१२ आश्विन २०८१, शनिबार

अन्तराष्ट्रिय/प्रवास

नेपालमा दूतावास खोल्न पोर्चुगलका राजदूतलाई गैरआवासीय नेपाली संघको आग्रह

नेपालमा दूतावास खोल्न पोर्चुगलका राजदूतलाई गैरआवासीय नेपाली संघको आग्रह

अमेरिका । गैरआवासीय नेपाली संघले नेपालमा दूतावास खोल्न पोर्चुगलका राजदूत जोआओ रिबेरो दि अल्मेडालाई आग्रह गरेको छ । संघका अध्यक्ष डा. बद्री केसी र नेपालका लागि गैरआवासीय पोर्चुगिस राजदूत अल्मेडाबीच काठमाडौंमा भएको शिष्टचार भेटमा नेपालमा पोर्चुगिस दूतावास स्थापना गर्न र भीएफएस सेवा सुरु गर्न आग्रह गरिएको हो । अध्यक्ष डा. केसीले राजदुत अल्मेडालाई लिखित ध्यानार्कषण पत्र बुझाउँदै भिसा प्रकृयाका लागि नेपालबाट भारतसम्म जानुपर्ने हुँदा बढी खर्चिलो र विभिन्न प्रशासनिक कठिनाई समेत व्यहोर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसको समाधानका लागि नेपालमै दूतावास स्थापना गरी काम सुरु गर्न अनुरोध गरिएको हो । हाल पोर्चुगलको सम्पूर्ण भिसा प्रक्रिया नेपाल समेत हेर्ने गरी भारतमा रहेको पोर्चुगलको दूतावासबाट हुँदै आएको छ । जसका कारण शैक्षिक भिसादेखि पारिवारिक, भ्रमण लगायतका भिसा प्रक्रियाका सम्पूर्ण काम तथा आवश्यक ...
रुस-युक्रेन युद्धमा २० जना नेपालीको मृत्यु भएको पुष्टी

रुस-युक्रेन युद्धमा २० जना नेपालीको मृत्यु भएको पुष्टी

नेपाल । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा २० जना नेपालीको मृत्यु भएको पुष्टी भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेपछि मृत्यु हुनेको संख्या २० पुगेको हो । परराष्ट्रका अनुसार मृत्यु हुने थप ७ नेपालीहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान हुन् ।  ...
कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

कुबेत । कुवेतमा दुःखद घटना भएको छ । मंगलबार बिहान सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको हो । कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको हो । कुवेतको महाबुल्ला क्षेत्रमा मंगलवार विहान सडक छेउमा रहेका तीन नेपालीलाई हुँकिएर आएको कारले ठक्कर दिँएको थियो । दुर्घटनामा परी लयती पन्चदेवल विनायक-५ आछामका सुरतबहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून–२ काठमाडौंका सुजन कार्की र वेंगादवार –३ धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो । नेपाली दुतावासले आवश्यक प्रक्रियाअगाडि बढाई परिवार तथा कम्पनीसँग नियमित सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तयारी गरेको जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको बुझिएको छ ।...
गैरआवासीय नेपाली सम्बन्धी कानून अविलम्ब जारी गर्न कानूनमन्त्री सकारात्मक

गैरआवासीय नेपाली सम्बन्धी कानून अविलम्ब जारी गर्न कानूनमन्त्री सकारात्मक

नेपाल । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गैरआवासीय नेपालीहरु सम्बन्धी कानून तथा नियमावलीहरु अविलम्ब अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसंग शनिबार मन्त्री निवासमा भएको भेटवार्ताका क्रममा मन्त्री गिरीले सो प्रतिवद्धता जनाएका हुन् । भेटवार्तामा संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता, दोहोरो कर छूट सम्बन्धी निर्देशिका तत्काल जारी गर्न आग्रह गर्दै गैरआवासीय नेपाली नागरिकता लिएपछि पनि त्यसको कार्यान्वयनमा भएका अड्चनबारे मन्त्रीलाई जानकारी गराएका थिए । उनले नेपालको संविधानले परिकल्पना गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रत्याभूति हुने गरि सरकारलाई कानून ल्याउन आग्रह गरेका थिए । भेटमा मन्त्री गिरीले गैरआवासीय नेपालीहरु सम्बन्धी कानून तथा नियमावलीहरुलाई प्राथमिकतामा राखेर आवश्यक प्...
परराष्ट्रमन्त्री श्रेष्ठद्वारा सरकार र एनआरएनएबीच मिलेर काम गर्न सकारात्मक रहेको प्रतिबद्धता

परराष्ट्रमन्त्री श्रेष्ठद्वारा सरकार र एनआरएनएबीच मिलेर काम गर्न सकारात्मक रहेको प्रतिबद्धता

अमेरिका । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग गैरआवासीय नेपाली संघ (एनआरएनए( का अध्यक्ष डा. बद्री केसीले भेटघाट गरेका छन् । शुक्रवार उनको सरकारी निवासमा भएको भेटमा अध्यक्ष डा. केसीले एनआरएनएको अभियान तथा संस्थागत विकासमा भएका प्रगतिको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी दिए । डा. केसीले एनआरएनए परराष्ट्र मन्त्रालयसंग विगतका दिनहरुमा जस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्री श्रेष्ठले गैरआवासीय नेपालीहरुले नेपालको लागि गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा मिलेर काम गर्न मन्त्रालय सहयोगी हुने बताए । उनले गैरआवासीय नेपालीहरुको नेपालमा प्रसस्त सम्भवना रहेको र संघको अभियानको वारेमा आफू पूर्णजानकार गरेको बताए । श्रेष्ठले सरकार र एनआरएनएबीच मिलेर काम गर्न आफु सकारात्मक रहेको बताए । उक्त अवसरमा डा. केसीले नवनियुक्त मन्त्री श्रेष्ठको कार्यका...
मेयर रेनु दाहालले बेलायतमा पाइने इन्टरनेशनल मेयर अवार्ड

मेयर रेनु दाहालले बेलायतमा पाइने इन्टरनेशनल मेयर अवार्ड

लण्डन । बेलायतको संसद भवनस्थित लण्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपती अमिना फकिम लगायतका उच्च नेतृत्व क्षमता प्रदर्शन गरेका व्यक्तित्वहरुकाबीच चितवन भरतपुरकी मेयर रेनु दाहाल सम्मानित भएकी छिन् । मेयर खानलाई Local Government Award, राष्ट्रपती फकिमलाई International Woman of the Year र मेयर दहाललाई International Mayor Award द्वारा दर्जनौ उच्च राजनीतिक नेतृत्व बीच सम्मान गरिएको थियो । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड अन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत बिभिन्न देशका फरक फरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको थियो । यस वर्ष उक्त अवार्ड पाउनेहरुमा बेलायतका उपप्रधानमन्त्री ‌ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उप नेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन,लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भा...
अमेरिकाको बोस्टन सहरका लागि गुरुङ पर्यटन प्रवर्द्धकमा नियुक्त

अमेरिकाको बोस्टन सहरका लागि गुरुङ पर्यटन प्रवर्द्धकमा नियुक्त

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । नेपाल सरकार अन्तर्गत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाको ऐतिहासिक पुरानो सहर बोस्टनका लागि मिलन गुरुङलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको छ । गत २०८० साल फागुन १३ गतेको मन्त्रालयको मन्त्रीस्तर निर्णयले पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९(पहिलो संशोधन मिति २०८०–९–१७) को दफा ३ को उपदफा १ बमोजिम गुरुङलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको हो । उनीसहित हाल अमेरिकाका लागि जम्मा ५ जनालाई नियुक्त गरिएको छ । नियुक्त हुनेहरुमा न्यू योर्कका लागि पत्रकारिता क्षेत्रका चिरपरिचित गोकुल श्रेष्ठ, पेन्सिलभेनियाका लागि बिनोद अधिकारी९दोश्रो पटक नियुक्त, नर्थ क्यारोलिनाका लागि बिक्रम घिमिरे (दोश्रो पटक नियुक्त( र मेरिल्याण्डका लागि राजु पराजुली (यस अघि डेलावर राज्यका सद्भावना दूत) रहेका छन् । उक्त कुरा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर...
दुबईमा मधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ सम्पन्न

दुबईमा मधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ सम्पन्न

दुबई । मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह गत आइतबार दिउँसो दुबईको बरदुबईस्थित एक होटलमा धुमधाम र भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गर्नुभएको थियो । कार्यक्रमका श्रम तथा रोजगार मन्त्री शरत् सिंह भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो । यसैगरी मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र युएईस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन विशाल भट्टराई विशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए यूएईका अध्यक्ष विकाश शाही, नेपाली दूतावासका तृतीय सचिव विमलेश मिश्र, अर्का तृतीय सचिव दिल्लीराम शर्मा र श्रम कन्सुलर दिनबन्धु सुवेदी अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, मधेशी एकता समाजको संस्थापक र अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्र कुमार यादव, समाजको नेपाल इका...
पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शरिफ निर्वाचित

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शरिफ निर्वाचित

अमेरिका । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन् । इमरान खानको तहरीक–ए–इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । आइतवार पाकिस्तानको संसद् न्याश्नल असेम्ब्लीमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी अयुबले ९२ मत प्राप्त गरे । पाकिस्तानको आम निर्वाचन कुनै पनि दलको प्रस्ट बहुमत नआएपछि नयाँ प्रधानमन्त्री चयन गर्न हप्तौँ लागेको थियो । निर्वाचनमा सबैभन्दा धेरै सिट जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दल पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए । शरिफको प्रधानमन्त्रीमा यो दोस्रो कार्यकाल हो। यसअघि सन् २०२२ को अप्रिलमा इमरान खानको सरकार ढलेपछि शहबाज प्रधानमन्त्री बनेक...
एनआरएनएद्वारा जाजरकोटका विद्यालयमा न्यानो पोशाक वितरण

एनआरएनएद्वारा जाजरकोटका विद्यालयमा न्यानो पोशाक वितरण

नेपाल । गैरआवासीय नेपाली संघले जाजरकोट कुसे गाउँपालिका वडा नं २ का भगवती आधारभूत विद्यालय, विरेन्द्र आधारभूत विद्यालय तथा जन कल्याण आधारभूत विद्यालयका विधार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको छ । एनआरएनए आईसीसी महिला विभागको पहलमा गत फागुन १४ गते विधार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको हो ।