६ बैशाख २०८२, शनिबार

स्वास्थ्य

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

काठमाडौँ । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो । बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा तीन खोप थन्किएका छन् । चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त खोप आएको थियो । वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो । व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि खोपको म्याद सकिने थालेको बताउनुभयो । उहाँले खोपको म्याद सकिन थालेकाले अब प्रयोग गर्न नसकिने बताउनुभयो । “अहिले कोरोना भाइरसको महामारी पनि छैन । खोपको म्याद पनि सकिन थालेको छ । त्यसैले अव हामी प्...
‘समयमै अस्पताल ल्याउन सकेको भए धेरै जना बँच्थे’

‘समयमै अस्पताल ल्याउन सकेको भए धेरै जना बँच्थे’

नलगाड (जाजरकोट) । शुक्रबार राति ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पको झट्काले नलगाड नगरपालिका–४, औंलमा गोविन्द मल्लको घर भत्कायो । घरभित्र मल्ल, पत्नी सरिता साह, उनकी एक वर्षीय छोरा र ३ वर्षीया छोरी थिए । ‘एकै झट्कामा घर भत्कियो, दुवै पर्खालले छोरा र छोरीलाई किच्यो’, आफन्त समेत रहेका नलगाड, दल्लीका डिल्लीबहादुर रावल भन्छन्, ‘दुवै पर्खालले किच्दा पनि आमाले एक वर्षका छोरालाई च्यापेर जोगाइछन् ।’ ...