
नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल हुँदै, ४७ देशका ९८ वटा चलचित्र चयन
नेपाल । विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’ को छैटौँ संस्करण माघ १७ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ । महोत्सवमा नेपालसहित ४७ देशका ९८ वटा चलचित्र चयन भएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
“हामीलाई प्राप्त करिब चार सय वटा चलचित्रलाई प्रारम्भिक चलचित्र चयन समूहले करिब डेढ महिना लगाएर हरेपछि ९८ वटा चलचित्र चयन गरेको छ । महोत्सवमा लघुचलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालबालिका, मानव अधिकारका चलचित्र पनि प्रतिस्पर्धामा समावेश गरिएका छन् । दुई मिनेटदेखि साढे दुई घण्टासम्मको चलचित्र महोत्सवका लागि चयन भएको छ,” महोत्सव आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो ।
महोत्सवका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी...