११ आश्विन २०८१, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

अलि अहमतले जिप्रका रौतहटबाट लिए गैरआवासीय नेपाली नागरिकता

अलि अहमतले जिप्रका रौतहटबाट लिए गैरआवासीय नेपाली नागरिकता

नेपाल (रौतहट) । सोमबार गौर स्थित रौतहट जिल्ला प्रशासन कार्यालयले पहिलो पटक एकजना गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् । फकरुदिन अलिअहमद शेखले रौतहटको गढिमाई नगरपालिका ३ साविक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरि गैर आवासिय नागरिकता प्रमाणपत्र लिएका छन् । नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैर आवासिय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन् । ...
जय नेपाल इन्टरनेशनल फाउन्डेशनको ग्लोबल युथ नेटवर्क घोषणा

जय नेपाल इन्टरनेशनल फाउन्डेशनको ग्लोबल युथ नेटवर्क घोषणा

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले वेबिनार मार्फत ग्लोबल युथ नेटवर्कको घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा अष्ट्रेलियाका मदनराज पौडेलको अध्यक्षतामा गठित ४३ सदस्यीय विश्व युवा संजालको घोषणा गरिएको हो । कार्यक्रमका सभापति तथा जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा यादव पण्डितले यो संस्था सबैसँग मिलेर काम गर्नको लागि स्थापना गरिएको र यो सबै संस्थाको सहयोगी संस्था हो भन्नु भयो । उहाँले सकभर नेपालमै युवाहरूलाई रोक्ने ,विदेशमा रहेका युवाहरूको सीप नेपालसँग जोड्ने साथै प्रजातान्त्रिक मूल्य मान्यताप्रति आस्थावान वैचारिक रुपमा असल नागरिक तथा सकारात्मक व्यक्ति निर्माण गर्न आफूहरूले प्रयास गरिरहेको बताउनु भयो । ग्लोबल युथ नेटवर्कको नयाँ कार्यसमितिः मदन राज पौडेल (अष्ट्रेलिया) को अध्यक्षतामा गठित ग्लोबल युथ न...
अमेरिकाको हर्किलिस सिटीको काउन्सिलर पदमा डिल्ली भट्टराईको उम्मेदवारी

अमेरिकाको हर्किलिस सिटीको काउन्सिलर पदमा डिल्ली भट्टराईको उम्मेदवारी

अमेरिका । अमेरिकाको क्यालिफोर्नियास्थित हर्किलिस सिटीको काउन्सिलर पदमा डिल्ली भट्टराईले उम्मेदवारी दिएका छन् । नोभेम्बर ५ मा हुने निर्वाचनमा उम्मेदवारी दिएका भट्टराई यसअघि हर्किलिस सिटीको प्लानिंग कमिशनरको रुपमा कार्यरत थिए । भट्टराईले गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्वउपाध्यक्ष पनि हुन् । भट्टराइको उम्मेदवारीलाई लेवर काउन्सिल र डेमोक्र्याट पार्टीबाट अनुमोदन भइसकेको छ भने सिटीका पूर्वपदाधिकारी एवं प्रभावशाली व्यक्तिहरुबाट पनि इन्डोर्समेण्ट आइसकेको छ । भट्टराईको उम्मेदवारीलाई नेपालीहरुको पुरानो संस्था न्यान्स, नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया लगायतका संघसंस्था र बे एरियाका प्रवुद्ध समूहले अनुमोदन गरिसकेका छन् । लामो समयदेखि बे एरियामा बसोवास गर्दै आएका भट्टराईले हर्किलिस हाई स्कुल पिटिओ बोर्डमा उपाध्यक्षको हैसियतमा काम गरिसकेका छन् । नेपाली समाजका अगुवाहरुले भट्टराइको उम...
सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसँग माग

सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसँग माग

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्न माग गरेका छन् । सान फ्रान्सिस्को सहरमा नेपालीहरूको संख्या बढ्दो भएकाले कन्सुलेट कार्यालय माग गरिएको क्यालिफोर्नियाका एनआरएनए अभियन्ताहरूले बताएका छन् । क्यालिफोर्नियाका एनआरएनए अभियन्ताहरूले कार्यालय स्थापनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई न्यूयोर्क पुगेर होटलमै भेटी ज्ञापनपत्र बुझाएका हुन् । राप्ती समाज अमेरिका अध्यक्ष सुरेश हमालसहितको टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएको न्यान्सका अध्यक्ष प्रितेश कार्कीले जानकारी दिए । ज्ञापनपत्रमा क्यालिफोर्निया राज्यमा करिब १ लाख नेपालीको बसोबास रहेको र राहदानीलगायत सेवा लिन कठिनाइ भएको उल्लेख गरिएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको...
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

नेपाल । श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिनुभएको छ । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहनुभएको ५५ बर्षिय दिसानायाकले सोमबार पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको मिडिया डेली मिररले उल्लेख गरेको छ । दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बन्नुभएको हो । दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्ने गर्नुहुन्छ । चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गर्नुभएको थियो । अनुरा कुमार दिसानायकेले मतदातालाई भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गर्नुभएको छ । ...
एडिलेडमा सकियो एनआरएन अष्ट्रेलियाको युथ कन्क्लेभ

एडिलेडमा सकियो एनआरएन अष्ट्रेलियाको युथ कन्क्लेभ

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघको आयोजनामा भएको युथ कन्क्लेभ युवाहरुलाई देश विकासमा प्रोत्साहन र अवसर प्रदान गर्न थप सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता सहित सम्पन्न भएको छ । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराई, एनआरएन आईसीसी अध्यक्ष बद्री केसी, एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, सेतोपाटीका सम्पादक अमित ढकाल सम्मिलित समूहगत छलफलमा एनआरएनको नेपालमा लगानी, विदेशमा सिकेको शिप र ज्ञान मार्फत नेपालको विकासमा योगदान लगायतमा चर्चा भएको थियो । कार्यक्रममा सहभागीहरुले पनि समूहगत छलफलमा आएका अतिथिहरुलाई प्रश्न गर्ने अवसर पाएका थिए । कार्यक्रममा बोल्दै एनआरएन आईसीसीका अध्यक्ष डा बद्री केसीले एनआरएन आईसीसीमा विवाद नरहेको बताउनुभयो । आगामी गैरआवासीय नेपाली दिवस अगावै सरकारले विभिन्न १२ वटा कानूनमा एकै पटक संशोधन गरेर मन्त्रिपरिषद्मार्फत निर्णय गर्दै हाल एनआरएन नागरिकतामा दे...
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न नेपालका प्रधानमन्त्री केपी ओली न्यूयोर्कमा

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न नेपालका प्रधानमन्त्री केपी ओली न्यूयोर्कमा

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क पुगेका छन् । उनी स्थानीस समय अनुसार शुक्रबार राति न्यूयोर्क अवतरण गरेका हुन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्न २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली न्यूयोर्क पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशल किशोर राय, अमेरिकाका लागि कार्यवहाक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख चक्र सुवेदीलगायतले जोन एफ केनेडी विमानस्थलमा स्वागत गरे । महासभादेखि समिट अफ द फ्युचरसहित अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले ७ वटा कार्यक्रममा सम्बोधन गर्नेछन् । यस्तै एक दर्जनभन्दा बढी साइडलाइन भेटवार्ता तथा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्...
१६ देशका राजदूतको नाम सुनुवाई समितिबाट अनुमोदन, अमेरिकामा रेग्मी

१६ देशका राजदूतको नाम सुनुवाई समितिबाट अनुमोदन, अमेरिकामा रेग्मी

नेपाल । विभिन्न १६ देशको राजदूतमा सिफारिस भएकाहरुको सम्बन्धनमा निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको उनीहरुको नाम अनुमोदन भएको छ । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएको छ । बैठकमा भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि उहाँको नाम अस्वीकृत भएको हो । अनुमोदन भएका १६ जनामध्ये १३ जना सर्वसम्मत र ३ जना बुहमतबाट अनुमोदन भएका हुन् । समितिको निर्णयअनुसार चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ । यस्तै इजरायलका लागि डा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका ला...
नेपाली नागरिकताको निरन्तरता र अधिकारसहितको नागरिकताको लागि लबिङ गरिरहेका छौंः केसी

नेपाली नागरिकताको निरन्तरता र अधिकारसहितको नागरिकताको लागि लबिङ गरिरहेका छौंः केसी

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ वेस्टर्न अष्ट्रेलियाको आयोजनामा गत शनिबार आयोजित फेस्टिभलको एनआरएनए अध्यक्ष डा. बद्री केसी र वेस्टर्न अष्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री टोनी बुटीले उदघाटन गर्नुभएको छ । नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवम प्रचार प्रसारका लागि आयोजित फेस्टिभल कलश यात्रासहित सुरु भएको थियो । सो अवसरमा विभिन्न जातजातिको पोशाकसहितको संस्कृति झल्काउने नाचहरु तथा झाकिहरु प्रदर्शन गर्दै शहर परिक्रमा गरिएको थियो । उदघाटन समारोहमा बोल्दै मन्त्री बुटीले नेपाली समुदायले राम्रो काम गरिरहेको बताउँदै आफ्नो तर्फबाट १० हजार डलर सहयोगको घोषणा गरेका थिए । कार्यक्रममा स्थानिय सांसदहरु तथा जनप्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो । यस्तै फेस्टिबलमा सहभागिताका लागि शुक्रबार नै एनआरएनए अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङलगायत अष्ट्रेलियामै र...
भारतका कम्युनिष्ट नेता सिताराम येचुरीको निधन

भारतका कम्युनिष्ट नेता सिताराम येचुरीको निधन

नेपाल । बिहीबार ७२ वर्षको उमेरमा भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरीको निधन भएको छ । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको दीर्घ रोगको कारण मृत्यु भएको हो । भारतको एम्स अस्पतालमा श्वासप्रश्वास समस्याले थलिएर पुगेका उनको निधन भएको हो । सन् २०१५ बाट भारतीय कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका येचुरीले नेपालको शान्ति प्रकृयाको क्रममा नेपाली दलहरूसँगको भारतीय संस्थापनको समन्वय गर्न पनि भूमिका खेलेका थिए । उनले पटक–पटक नेपालको भ्रमण गरेका थिए ।...