८ बैशाख २०८२, सोमबार

मनोरन्जन

४१ बर्षीय बिजुलीकलीले जितिन् हात्ती सुन्दरीको ताज

४१ बर्षीय बिजुलीकलीले जितिन् हात्ती सुन्दरीको ताज

नेपाल । चितवन सौराहाकी बिजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ बर्षीय बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो । ३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए । हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । सुन्दरीप्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गर्ने तिवारीले बताए । गरिने ब...
क्रिसमसको अवसरमा नेपालमा गायक सोनु निगम दिए सांगीतिक प्रस्तुती

क्रिसमसको अवसरमा नेपालमा गायक सोनु निगम दिए सांगीतिक प्रस्तुती

काठमाडौं । भारतका चर्चित गायक सोनु निगमले बुधबार नेपालमा सांगीतिक प्रस्तुती दिएका छन् । क्रिसमसको अवसरमा बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा उनले सांगीतिक प्रस्तुती दिएका हुन् । । प्रशस्तै हिट नेपाली गीतसमेत गाइसकेका निगमलाई स्वागत गर्न आयोजक नेपाल टचका पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनलाई स्वागत गर्न चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्री पनि विमानस्थल पुगेका थिए । उनलाई विमानस्थलमा सन्दीप र आयोजक टीमले नेपाली ढाका टोपी लगाएर स्वागत गरेका थिए । हायात रिजेन्सीको मैदानमा ३ घण्टा चलेको कन्सर्टमा झण्डै १० हजार दर्शक आफ्ना गीतमार्फत मनोरञ्जन दिए । कन्सर्टपछि निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले बिहीबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।...
नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार घोषणा

नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार घोषणा

नेपाल । नेपाली गीत, सङ्गीत तथा सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिने भएको छ । वरिष्ठ गायिका मीरा राणाको संयोजकत्वमा गठित सम्मान तथा पुरस्कार सिफारिस समितिको सिफारिस अनुसार सम्मानित तथा पुरस्कृतको नाम सार्वजनिक गरिएको हो । नातिकाजी स्मृति समाजद्वारा बुधबार राजधानीमा आयोजित सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९९ औँ जन्मजयन्तीमा सो सम्मान तथा पुरस्कार घोषणा गरिएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार नगेन्द्र थापा, बोमबहादुर कार्की, धन लामा, प्रकाश सायमि, ज्ञानुराधा गोर्खाली, बुद्धवीर लामा, दिवाकर खड्‌का र किरण केसी ‘क्रोधी’ लाई नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०८० प्रदान गरिने भएको छ । त्यस्तै हिमाल सागर, विन्दु परियार, वी पाण्डे, आशिष अविरल (खिमबहादुर गौतम) र सम्राट थापालाई नातिकाजी राष्ट्रिय सङ्गीत...
अमेरिकाको सान फ्रान्सिस्कोमा तबलावादक जाकिर हुसैनको निधन

अमेरिकाको सान फ्रान्सिस्कोमा तबलावादक जाकिर हुसैनको निधन

अमेरिका । तबलावादक जाकिर हुसैनको निधन भएको छ । उहाँको अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा सोमबार निधन भएको हो । उहाँ गम्भीर स्वास्थ्य समस्याका कारण विगत दुई सातादेखि अस्पताल भर्ना हुनुहुन्थ्यो । सोमबार बिहान परिवारले जाकिर हुसैनको मृत्यु भएको पुष्टि गरेको थियो । जाकिरको मृत्युको पुष्टि गर्दै परिवारले आधिकारिक विज्ञप्ति पनि जारी गरेको छ । उहाँको मृत्यु फोक्सोमा असर गर्ने रोगका कारण भएको विज्ञप्तिमा जनाइएको छ । प्रसिद्ध तबलावादक जाकिर हुसैनले अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउनुभएको थियो । सन् १९५१ मा उस्ताद अल्लाह राखको घरमा जन्मनुभएका जाकिर बाल्यकालदेखि निकै प्रतिभाशाली हुनुहुन्थ्यो । हुसेन एक उत्कृष्ट तबलावादकका साथै उत्कृष्ट सङ्गीतकार पनि हुनुहुन्थ्यो । उहाँले ‘हिट एन्ड डस्ट’ र ‘इन कस्टडी’ जस्ता चलचित्रका लागि सङ्गीत दिनुभएको थियो । अन्तर्राष्ट्रिय ब्याले र आर्केस्ट्रा न...
चलचित्र ‘कार्साङ’ को टिजर सार्वजनिक

चलचित्र ‘कार्साङ’ को टिजर सार्वजनिक

नेपाल । चलचित्र ‘कार्साङ’ को टिजर सार्वजनिक गरिएको छ । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निःसन्तानपनले दिएको सास्ती र त्यसले दाम्पत्य जीवनमा सिर्जना गर्ने श्रीमान्श्रीमतीबिचको ठाकठुक देख्न सकिन्छ । ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ । टिजरले गरिबीका कारण कसरी आममान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् भन्ने कथालाई प्रस्तुत गरेको छ । सन्तान नजन्मिएपछि श्रीमानश्रीमतीले एकअर्कालाई गर्ने दोषारोपणलाई पनि टिजरमा उतारिएको छ । यम शेर्पाले ‘डेब्यु’ निर्देशन गर्नुभएको चलचित्रको कथा पनि निर्देशक आफैँले लेख्नुभएको हो  । चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको छ ।...
सर्ट फिल्म प्रतिस्पर्धामा शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ पहिलो

सर्ट फिल्म प्रतिस्पर्धामा शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ पहिलो

नेपाल । शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ ले एक लाख नगद पुरस्कार जितेको छ । ओस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्ट्डिज) द्वारा आयोजित ‘दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ पहिलो भएको हो । प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ र विशाल झाको ‘अन्तिम यात्रा’ ले दोस्रो र तेस्रो स्थान हासिल गर्दै क्रमशः ५० हजार र २५ हजार नगद जितेका छन् । देवनन्दन मण्डलको पेपर बोन्ड्स स्पेसल मेन्सनमा पर्न सफल चलचित्र बन्यो । पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौ वटा लघुचलचित्र प्रदर्शन गरिएका थिए  ।...
विपिन कार्की उत्कृष्ट अभिनेता र स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित

विपिन कार्की उत्कृष्ट अभिनेता र स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित

नेपाल । यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा फिल्म ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । बुधबार शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट उनीहरुले अवार्ड ग्रहण गरे । उनीहरुले यसअघि पनि राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् । राष्ट्रिय अवार्डमा उत्कृष्ट फिल्म भने ‘बुलाकी’ बन्यो । यसले अन्य दुई विधामा पनि अवार्ड जितेको छ । लेखनमा राजबहादुर साने र छायांकनमा शिव ढकालले अवार्ड प्राप्त गरेका हुन् । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘दिमाग खराब’बाट निश्चल बस्नेतले प्राप्त गरे । सम्पादनतर्फ ‘महाजात्रा’बाट मित्र डी गुरुङ उत्कृष्ट घोषित हुँदा आदिवासी मातृभाषी फिल्मतर्फ ‘लोजिमा’ले अवार्ड जितेको छ । त्यस्तै, निर्णायक समिति प्रोत्साहन पुरस्कार ‘टुल्की’बाट अभिनेत्री स्वस्तिमा का...
अमेरिकी नागरिकले धरहरा चढ्न  १ हजार तिर्नु पर्ने !

अमेरिकी नागरिकले धरहरा चढ्न १ हजार तिर्नु पर्ने !

नेपाल । आइतबारदेखि नेपालको राजधानी काठमाडौंस्थित धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ। धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने भएको हो । गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै २ सय रुपैयाँ तिरेर चढ्नु पर्ने भएको हो । विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई शहरी विकास भवन निर्माण तथा आवास विभागको प्रस्तावमा सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क लिई धरहरा सञ्चालन गर्न स्वीकृत दिइएको छ । सोही अनुसार सार्क मुलुकलाई ५००, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ। यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ । यस्तै चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क लाग्ने भएको छ। भु...
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः निर्वाचित

वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः निर्वाचित

नेपाल । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्बिरोध निर्वाचित भएका छन् । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट अभिनेता मल्ल अध्यक्ष पदमा चयन भएका हुन् । सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल, कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सह कोषाध्यक्षमा दुर्गा बिशुराल तथा सदस्यहरुमा क्रमशः सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजि कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन हुनु भएका छन् । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ । काभ्रेपलान्चोकको थुम्की रिसोर्टमा भएको साधारण सभामा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ठ लोक गायक प्रेमराजा महत,...
भक्तपुरमा अमेरिका र नेपालका सेरामिक्स कलाकारहरुको कार्यशालाको आयोजना

भक्तपुरमा अमेरिका र नेपालका सेरामिक्स कलाकारहरुको कार्यशालाको आयोजना

नेपाल । अमेरिका र नेपालका सेरामिक्स कलाकारहरुको भक्तपुरको पोटरीस्क्वायरमा पाँचदिने कार्यशालाको आयोजना गरिएको छ । नेपालस्थित अमेरिकी राजदूतावासको संयोजनमा कला अनुभव आदानप्रदान गर्ने योजनाअन्तर्गत गरिएको कार्यशालामा अमेरिकाका दुई अग्रज सेरामिक्स कलाकार मार्क न्याफ्जिगर तथा जोसी न्यफ्जिगर र नेपालका विभिन्न जिल्लाका १० जना महिला सेरामिक्स कलाकार सहभागिता रहेका कार्यक्रमका स्थानीय संयोजक एवं कलानिर्देशक कैलाशकुमार श्रेष्ठले बताउनुभयो । मौलिक कला सम्पदालाई कसरी आधुनिक स्वरुपमा लगि यसमा संलग्न समुदायको आर्थिक सशक्तीकरण गर्न सकिन्छ भन्नेबारेमा अमेरिका र नेपालका सहभागीबिच गहन परामर्श गरिएको अमेरिकी कलाकार मार्क न्याफ्जिगरले बताउनुभयो । कार्यशालामा उहाँहरूबिच संयुक्त स्थलगत कलाअभ्यास हुनुका साथै सहभागी सबैले आआफ्नो ठाउँको विशेषता झल्कने गरी माटोका विभिन्न सामग्री बनाएका छन् । मौलिक कला सम्पदा राज...