुको हक र हितको लागि मन्त्रालय गैरआवासीय नेपाली संघसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले हाल सम्म संघको तर्फबाट भएका कामहरुको प्रशंसा गर्दै सडक बालबालिकाहरुको परियोजनालाई प्रादेशिक रुपमा पनि संचालन गर्न आग्रह गरे । यसअघि संघले नेपाल सरकार तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला तथा बाल अधिकार परिषद्को सहकार्यमा गत वर्षदेखि संचालित नेपालक...
एनआरएनए र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानीका संभावनाबारे छलफल

एनआरएनए र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानीका संभावनाबारे छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । एनआरएनएको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता भएको हो । मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गर्नुभयो । उहाँले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि सं...
अमेरिकाको बोस्टनमा नेपाली कन्सुलर सेवा ‘घुम्ती शिविर’ हुँदै

अमेरिकाको बोस्टनमा नेपाली कन्सुलर सेवा ‘घुम्ती शिविर’ हुँदै

सुपेन्द्र बस्नेत (बोस्टन) । अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा नेपाली कन्सुलर सेवा घुम्ती शिविर हुने भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा अमेरिकाको न्यू योर्क सहर स्थित नेपाली महावाणिज्यदूतावासले यही आउदो फेब्रुरी ३ र ४ तारिख (शनिवार र आइतवार)का दिन Alewife Brook Park way, Cambridge, MA-02138 मा कन्सुलर सेवा घुम्ती शिविर गर्न लागेको हो । म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने नेपाली समुदायलाई आवश्यक कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले कन्सुलर सेवा घुम्ती शिविरको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । यस सम्बन्धमा महावाणिज्यदूतावास न्यू योर्कले सम्बन्धित सेवाग्राहीहरुलाई उक्त शिविरमा आइ आफूलाई आवश्यक पर्ने कन्सुलर ...
अमेरिकाको पिआर प्रकरणः समाज कल्याण परिषद्की उपाध्यक्ष भट्टराईले दिइन् राजीनामा

अमेरिकाको पिआर प्रकरणः समाज कल्याण परिषद्की उपाध्यक्ष भट्टराईले दिइन् राजीनामा

अमेरिका । अमेरिकाको पिआर लिएकी समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उजुरी परेपछि राजीनामा दिएकी हुन् । मोनिकाले गत शुक्रवार राजीनामा बुझाएकी हुन् । उनी यसअघि एक महिनाको बिदामा थिइन् । पिआर भएको व्यक्ति कुनै पनि सार्वजनिक पदमा बस्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै उनलाई परिषद्को उपाध्यक्षमा नियुक्ति गरिएको भन्दै उजुरी परेको थियो । मोनिकाकी सासु अर्थात् पूर्वमन्त्री उमा रेग्मीले उनलाई नियुक्त गरेकी थिइन् । मोनिकालाई उपाध्यक्ष सिफारिस गरेपछि २०७८ मङ्सिर २ गतेको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो । परिषद् अध्यक्षसमेत रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उपाध्यक्षले दिएको राजीनामा स्वीकृत गरी सकेका छ...
जोर्डनस्थित अमेरिकी शिविरमा ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु

जोर्डनस्थित अमेरिकी शिविरमा ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु

एजेन्सीहरु । जोर्डनस्थित अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । उक्त शिविर सिरियाको सीमानजिकै छ। अमेरिकाले ‘इरानबाट समर्थनप्राप्त चरमपन्थी लडाकु समूहहरूले’ आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिशोध लिने चेतावनी दिएका छन् । “हामीले यसको प्रतिक्रिया दिने छौँ,” उनले भने । उक्त घटनामा दर्जनौँ सैनिक घाइते भएका छन् । – बीबीसीबाट...
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा कार्की चयन

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा कार्की चयन

कोरिया । नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको बुसान शाखाको ११ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । समितिको अध्यक्षमा चन्द्र कार्की बरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामिछाने, उपाध्यक्षमा बिरेन्द्र पौडेल, महिला उपाध्यक्षमा सुनिता बडवाल, महासचिवमा जीवन तामाङ, सचिवमा प्रकाश कार्की र कोषाध्यक्षमा साम बहादुर गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिवेक निङलेखु, सुजन अधिकारी, जयानन्द जोशी,अरुण गोपाली, नारायण कार्की र रक्षा कार्की चयन भएका छन् ।...
नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा चम्लागाई निर्वाचित

नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा चम्लागाई निर्वाचित

कतार । नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा पुनः महेन्द्र चम्लागाई चयन भएका छन् । संघको दोस्रो साधारणसभाले चारवर्षको लागि पुनः चम्लागाईको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा राजेन्द्रकुमार शर्मा (आरके),राजु रेग्मी (राज), प्रकाश कोइराला, रमेश भट्ट चयन भएका छन् । महासचिवमा शंकर न्यौपाने, सचिव सुनिलकुमार घिमिरे र राजेन्द्र देवकोटा, पूर्णबहादुर पोखरिया र कोषाध्यक्षमा चुडामणी कार्की, सहकोषाध्यक्षमा रामकुमार श्रेष्ठ चयन भए । कार्यसमिति सदस्यमा रामु रेक्ष्मी, क्रान्ति सिंह, रामचन्द्र पन्थ, कमलप्रसाद न्यौपान, टंकबहादुर खड्का, श्रीकृष्ण भट्टराई, राकेश श्रेष्ठ, मन्जु खनाल, नारायणप्रसाद शर्मा र वासिम अक्रम चयन भए । नेपाल व्यवसायी संघ कतार कतारको सरकारी निकायमा दर्ता भएको नेपाली व्यवसायीहरुको संस्था हो ।...
एनआरएनएद्वारा लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस हस्तान्तरण

एनआरएनएद्वारा लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस हस्तान्तरण

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस सेवा शुक्रबार एक कार्यक्रमकाबीच रेडक्रसलाई हस्तान्तरण गरेको छ । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले रेडक्रस बाँके शाखाका सभापति गोवर्द्धन सिंह सम्झनालाई बसको चाबी हस्तान्तरण गरेका हुन् । बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई र डा. केसीले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् । अत्याधुनिक सेवा सुविधा सहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारण फ्रीज, आराम कक्षको व्यवस्था छ । ग्रामीण इलाकामा पुगेर रगत संकलन गर्न सहजता पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अहिलेसम्म लुम्बिनीसहित पाँच प्रदेशमा रक्त संकलन घुम्ती बस हस्तान्तरण गरिसकेको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताए । अब कर्णाली र गण्डकीमा बस हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका...
एनआरएनएद्वारा विधान संशोधन गर्ने निर्णय, विद्यार्थीहरुको सहयोगार्थ हेल्पडेक्स स्थापना

एनआरएनएद्वारा विधान संशोधन गर्ने निर्णय, विद्यार्थीहरुको सहयोगार्थ हेल्पडेक्स स्थापना

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्ययनको सिलसिलामा विश्वका विभिन्न शहरमा पुगेर दुःख पाएका नेपाली विद्यार्थीहरुको सहयोगार्थ हेल्पडेक्स स्थापना गर्ने भएको छ । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा गत सोमवार चन्द्रागिरिमा बसेको संघको बैठकले एक उच्चस्तरिय समिति गठन गर्दै संघको केन्द्रीय कार्यालयमा सो हेल्पडेक्स स्थापना गर्न लागेको हो । यस्तै बैठकले नेपाल सरकार तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला तथा बाल अधिकार परिषद्को सहकार्यमा गैरआवसीय नेपाली संघले नेपाल सरकारसंगको सहकार्यमा २०५० सम्ममा नेपालका सडकलाई बालबालिका रहित बनाउने निर्णय गरेको छ । हाल संघको अग्रसरतामा ५० जना बालबालिकाहरुको पठनपाठनमा भएको सहयोगलाई विस्तार गर्ने निर्णय गरेको छ । त्यस्तै एनआरएनएले संस्थाको केन्द्रीय नेतृत्व चयनको अधिकार पञ्जिकृत सदस्यहरुलाई दिने गरि विधान संशोधन गर्ने निर...