१२ आश्विन २०८१, शनिबार

अन्तराष्ट्रिय/प्रवास

कोलोराडो निवासी नेपालीहरुले सामुहिकरुपमा आफ्नै भवनमा मनाए होली पर्व (फोटो फिचरसहित)

कोलोराडो निवासी नेपालीहरुले सामुहिकरुपमा आफ्नै भवनमा मनाए होली पर्व (फोटो फिचरसहित)

कोलोराडो । कोलोराडो निवासी नेपाली समुदायले आइतबार फागु अर्थात होली पर्व भव्यताका साथ मनाएका छन् । बसन्त ऋतुको आगमनसंगै आपसी मेलमिलाप, ऐक्यबद्धता र सद्भाब अभिबृद्धी गर्दै भावी पुस्तालाई संस्कृति सिकाउने उद्देश्यसहित नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आफ्नै भवनमा हर्षोल्लासपूर्वक होली मनाइएको अध्यक्ष जगदिशचन्द्र ढकालले बताउनु भयो । पण्डित जीवन बरालबाट नेपाली धार्मिक परम्परा अनुसार मन्त्रोचारण र कार्यक्रममा उपस्थित कोलोराडो निवासी ज्येष्ठ नागरिक उत्तरा प्रधानले पूजा गर्नु भएपछि सामुहिक रुपमा होली खेलिएको थियो । स्थानीयवासी नेपालीहरुले कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्रमा जम्मा भएर प्रत्येक वर्ष होली पर्व मनाईंदै आएको छ । आफ्नै भवनमा सम्पन्न कार्यक्रममा कोलोराडो स्थित सबै संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, ब्यवसायी, पत्रकार, सर्वसाधारण बुबाआमा, दाजुभाई, दिदीबहिनी...
मस्कोको कन्सर्ट हलमा बन्दुकधारीहरूको आक्रमणमा मारिनेको सङ्ख्या १३३ पुग्यो

मस्कोको कन्सर्ट हलमा बन्दुकधारीहरूको आक्रमणमा मारिनेको सङ्ख्या १३३ पुग्यो

रसिया । मस्कोको एउटा कन्सर्ट हलमा बन्दुकधारीहरूले गरेको आक्रमणमा मारिनेको सङ्ख्या १३३ पुगेको रुसका अनुसन्धान अधिकारीहरूले बताएका छन् । रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न र उनीहरूका सहयोगीमाथि कडा कारबाही गरिने बताएका छन् । इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन् । अधिकारीहरूले आक्रमणमा संलग्न चारजनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ परेका ११ जना शङ्कास्पद व्यक्तिहरूमध्ये चार जना प्रत्यक्ष संलग्न भएको बताइएको छ । एक जना रुसी सांसदका अनुसार घटनाका मुख्य आरोपी चारजना कारमा भागेर घटनास्थलभन्दा सयौँ किलोमिटर टाढा रुसको दक्षिण पश्चिमी क्षेत्र पुगिसकेका थिए । किएभका अधिकारीहरूले घटनाका आरोपितहरू युक्रेनी सीमातर्फ भाग्दै गरेको भन्ने रुसी सुरक्षा अधिकारीहरूको दाबीप्रति आपत्ति जनाएका छन् । नेपालले मस्कोमा भएको आक्रमणको ...
आगामी नीति तथा कार्यक्रमका लागि नेपाल सरकारलाई एनआरएनएद्वारा सुझाव पेश

आगामी नीति तथा कार्यक्रमका लागि नेपाल सरकारलाई एनआरएनएद्वारा सुझाव पेश

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा आफ्नो सुझाव पेश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा आयोजित कार्यक्रममा संघको तर्फबाट अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानीहरुलाई सुनिश्चित गर्न र समृद्ध नेपालको अभियानमा विदेशमा रहेका नेपालीहरुलाई समेत सहभागी गराउनका लागि आगामी वर्ष २०८१/८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा संघको तर्फबाट पेश गरिएका विषयहरु पनि समेट्न आग्रह गर्नुभएको हो । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, मताधिकार, लगानी प्रवर्दन लगायतका विषयहरुलाई समेट्न भनिएको छ । संघले गैरआवासीय नेपाली नागरिकता ग्रहण गरेका ब्यक्तिहरुलाई यसै आर्थिक वर्षबाट राष्ट्रिय परिचयपत्रको व्यवस्था सहितको कानूनी प्रावधानमा समेट्न, यसै आर्थिक वर्षदेखि विदेशमा रहेका गैरआवासीय नेपालीलाई...
एनआरएनए युएईको आयोजनामा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने

एनआरएनए युएईको आयोजनामा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने

युएई । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ एनआरएनए एनसीसी युएईको आयोजनामा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ । युएईमा पहिलो पटक सर्वाधिक राशी सहितको तेस्रो एनआरएनए भलिबल कप प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यही अप्रिल १४ तारिखका दिन युएईको दुवई सहर स्थित अल वासल स्पोर्ट्स क्लब, जद्दाफमा हुने भएको छ । खेलकुदका माध्यमबाट आपसी भाईचारा, सामाजिक सदभाव, नेपालीपन तथा मेलमिलापको भावना विकास होस् भन्ने उद्देश्यका साथ नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले हरेक वर्ष झैं यसवर्ष पनि बार्षिक कार्यतालिका अनुसार भलिबल प्रतियोगिता आयोजना गर्न लागेको नेपाल एसोसिएसन(एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाहीले जानकारी दिनुभयो । अध्यक्ष शाहीले युएईमा स्थापित सम्पुर्ण संघसंस्थाहरू तथा युएईमा रहेका नेपाली भलिबल क्लबहरुलाई आफ्नो टिम दर्ता गर्न अपिल पनि गर्नुभयो । उहाँले यो प्रतियो...
मदिरा नीतिमा चलखेल गरेको आरोपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

मदिरा नीतिमा चलखेल गरेको आरोपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

नेपाल । बिहीबार राति भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । उनी निवासबाट पक्राउ परेका हुने । प्रवर्तन निर्देशालय (ईडी) ले दिल्लीको मदिरा नीति घटनामा मुछिएसँगै उनलाई पक्राउ गरिएको हो । उक्त नीतिमा चलखेल गरेको आरोप उनी माथि छ । केजरीवालको कानूनी समूहले सर्वोच्च अदालतमा अपील गरेको छ ।...
प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलनको तयारी तीव्र

प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलनको तयारी तीव्र

नेपाल । गैरआवासीय नेपाली संघको दुई दशकको इतिहासमै महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै पहिलो पटक ‘महिला सशक्तिकरणको आधार, रोजगारी, उद्यम र व्यापार भन्ने मूल नारासहित प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन २९ र ३० जुन २०२४ मा काठमाडौंमा आयोजना गर्न लागिएको छ । यसैको तयारीका लागि २० मार्च २०२४ मा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुलाई आमन्त्रण गरी संघको सचिवालयमा प्रथम बैठक सम्पन्न भएको छ । बैठकमा कमला पराजुली (अध्यक्ष, राष्ट्रिय महिला आयोग), लिली थापा (सदस्य, राष्ट्रिय मानव अधिकार आयोग), शत्र गुरुङ (अध्यक्ष, पौरखी), मञ्जु गुरुङ (संस्थापक अध्यक्ष, पौरखी), टिका दाहाल (अध्यक्ष, नेपाल महिला अपाङ्ग संघ), चरीमाया तामाङ (शक्ति समूह अध्यक्ष), साबित्रा शाह (महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय), विष्णु ओझा (सदस्य, राष्ट्रिय समावेशी आयोग) लाई छलफलका लागि आमन्त्रण गरिएको थियो । य...
एनआरएनए टोलीद्वारा राष्ट्रिय सभाको अध्यक्ष दाहालसँग भेट, बधाई तथा शुभकामना व्यक्त

एनआरएनए टोलीद्वारा राष्ट्रिय सभाको अध्यक्ष दाहालसँग भेट, बधाई तथा शुभकामना व्यक्त

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर बधाई तथा शुभकामना व्यक्त गरेको छ । नेपालको संविधान २०७२ अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय सभाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा संघको तर्फबाट बधाई ज्ञापन गरिएको हो । सो क्रममा अध्यक्ष डा केसीले संघले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई एकिकृत गर्दै हाल विश्वका ८६ वटा मुलुकहरुमा राष्ट्रिय समन्वय परिषद्हरु गठन गरी आफ्नो सञ्जाल विस्तार गर्दै आएको जानकारी गराउ“दै यस सञ्जालको माध्यमबाट संघले नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । सो क्रममा अध्यक्ष डा केसीले गैरआवासीय नेपालीले उठाएका मुद्दाप्रति नेपाल सरकारले हालसम्म गरेका विभिन्न नीतिगत व्यवस्था र तिनको कार्यान्वयनका लागि कृतज्ञता व्य...
रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु !

रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु !

नेपाल । रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । पुष्टी हुन बाँकी यी १५ सहित रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ३२ पुगेको छ । रुसले मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन नेपाल सरकारलाई आग्रह गरेको छ । परराष्ट्रले यसअघि १७ जनाको मात्र मृत्युको आधिकारिक पुष्टि गरेको छ । रुसले तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारको डीएनए नमुना पठाइदिन पत्र पठाएको हो ।...
युएन वुमनमा मन्त्री चौधरीको सम्बोधनः ‘प्राथमिकतामा लैङ्गिक समानता र महिला सशक्तिकरण’

युएन वुमनमा मन्त्री चौधरीको सम्बोधनः ‘प्राथमिकतामा लैङ्गिक समानता र महिला सशक्तिकरण’

न्यूयोर्क । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मल लगायतको सङ्कट र चुनौति पुरुषले भन्दा बढी महिलाले भोग्नु परेको बताउनु भएको हो । अमेरिकाको न्यूयोर्कमा जारी युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले महिलाले विश्वको आधा जनसंख्याको आधा सम्भावना बोकेको भएतापनि विश्वव्यापी लैङ्गिक समानता हासिल गर्न चुनौतिहरु रहेको बताउनु भयो । ‘सेक्युरिटी जनरलको रिपोर्टले काम गर्ने समय, रोजगारी, वित्तीय समावेशीकरण, वित्तीय स्रोतमा पहुँच र सामाजिक सुरक्षामा महिला र पुरुषबीचको ठूलो अन्तर देखाउँछ । सामाजिक सुरक्षा, समावेशी दिगो विकास लक्ष्य हा...
एनआरएनएको नवीकरण रोकिदैँन, तत्काल प्रक्रिया अघि बढ्छः परराष्ट्रमन्त्री श्रेष्ठ

एनआरएनएको नवीकरण रोकिदैँन, तत्काल प्रक्रिया अघि बढ्छः परराष्ट्रमन्त्री श्रेष्ठ

कोलोराडो । उप–प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघको रोकिएको नविकरण प्रक्रिया तत्काल टुँगो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारी निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँगको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न उत्साहित रहेको बताउँदै संघको रोकिएको नविकरण तुरुन्तै गर्ने प्रतिबद्धता जनाउनुभएको हो । संघको गत अक्टोबरमा सम्पन्न निर्वाचनको छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाए लगत्तै डा. केसी र श्रेष्ठबीच छलफल भएको हो । संघका अध्यक्ष डा. केसीले मन्त्रीमण्डलको पुर्नगठनपछि गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्ने वातावरण बन्दै गएको प्रति धन्यवाद समेत दिनुभयो । डा केसीले ग...