७ बैशाख २०८२, आईतवार

मनोरन्जन

गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन शुरु

गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन शुरु

नेपाल । गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन शुरु भएको छ । फिल्म ‘परदेशी २’बाट अभिनेता बनेका सपूतको फिल्म बसन्तको छायांकन बाग्लुङको धार्मिक स्थल कालिका मन्दिरमा मुहूर्त गरिएको हो । प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्का लगायतले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गरेका थिए । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो । बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँसहितका क्षेत्रमा करिब २५ दिन फिल्मको छायांकन हुने जनाइएको छ । दशैं र तिहारको बीचमा भने काठमाडौं र तराई क्षेत्रमा छायांकनको तयारी गरिएको निर्देशक सपूतले बताए । सुसन प्रजापतिको छायांकन रहने फिल्ममा प्रकाश र स्वस्तिमासहित अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायतको पनि अभिनय रहनेछ । यसमा प्रकाश स्वयंको लेखन छ भने गीत पनि उनले नै तयार पारेका छन् । तीन करोड बजेट अनुमान गरिए...
सेप्टेम्बर १५ मा कोलोराडोमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुँदै, सबैलाई सहभागी हुन अनुरोध

सेप्टेम्बर १५ मा कोलोराडोमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुँदै, सबैलाई सहभागी हुन अनुरोध

कोलोराडो । हरितालिका तीजको अवसर पारेर अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम सञ्चालन भइरहेको छ । यसैक्रममा यही सेप्टेम्बर १५ मा कोलोराडोमा उक्त कार्यक्रम कोलोराडोमा हुन लागेको हो । कार्यक्रममा गायिकाहरु ज्योति मगर, शान्तिश्री परियार र रचना रिमालको जोडदार प्रस्तुति रहने छ भने करिष्मा ढकालको आकर्षक नृत्य रहने छ । व्यवसायी दिनेश भट्टराईको संयोजनमा कोलोराडोमा कार्यक्रम हुन लागेको हो । 8971 Yates St, Westminster, CO 80031 हुने कार्यक्रममा सहभागिताका लागि कोलोराडोवासी सम्पूर्णलाई अनुरोध गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकहरुले कार्यक्रम स्थलको गेटमै ५० डलरमा टिकट लिन सक्ने छन् । सहभागीहरुलाई डिनरको व्यवस्था रहने छ । साथै अनलाइनबाट पनि टिकट लिन सकिने छ । फ्लाई नेपाले अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम ...
झरना साहित्यिक परिवार मकवानपुरले महेन्द्र माविमा मनायो तीज

झरना साहित्यिक परिवार मकवानपुरले महेन्द्र माविमा मनायो तीज

-मसान उपासक (नेपाल, मकवानपुर) । मकवानपुरको अग्रणी साहित्यिक संस्थाको रूपमा रहेको झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले नारीहरूको महान् पर्व तीजको अवसरमा बिहिवार महेन्द्र मावि (प्राबिधिक शिक्षालय) बकैया–४, छतिवनमा सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गरेको छ । झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया–५ का वडाअध्यक्ष लक्ष्मी जिम्बा, बकैया–४ का कार्यवाहक वडाअध्यक्ष विजय भोलन, झसाप मकवानपुरका संरक्षक तथा महेन्द्र माविका विव्यस अध्यक्ष परशुराम गौतम, बकैया गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी माझी, समाजसेवी चन्द्रकुमार राई, झसाप मकवानपुरका संरक्षक उद्धवप्रसाद सापकोटा, विष्णुहरि महर्जनलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा भएको नृत्य प्रतियोगिताको निर्णय दुई समूहमा गरिएको थियो । कक्षा ६–१२ तह अर्न्तगत सलिना भोम्जन, सोनिका गौतम, अस्मिता बाईबा...
अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै, तयारी अन्तिम चरणमा

अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै, तयारी अन्तिम चरणमा

कोलोराडो । अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर १५ मा हुन लागेको ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी भव्य रुपमा तीब्रताका साथ भइरहेको छ । अवार्ड यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा हुन लागेको हो । कार्यक्रममा वरिष्ठ कलाकर्मीहरु, नयाँ पुस्ताका कलाकर्मीहरु, विदेशमा रहेका नेपाली कलाकर्मी तथा नेपाली चत्रचित्रलाई माया गर्ने वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति हुने भएको छ । नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । नेपाल फिल्म सोसाइटीका अध्यक्षमा वरिष्ठ नायक कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठ रहेका छन् । साथै त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनका नवराज केसी र खाम भट्टको व्यवस्थापन रह...
शास्त्रीय सङ्गीत साधक रविनदास श्रेष्ठको हृदयघातका कारण निधन

शास्त्रीय सङ्गीत साधक रविनदास श्रेष्ठको हृदयघातका कारण निधन

नेपाल । शास्त्रीय सङ्गीत साधक रविनदास श्रेष्ठको हृदयघातका कारण आइतबार राति निधन भएको छ । काठमाडौँ ठमेलस्थित निवासमा श्रेष्ठको निधन भएको हो । स्वर्गीय श्रेष्ठको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ । एकछिन काम छ भनेर कोठामा छिर्नुभएका श्रेष्ठको त्यहीँ निधन भएको थियो । उहाँकी श्रीमती कोठामा जाँदा श्रेष्ठ ढलिरहनुभएको अवस्थामा पाइएको थियो । किराँतेश्वर, राम मन्दिर, यलमाया केन्द्रलगायत काठमाडौँमा हुने शास्त्रीय उत्सवमा श्रेष्ठको उपस्थिति रहने गरेको थियो । ललितपुर क्याम्पसबाट सङ्गीतमा स्नातक गर्नुभएका श्रेष्ठले बनारसमा एमए गरी सन् २००३ मा नेपाल फर्किनुभएको हो । नेपाल फर्किएपछि रत्नराज्यलक्ष्मी क्याम्पसमा आंशिक शिक्षकका रूपमा प्राध्यापन गर्न थाल्नुभएको थियो । उहाँ ललितकला केन्द्रीय विभागमा समेत शास्त्रीय सङ्गीत अध्यापन गर्नुहुन्थ्यो । रत्नराज्यलक्ष्मी क्याम्पसको बिहानी सत्रको सहायक क्याम्पस ...
दिनेश डिसीद्वारा चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण

दिनेश डिसीद्वारा चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण

नेपाल । गत बिहीबार चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका निर्देशक तथा कलाकार दिनेश डिसीले सोमबार पदभार ग्रहण गरेका छन् । आइतबार सञ्‍चार मन्त्रालयबाट नियुक्ति पत्र बुझेका उनले सोमबार बिहान चाबहिलस्थित बोर्डको केन्द्रीय कार्यालय पुगेर पदभार सम्हालेका हुन् । डिसीले आफ्नो कार्यकक्षमा प्रवेश गरेपछि गीता ढोगेर मन्त्रोच्चारण गरेका थिए । उक्त अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू बोल्नका लागि नभइ काम गरेर देखाउन आएको जिकिर गरे । बोर्डमा उनको कार्यकाल २ वर्षको हुनेछ । सन् १९९७ मा आएको फिल्म ‘सुनचाँदी’बाट डिसीको अभिनय करिअर सुरु भएको थियो । त्यसयता उनले दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् भने ‘सावधान’, ‘मायाज् बार’, ‘६ एकान ६’, ‘फूलै फूलको मौसम तिमीलाई’ जस्ता फिल्मको निर्देशन पनि गरेका छन् ।...
अमेरिकाको कोलोराडोमा पनि घन्किन थाल्यो पञ्चेबाजा

अमेरिकाको कोलोराडोमा पनि घन्किन थाल्यो पञ्चेबाजा

–मीन बोलखे (कोलोराडो, अमेरिका) । विभिन्न पेशा व्यवसायमा आवद्ध उत्साही युवाहरुले शुभ कार्यमा बजाइने पञ्जेबाजालाई अमेरिकाको कोलोराडोमा पनि भित्र्याएका छन् । नेपाली संस्कृति र रितिरिवाजलाई जोगाउने उद्देश्यले नेपालीको लोकप्रिय बाजा कोलोराडोमा पनि भित्र्याएको कोलोराडो निवासी प्रकाश पौडेलले बताए । उनी एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष पनि हुन् । पञ्चेबाजा अन्तरगत दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् । यी बाजाहरु कोलोराडो निवासी प्रकाश पौडेल, बिटी मगर, माधव खनाल, हरिस खत्री, नारायन, सापकोटा, राजु आले मगरको टिमले बजाउने गरेको छ । उनीहरुले यी बाजाहरु नेपालबाट अमेरिका पुर्याएका हुन् । उनीहरुलाई पनि ती बाजा पहिले बजाउन आउँदैन थियो । तर अभ्यास गरेर उनीहरुले अहिले पञ्चेबाजाको राम्रो धुन निकाल्न सक्ने भएका छन् । विशेष गरी विवाह, ब्रतबन्ध लगायत शुभ कार्यमा पञ्चेबाजा बजाइने नेपाली परम्पर...
चलचित्र विकास बोर्डको अध्यक्षको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षको अध्यक्षमा दिनेश डिसी नियुक्त

नेपाल । नायक भुवन केसीको कार्यकाल सकिएपछि निर्देशक तथा कलाकार दिनेशराज दाहाल (दिनेश डिसी) चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई २ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । बोर्ड अध्यक्षका लागि आवेदन दिएका ६ जनामध्ये डिसीसहित दीपा पाण्डे बस्नेत र राजेश थापाको सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्‌मा सिफारिस गरेको थियो । एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष तथा चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष समेत रहेका डिसी टेलिभिजन र रेडियो कार्यक्रम प्रस्तोताको रुपमा पनि चर्चित छन् । सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय यात्रा सुरु गरेका उनले ५० बढी फिल्ममा अभिनय गरिसकेका छन् । सन् २००६ मा आएको फिल्म ‘सावधान’बाट निर्देशन करिअर सुरु गरेका उनले त्यसपछि ‘दाईको ससुराली’, ‘मायाज् बार’, ‘६ एकान ६’ हुँदै पछिल्लो पटक ‘फूलै फ...
अमेरिकामा घन्कियो नन्दकृष्णको देउडा

अमेरिकामा घन्कियो नन्दकृष्णको देउडा

अमेरिका । अमेरिकाको विस्कान्सिन राज्यस्थित मिल्वाकी सहरमा वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीको देउडामा त्यहाँ रहेका नेपालीहरू झुमेका छन् । गौरा समाज विस्कान्सिनको आयोजनामा सोमबार मिल्वाकी सहरस्थित हिन्दु मन्दिर परिसरमा गौरा पूजन तथा देउडा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा वरिष्ठ देउडा गायक जोशीको आफ्ना आधा दर्जन देउडा गीत प्रस्तुत गरेका थिए । ‘ओ बाँझ झुमरेली बाज,’ ‘झुम्के डाली’मालगायत चर्चित देउडाहरूमा स्थानीय नेपालीहरूलाई झुमाएका थिए । जोशीले गीत गाउँदा देउडा खेलको समेत रौनक बढेको थियो । गौरा सुदूरपश्चिमवासीले मनाउने प्रमुख चाड हो । विस्कान्सिन राज्यको मिल्वाकी शहरमामात्रै सय बढी सुदूरपश्चिमेली परिवारहरू रहेको आयोजक गौरा समाजका संयोजक वासुदेव जोशीले बताए । स्थानीय पण्डित जगदीश आचार्यले महिलाहरूलाई गौरा माताको पूजन गराएका थिए । गौरा पूजनपछि देउडा गायक जोशीले मनोरञ्जित पारेक...
सन्तोष लोक्सम बने ‘मिस्टर नेपाल’ विजेता

सन्तोष लोक्सम बने ‘मिस्टर नेपाल’ विजेता

नेपाल । झापाका सन्तोष लोक्सम ‘मिस्टर नेपाल २०२४’ विजेता बन्नुभएको छ । लोक्समले नोभेम्बरमा भियतनाममा हुने ‘मिस्टर वर्ल्ड–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । नेक्स मोडल नेपालद्वारा आयोजित प्रतियोगिताको शनिबार राति सम्पन्न फाइनलमा भक्तपुरका योगेश श्रेष्ठ ‘मिस्टर ग्लोबल नेपाल–२०२४’ विजेता बन्नुभएको छ । योगेशले अक्टोबर महिनामा थाइल्यान्डमा हुने ‘मिस्टर ग्लोबल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । काठमाडौँका आयुष दुलाल ‘म्यान अफ दी वल्र्ड नेपाल–२०२४’ हुनुभएको छ । प्रतियोगितामा धरानका आदेश प्रधान पहिलो उपविजेता र हेटौँडाका आयुष बम्जन दोस्रो उपविजेता बन्नुभएको थियो । प्रतियोगितामा देशभरिका ३८ जना युवाको सहभागिता रहेको थियो ।...