१२ आश्विन २०८१, शनिबार

अन्तराष्ट्रिय/प्रवास

प्रवासी नेपाली मञ्चद्वारा एक करोडको ‘प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष’ स्थापना गर्ने निर्णय

प्रवासी नेपाली मञ्चद्वारा एक करोडको ‘प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष’ स्थापना गर्ने निर्णय

मलेसिया । प्रवासी नेपाली मञ्चको अन्तराष्ट्रिय कमिटीले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा कार्यरत श्रमिक नेपालीलाई आकस्मिक रूपमा आइपर्ने समस्या सम्बोधन गर्न एक करोड नेपाली रुपैँयाको ‘प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष’ खडा गर्ने निर्णय गरेको छ । मञ्चको पन्ध्रौँ बैठकले उक्त कोष सञ्चालनको लागि एक महिनाभित्र आवश्यक कार्यविधि निर्माण गर्न लागि कमलमणि गुरागाईँ (कतार) को संयोजकत्वमा भक्त गुरुङ (हङकङ), बलराम गिरी (साउदी अरेबिया), शालिग्राम पन्त (बहराइन), मोहन रायमाझी (जापान) र दयाराम कुमाल (मलेसिया) सदस्य रहेको समिति गठन गरेको छ । मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा फेब्रुअरी १० र ११ गते मलेसियाको राजधानी कोललमपुरमा भएको १५ औँ बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरुः प्रेस विज्ञप्ति प्रवासी नेपाली मञ्चको...
अध्यागमन विभागले शुरु गर्यो ईभिसा र अनलाइन भुक्तानी सेवा

अध्यागमन विभागले शुरु गर्यो ईभिसा र अनलाइन भुक्तानी सेवा

नेपाल । अध्यागमन विभागले अबदेखि ईभिसा जारी गर्दै अनलाइन भुक्तानी प्रारम्भ गरेको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ईभिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ईभिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् । अध्यागमन विभागले शुक्रवारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको जनाएको छ । अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुमा पूर्ण रुपमा डिजिट र स्वचालित रुपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन् । विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ । यो सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न,पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालय...
एनआरएनए अमेरिकाले बनायो विज्ञान, प्रविधि र भाषा साहित्य समिति (नामसहित)

एनआरएनए अमेरिकाले बनायो विज्ञान, प्रविधि र भाषा साहित्य समिति (नामसहित)

अमेरिका । गैरआवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले विज्ञान, प्रविधि र नवप्रवर्तन समिति र साहित्य तथा भाषा समिति गठन गरेको छ । यसैक्रममा एनआरएनए एनसीसी अमेरिकाका विभाग प्रमुख भानु खरेल रहेको विज्ञान, प्रविधि र नवप्रवर्तन समितिको अध्यक्षमा बेनी डाँगी र उपाध्यक्ष सञ्जय श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा राजेन्द्र बन्जाडे, रमा भट्टराई, विभा गौतम, चन्द्र गिरी, मधु ज्ञवाली, अमर जैसी, देव जैसी, नरेश पाण्डे, नवराज पौडेल, शारदा पौडेल, झलेन्द्र रिजाल, वर्षा शर्मा, निरजमान श्रेष्ठ रहेका छन् । त्यस्तै एनसीसी अमेरिकाका उपाध्यक्ष तथा विभागका प्रमुख नेत्र पाण्डे रहेको साहित्य तथा भाषा समितिको अध्यक्षमा राजेन्द्रप्रसाद अर्याल र सहअध्यक्षमा कृष्ण गिरी र सुदीपभद्र खनाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तीर्थ अधिकारी, विश्वराज अधिकारी, खेमराज पोखरेल, पिपलमणि सिग्देल, नेत्रबन्धु पोखर...
एनआरएनएद्वारा सिन्धुपाल्चोकको विद्यालयलाई सहयोग

एनआरएनएद्वारा सिन्धुपाल्चोकको विद्यालयलाई सहयोग

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको एक विद्यालयको लागि म्याट्रेस सहयोग गरेको छ । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले विहिवार सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं ७ खाडीचौरमा रहेको बाल शिक्षा माध्यमिक विद्यालयमा आवासीय छात्रछात्राहरुलाई ४० थान म्याट्रेस हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गरे । उनले नेपालको प्राकृति प्रकोप लगायत आपतकालिन अवस्थामा विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्दै आएको बताए । कार्यक्रममा संघीय सांसद माधब सापकोटाले विद्यालयमा सांसद र संसदमा विद्यालय जस्ता कार्यक्रमहरु लागू गरेर विद्यार्थीहरुलाई राज्य संचालनको विधिको बारेमा जानकारी दिन लागिएको बताए । उनले गैरआवासीय नेपालीहरुको सानो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ला...
जापानको पार्कमा मृत भेटिए नुवाकोटका अनुज कार्की

जापानको पार्कमा मृत भेटिए नुवाकोटका अनुज कार्की

जापान । जापानको नागोया बस्दै आएका नुवाकोटका अनुज कार्की मृत फेला परेका छन् । चार वर्षअघि जापान गएका नुवाकोट पञ्चकन्या गाउँपालिका–३ का २७ वर्षीय कार्की गत शुक्रबार बिहान स्थानीय पार्कमा मृत फेला भेटिएको हुन् । उनी सुजुकी गाडी कम्पनीमा कार्यरत थिए । अनुजको शव नेपाल ल्याउने तयारी भइरहेको बुझिएको छ । उनको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।...
बेलायतका राजा चार्ल्सलाई क्यान्सर देखियो

बेलायतका राजा चार्ल्सलाई क्यान्सर देखियो

बेलायत । राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ । क्यान्सरको प्रकार खुलाइएको छैन। तर दरबारले प्रकाशित गरेको वक्तव्यअनुसार राजाले सोमवारबाट ‘नियमित उपचार’ थालेका छन् । पचहत्तर वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन् । उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्ने छन् । –बीबीसीबाट...
बुद्ध जन्मस्थल लुम्बिनीको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न एनआरएनएले सहकार्य गर्ने

बुद्ध जन्मस्थल लुम्बिनीको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न एनआरएनएले सहकार्य गर्ने

अमेरिका । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध परिपथको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र विकासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहकार्य गर्ने भएको छ । शान्तिका लागि बुद्धको मार्गदर्शन र शान्ति सन्देश विश्वभर फैलाउन बुद्धसँग सम्बन्धित लुम्बिनी सास्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिकासँग एनआरएन अध्यक्ष डा. बद्री केसीले समझदारी र सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । लुम्बिनी र बुद्ध परिपथको अन्तराष्ट्रीय स्तरमा प्रचारप्रसार र पर्यटन प्रवर्द्धन र विकासका लागी विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्ध सङ्ग सम्बन्धित लुम्बिनी सास्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिका, सहकार्य सस्थाहरु गैर आवसीय नेपाली सघ अन्तराष्ट्रीय समन्वय परिषद, लुम्बिनी होटल सघ लुम्बिनी बीच अन्तर्कृया एवम् समन्वय बैठक सोमब...
एनआरएनएको संयोजनमा बोस्टनमा आयोजित कन्सुलर सेवा घुम्ती शिविरबाट २५५ जना लाभान्वित

एनआरएनएको संयोजनमा बोस्टनमा आयोजित कन्सुलर सेवा घुम्ती शिविरबाट २५५ जना लाभान्वित

सुपेन्द्र बस्नेत(बोस्टन) । अमेरिकाको बोस्टनमा आयोजित दुई दिने कन्सुलर सेवा घुम्ती शिविरबाट २५५ जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा, न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावासले फेब्रुअरी ३ र ४ तारिख सञ्चालन गरेको घुम्ती शिविरबाट, २३७ जनाले पासपोर्ट नविकरण सेवा र १८ जनाले अन्य सेवाहरु लिएर लाभान्वित भएका हुन् । एनआरएनए, एनसिसि, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले दिएको जानकारी अनुसार, दुइ सय सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको शिविरको पहिलो दिन १३३ जनाले र दोश्रो दिन १२२ जनाले सेवा प्राप्त गरेका थिए । उक्त शिविरबाट सेवा प्राप्त गर्नेहरुमा म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यमा ...
अमेरिकाको बोस्टनमा सञ्चालित कन्सुलर सेवा घुम्ती शिविरमा सेवाग्राहीको भीड

अमेरिकाको बोस्टनमा सञ्चालित कन्सुलर सेवा घुम्ती शिविरमा सेवाग्राहीको भीड

बोस्टन । अमेरिकाको न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावासले मासाच्युसेट्स राज्यको बोस्टनमा सञ्चालन गरेको दुइ दिने कन्सुलर सेवा घुम्ती शिविरको पहिलो दिन, १३३ जना सेवाग्राहीहरुले सेवा लिएका छन् । जस मध्य ११७ जनाले पास्पोर्ट नविकरण र १६ जनाले अन्य सेवाहरु लिएका छन् । उक्त शिविर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा Alewife Brook Park way, Cambridge, MA-02138 मा सञ्चालन भइरहेको छ। उक्त शिविरबाट म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने प्रवासी नेपालीहरुले सेवा लिएका थिए । एनआरएनए, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले अपेक्षा गरिए भन्दा निकै बढी संख्यामा सेवाग्राहीहरुले पहिलो दिनमै सेव...
एनआरएनएको सक्रियता बढ्यो: पछिल्लो तीन सातामा के के गरियो ? (प्रेस विज्ञप्तिसहित)

एनआरएनएको सक्रियता बढ्यो: पछिल्लो तीन सातामा के के गरियो ? (प्रेस विज्ञप्तिसहित)

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्ले पछिल्लो समय सक्रियता देखाएको छ । २१–२२ जनवरीसम्म ९५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । एनआरएनएका महासचिव गौरीराज जोशी र प्रवक्ता फणिन्द्र पन्तले पछिल्लो तीन साताव्यापी कार्यक्रम विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् । गैरआवासीय नेपाली संघ, ९५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक तथा कार्यशाला गोष्ठी २१–२२ जनवरी २०२४ (तीन साताव्यापी कार्यक्रमसहित) गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ९५औँ पूर्ण बैठक तथा ३ दिने कार्यशाला गोष्ठी हालै चन्द्रागिरिमा सम्पन्न भयो । गोष्ठीमा दुई दर्जन देशका ७० भन्दा बढी कार्यसमितिका सदस्य र अन्य पदाधिकारी तथा सदस्यहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागिता रह्यो । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री के...