बिपि चिन्तन प्रतिष्ठानद्वारा मकवानपुरको बकैयामा दुईदिने स्वास्थ्य शिविर आयोजना
नेपाल(हेटौंडा) । मकवानपुरको बकैया गाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविरको सम्पन्न भएको छ ।
बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा बिपि चिन्तन प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरको शुक्रबार एक कार्यक्रमका बीच उद्धघाटन भएको हो ।
बकैया गाउँपालिका मकवानपुर स्थानीय आयोजक रहेको कार्यक्रममा नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र हेटौंडा–२ स्थित निको अस्पताल प्रालिको प्राविधिक सहयोग रहेको थियो ।
स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षता तथा संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले लिभर, मिर्गौला र क्यान्सरका बिरामी बढ्दै गएकोले राज्यको हरेक तहले निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने बताउनुभयो ।...