३० चैत्र २०८१, शनिबार

स्वास्थ्य

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

नेपाल । दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको छ । आयोगका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो । २०८० चैत १२ मा न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो । गत जेठ १४ मा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई आदेश दिएको थियो । ...
दुर्गा प्रसाईको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

दुर्गा प्रसाईको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

नेपाल । झापाको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । बिहीबार न्यायाधीश डा. कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको हो । गत चैत १२ गते भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । सर्वोच्चले १३ वर्षअघि सरकारबाट तोकिएको मापदण्डको पालना पनि गराउन आदेश दिएको छ । २०६८ चैत २४ गते सरकारले मेडिकल कलेजको मापदण्ड र शर्त तोकेको थियो । यस्तै २०७३ मंसिरमा नेपाल मेडिकल काउन्सिलले गरेको स्थलगत निरिक्षण, काठमाडौं विश्वविद्यालयको निरिक्षण टोलीले तोकेको काम पुरा गर्न लगाउन पनि आदेश दिएको छ । चिकित्सा क्षेत्र सुधारका बहानामा वर्षौदेखि ठूलो धनराशी लगानी गरी सम्बन्धनका लाग...
विश्व वातावरण दिवसको अवसरमा २२ जनाले गरे रक्तदान

विश्व वातावरण दिवसको अवसरमा २२ जनाले गरे रक्तदान

नेपाल (हेटौंडा) । हेटौंडा उपमहानगर पालिका ११ वडा को टोलबिकास संस्था वडा समन्वय समितिको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा गरिएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडासदस्य बिकास नेपाल, गिता सुनार, सन्जय बिडारी, गोपिनी सापकोटा, टोलबिकास संस्था नगरसमन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।...
आइतबारदेखि बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन हुँदै

आइतबारदेखि बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन हुँदै

नेपाल । नेपालमा सरकारले आइतबारदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो । दुई हप्ता चल्ने अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ दिइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागेको उनले बताए । पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाइनेछ ।...
११ क्याम्पसका प्रतिनिधिहरुद्वारा उपकुलपति बरालसंग चिकित्सा शिक्षाबारे छलफल

११ क्याम्पसका प्रतिनिधिहरुद्वारा उपकुलपति बरालसंग चिकित्सा शिक्षाबारे छलफल

नेपाल । सोसाइटी फर टीयू एफिलेटेड हेल्थ इन्स्च्यिूशन नेपाल सम्बद्ध ११ क्याम्पसका प्रतिनिधिहरुले हालै नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालसंग भेटी चिकित्सा शिक्षासंग सम्बन्धित महत्वपूर्ण बिषयहरुमा छलफल गरी समाधानका उपायहरुबारे छलफल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन सस्थानवाट संवन्धन प्राप्त क्याम्पसहरुले चिकित्सा शिक्षा आयोगले बिद्यार्थी भर्नाको लागि अपनाएको लामो र झनझटिलो प्रकृयाबाट कक्षाकोठाहरुमा देखिएको बिद्यार्थी अभाव, शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयन, विश्वबजार र प्रतिस्पधी अनकुलको पाठयक्रममा शंसोधन, एकद्धार प्रणालीबाट शुल्क लिने व्यवस्था, बिद्यार्थीहरु बिदेश पलायन वाट सिर्जित समस्याहरु र रोजगारका अवसरहरु र्सिजना गर्ने बिषयहरु र समाधानका उपायहरुका वारेमा छलफल केन्द्रित रहेको संस्थाका अध्यक्ष प्राडा जैनउदनि अन्सारीले बताउनु भयो । उपकुलपतिले गुणस्त...
मीनबहादुर गुरुङद्वारा बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा

मीनबहादुर गुरुङद्वारा बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा

नेपाल । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । गत शुक्रबार अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेका थिए । सहयोगको घोषणापछि गुरुङले अहिलेको समयमा धेरैलाई समस्या रहे पनि कसैले राम्रो काम गर्छ भने उसलाई सहयोग गर्न सबै तयार हुनुपर्ने र त्यो देशकै लागि सहयोग हुने बताए । भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन् । २०६८ सालमा बुबा वृष...
डा. गोविन्द केसीले शुरु गरे २२औँ अनशन

डा. गोविन्द केसीले शुरु गरे २२औँ अनशन

काठमाडौँ । शनिबारदेखि डा. गोविन्द केसीले फेरि अनशन शुरु गरेका छन् । पशुपति मृगस्थलीमा २२औँ अनशन सुरू गरेका हुन । विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत मागहरू कार्यान्वयनको माग अघि सारेका छन् ।...
नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयॉंवर्ष २०८१ को अवसरमा कोलोराडोमा सम्पन्न रक्तदान कार्यक्रमा ११ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स अफ अमेरिका कोलोराडो शाखा र रकी माउन्टेन फ्रेन्डस अफ नेपालको संयुक्त आयोजनामा कोलोराडो, वेस्टमिनिस्टर स्थीत Vitalint मा अप्रिल ७ तारिख, आईतवार सम्पन्न रक्तदान कार्यक्रमा ११ जना नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट रक्तदान सम्पन्न भएको हो । एक पटकको एक ब्यक्तिको रक्तदानबाट तीनजना व्यक्तिको जीवन बॉंच्न सक्छ । यस्तो पूण्य कार्यमा धेरै भन्दा धेरै ब्यक्तिलाई जागरुक बनाउंदै रक्तदान कार्यमा अभिप्रेरित गराउने मुल उद्देश्यका साथ आयोजित कार्यक्रममा ५ जना रक्तदाताहरुलाई पहिलोपटक सहभागी गराउन सक्नु कार्यक्रमको प्रमुख सफलता रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष डा. शारदा त्रिपाठीले बताएकी छन् । यसरी पहिलो पटक रक्तदान गर्नेहरूमा बिकाश त्रिपाठी,...
बिपि चिन्तन प्रतिष्ठानद्वारा मकवानपुरको बकैयामा दुईदिने स्वास्थ्य शिविर आयोजना

बिपि चिन्तन प्रतिष्ठानद्वारा मकवानपुरको बकैयामा दुईदिने स्वास्थ्य शिविर आयोजना

नेपाल(हेटौंडा) । मकवानपुरको बकैया गाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविरको सम्पन्न भएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा बिपि चिन्तन प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरको शुक्रबार एक कार्यक्रमका बीच उद्धघाटन भएको हो । बकैया गाउँपालिका मकवानपुर स्थानीय आयोजक रहेको कार्यक्रममा नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र हेटौंडा–२ स्थित निको अस्पताल प्रालिको प्राविधिक सहयोग रहेको थियो । स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षता तथा संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले लिभर, मिर्गौला र क्यान्सरका बिरामी बढ्दै गएकोले राज्यको हरेक तहले निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने बताउनुभयो ।...
व्यवसायी प्रसाईंको पक्षमा सर्वोच्चको फैसला, मेडिकल कलेजको लाइसेन्स दिन आदेश

व्यवसायी प्रसाईंको पक्षमा सर्वोच्चको फैसला, मेडिकल कलेजको लाइसेन्स दिन आदेश

नेपाल । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा सोमबार सर्वोच्च अदालतले फैसला सुनाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पताललाई चिकित्सा शिक्षा आयोगले मेडिकल कलेज सञ्चालनको स्वीकृति नदिएपछि प्रसाईंले २०७७ सालमा रिट दायर गरेका थिए । न्यायाधीशहरु कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार गरेको निर्णयसँगै प्रसाईंले मेडिकल कलेजको लाइसेन्स पाउन बाटो खुला भएको छ । आफूले लाइसेन्स नपाएर अन्यायमा परेको भन्दै उनी आक्रोशित र आन्दोलित हुँदै आएका थिए ।...