
नेपाली चलचित्र तेल भिसा र अग्नी दहन शुक्रबारदेखि प्रदर्शनमा
नेपाल । नेपाली चलचित्र तेल भिसा र अग्नी दहन शुक्रबारदेखि प्रदर्शनमा आउँदै छन् ।
शंकर घिमिरेको निर्देशन रहेको तेल भिसा फिल्ममा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा छन् । उनलाई बाबु र छोराको भूमिकामा देख्न सकिनेछ । उनीसहित फिल्ममा वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको अभिनय छ ।
आफ्नो छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका पुगेकी आमाले भोग्नुपरेको कानुनी झमेलाको कथामा फिल्म बनेको ट्रेलरले प्रष्ट पारिसकेको छ । फिल्ममा समावेश ‘कति रमाइलो’ गीत यतिबेला चर्चामा छ ।
त्यस्तै घनश्याम लामिछानेको निर्देशनमा बनेको अग्नी दहन फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । यसमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ । फिल्मलाई ...