
बेहुली हुँदाको कथा लेख्दा पुरस्कार जित्ने मौका !
नेपाल । दशैंको अवसर पारेर असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले दर्शकलाई आकर्षित गर्न प्रचारमा विभिन्न शैली अपनाइरहेका छन् ।
केही दिनअघि फिल्मको लोकप्रिय गीत ‘छड्के सलाम’मा कभर भिडियो बनाउनेमध्ये उत्कृष्ट एउटालाई फिल्ममा समावेश गर्ने घोषणा गरिएको थियो । अब अर्को प्रतियोगिताको पनि घोषणा गरिएको छ ।
फिल्मको थिमअनुसार बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा आकर्षक पुरस्कार प्रदान गरिने भएको छ । फिल्मकी शीर्ष अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराइन् । उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ ।
फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट...