१२ आश्विन २०८१, शनिबार

अन्तराष्ट्रिय/प्रवास

टेक्सास निवासी जोशीले छाडे एनआरएनए, ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने तयारी

टेक्सास निवासी जोशीले छाडे एनआरएनए, ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने तयारी

अमेरिका । विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेकाका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो। अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए । जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए । सर्वोच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेको थियो । सर्वोच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ । नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नरहेको समेत दावी गरे । ‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद...
डा. केसीकै नेतृत्वमा एनआरएनएको परोपकार सम्बन्धी कामलाई निरन्तरता दिने निर्णय

डा. केसीकै नेतृत्वमा एनआरएनएको परोपकार सम्बन्धी कामलाई निरन्तरता दिने निर्णय

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकताको महाधिवेशनको सुनिश्चिता नहुँदासम्म वर्तमान कार्यसमितिलाई निरन्तरता दिने निर्णय भएको छ । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रवार सम्पन्न बैठकले सर्वोच्च अदालतको निर्णयको पूर्णपाठ आए पछि मात्र आधिकारिक धारणा तय गर्ने र आवश्यक परे कानूनी उपचार खोज्ने निर्णय गरेको छ । बैठकले संघले अघि सारेका परोपकार सम्बन्धि कामलाई निरन्तरता दिने निर्णय गरेको छ । यस्तै, बैठकले संघका राष्ट्रिय समितिहरु स्वतन्त्र रहेको हुँदा ती समितिहरु यथावत् रहने निर्णय गरेको छ। सर्वोच्च अदालतको फैसलाले कार्यकारी अधिकारको बारेमा कुनै पनि निर्णय नदिएको अवस्थामा कामचलाउ (केयर टेकर) कार्यसमितिको रुपमा वर्तमान कार्यसमितिलाई निरन्तरता दिने निर्णय भएको हो । यसअघि सर्वोच्च अदालतले पूर्वअध्यक्ष शेष घलेलाई एकता निर्वाचन गर्न भन्दै १०औं महाधिवेशनको निर्णय उल्टाए पछि संस्थ...
रुसमा पुन श्रम स्वीकृति खुला गर्न एनआरएनएद्वारा नेपाल सरकारको ध्यानाकर्षण

रुसमा पुन श्रम स्वीकृति खुला गर्न एनआरएनएद्वारा नेपाल सरकारको ध्यानाकर्षण

अमेरिका । गैरआवासीय नेपाली संघले रुसमा पुन श्रम स्वीकृति खुला गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । रुस–युक्रेन द्वन्द्व, रुसमा नेपालीहरु अवैधानिक रुपमा सेनामा भर्ति भएको लगायतका कारण देखाई यसअघि सरकारले बन्द गरेको श्रम स्वीकृति संघकै पहलमा खुला गरिएपनि सरकारले पुनः चैत २० गते मंगलबारबाट बन्द गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री अर्यालसँग मन्त्रालयमा भेटघाट गरेको हो । भेटमा अध्यक्ष डा केसी कुनैपनि कुरामा समस्या आउनासाथ त्यसमा प्रतिबन्ध लगाउने भन्द्यापनि त्यसलाई व्यवस्थित बनाएर अघि बढ्नुपर्ने भन्दै श्रम स्वीकृति खुल्ला गर्नुपर्नेमा जोड दिनुभयो । जवाफमा मन्त्री अर्यालले रुसको विषय कुनै मन्त्रालयगत मात्रै विषय मात्रै नभई समग्र राज्य...
केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति

केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति

नेपाल । भ्रष्टाचारको आरोपमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ । भारतको राउज एभेन्यू अदालतले केजरीवाललाई हिरासतमा राखिरहन अनुमति दिएको हो । आम आदमी पार्टी (आप)का अन्य सदस्यविरुद्ध झुटो प्रमाण दिएको भन्दै प्रवर्तन निर्देशालयले केजरीवाललाई न्यायिक हिरासतमा पठाउन माग गरेको थियो । अन्तःशुल्क नीति मुद्दामा प्रवर्तन निर्देशनालयले मार्च २१ मा गिरफ्तार गरेको हो ।...
कोशी प्रदेशका मुख्यमन्त्री र एनआरएनएको भेट, अन्तर्राष्ट्रिय चिया सम्मेलनबारे छलफल

कोशी प्रदेशका मुख्यमन्त्री र एनआरएनएको भेट, अन्तर्राष्ट्रिय चिया सम्मेलनबारे छलफल

अमेरिका । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीलाई भेट गरिएको छ । भेटमा कोशी प्रदेशमा एनआरएनको लगानी, अन्तर्राष्ट्रिय चिया सम्मेलन लगायत समसामायिक विषयवस्तुमा छलफल भएको छ । अध्यक्ष डा बद्री केसीले संघले केन्द्र सरकारसँग सहकार्य गर्दै आएको जानकारी गराउँदै अब स्थानीय र प्रदेश सरकारसँग काम गर्न इच्छुक रहेको बताउनुभयो । जवाफमा मुख्यमन्त्री कार्कीले लगानीका लागि कोशी प्रदेशमा लगानीका सम्भावना प्रचुर मात्रामा भएकोले लगानीका लागि आह्वान गर्नुभयो । लगानीका क्षेत्र पहिचानमा प्रदेश सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । सो अवसरमा उपाध्यक्ष रोजिना प्रधान राई, सचिव राधिका गुरुङ(टीका) कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति थियो । यसैबीच, गैरआवासीय नेपाली संघ अन्तर्गतको महिला विभाग मार्फत धनकुटाको पुर्नस्थापना सेवा के...
एनआरएनएद्वारा आगलागी प्रभावितहरुलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता

एनआरएनएद्वारा आगलागी प्रभावितहरुलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुनसरीको बर्जु वडा नं ४ मा भएको आगलागी प्रभावितका अवस्थाबारे जानकारी लिनुका साथै प्रभावित क्षेत्रको अवलोकन गरेको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको टोलीले आगलागी प्रभावित क्षेत्रको अवलोकन गरेको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँगै संघको टोली अवलोकनका लागि त्यहाँ पुगेको हो । सो क्रममा आगलागी प्रभावितहरुलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । सुख्खायाम सुरु भएसँगै नेपालका विभिन्न जिल्लामा आगलागीजन्य घटना बढ्दै गएपछि गैरआवासीय नेपाली संघले परोपकार तथा मानवीय सहायता विभागमार्फत यस्ता विपद्जन्य घटनामा सहयोग गर्दै आएको छ । सो क्रममा संघकी उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव एवं विदेशमा नेपाली सामान प्रवर्द्धन कमिटीकी संयोजक राधिका गुरुङ(टीका) र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको उपस्थिति थियो ।...
गैरआवासीय नेपालीलाई राहदानी लिन सहजीकरण गरिदिन एनआरएनएको आग्रह

गैरआवासीय नेपालीलाई राहदानी लिन सहजीकरण गरिदिन एनआरएनएको आग्रह

नेपाल । गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी लिने सम्बन्धमा सहजीकरणका लागि राहदानी विभागको ध्यानाकर्षण गराएको छ । नेपालको संविधानमा उल्लेखित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नेपाल सरकारले गत अक्टोबरदेखि गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नेपाली नागरिकता दिन सुरु गरिसकेको अवस्थामा सोही नागरिताबाट राहदानी लिने प्रकृया सम्बन्धमा भने कानूनले स्पष्ट दिशानिर्देश नगर्दा समस्या परेको भन्दै संघका पदाधिकारीहरु विभागका महानिर्देशक तीर्थराज अर्यालसँग छलफलका लागि पुगेका हुन् । संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राहदानीका विषयमा विश्वभरका गैरआवासीय नेपालीहरुले चासो व्यक्त गरेको भन्दै स्पष्ट प्रावधानसहित राहदानी दिने प्रक्रियामा छिटोछरितो रुपमा सहजिकरणका लागि विभाग महानिर्देशक अर्यालको ध्यानाकर्षण गराएको हो । जवाफमा...
मधेशी एकता समाज कतारले दोहामा परम्परागत तरिकाले मनायो होली

मधेशी एकता समाज कतारले दोहामा परम्परागत तरिकाले मनायो होली

कतार । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मनाएको छ । तराईमधेशमा होली मनाइएको दिनको अवसर पारेर एकता समाजले परम्परागत तरिकाले रंगहरुको पर्व मनाएको हो । मुस्लिमहरुको पवित्र रमजान महिना अहिले जारी रहेकोले होलीसँगै उनीहरुले इफ्तार कार्यक्रम समेत राखेका थिए । होली कार्यक्रमको मुख्य आकर्षणको रुपमा उनीहरुले एक अर्कालाई रंग अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए । यस्तै उनीहरुले परम्परागत बाजाको तालमा जोगिरा र होली गीत गाएका थिए । त्यस अवसरमा मालपुवा, पुरी, तरकारी, चटनी र तरुवालगायका मधेशका परिकार उनीहरुले पकाएर खाएका थिए । एकता समाज कतारका अध्यक्ष शिवकुमार महतोले होली कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने महासचिव चन्द्रवीर यादवले कार्यक्रम संचालन गर्नुभएको थियो । मनिष यादव, लालबाबु साह, तेजीलाल मण्डल, विशेश्वर यादव, चन्द्रवीर यादवले सबै अत...
अमेरिकाको बाल्टिमोरमा पानीजहाज ठोकिएपछि तीन किलोमिटर लामो पुल भत्कियो

अमेरिकाको बाल्टिमोरमा पानीजहाज ठोकिएपछि तीन किलोमिटर लामो पुल भत्कियो

अमेरिका । अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा एउटा नदीमाथि बनेको तीन किलोमिटर लामो पुल भत्किएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार एउटा पानीजहाज ठोकिएपछि उक्त पुल भत्किएको हो । उक्त घटनामा केही मानिस हताहत भएको र केही सवारीसाधन नदीमा खसेको बताइएको छ । घटनाबारे बिस्तृत विवरण आइसकेको छैन ।...
एनआरएनएद्वारा अन्तर्राष्ट्रिय महिला सम्मेलनको अवधारणपत्र महिलामन्त्रीलाई बुझाइयो

एनआरएनएद्वारा अन्तर्राष्ट्रिय महिला सम्मेलनको अवधारणपत्र महिलामन्त्रीलाई बुझाइयो

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी असार १५–१६ गते (२९–३० जुन २०२४) मा आयोजना गर्न लागेको प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र रुपमा अघि बढाएको छ । सोही सन्दर्भमा सोमबार अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मन्त्री भगवती चौधरीसँग भेटेर सम्मेलनको अवधारणापत्र बुझाएको छ । भेटमा डा केसीले सम्मेलनमा नेपाल सरकारको सहकार्यका लागि अनुरोध गर्दै यसअघि पनि विभिन्न चरणमा भएका छलफलको जानकारी गराउनुभयो । उहाँले मन्त्री चौधरीको संयोजकत्वमा एक उच्चस्तरीय आयोजक समिति गठन गरी अन्तर्राष्ट्रिय महिला सम्मेलनलाई सफल पार्नका लागि आवश्यक निर्देशन एवं सहयोग गर्नका लागि समेत मन्त्री चौधरी समक्ष अनुरोध गर्नुभयो । जवाफमा मन्त्री चौधरीले संघले आयोजना गर्न लागेको सम्मेलनले स्वदेश तथा विदेशमा रहेका सबैलाई समेटनुपर्नेमा जोड दिँ...