
गुणस्तरीय चलचित्र निर्माण गर्न सके विदेशीभन्दा नेपाली चलचित्र चल्ने
नेपाल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सके विदेशीभन्दा नेपाली चलचित्र चल्ने बताउनुभएको छ ।
शनिबार आठौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गतको ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग चलचित्रका कुरा’ विषयक छलफलमा मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । उहाँले चलचित्र बनाउने विषय निर्माताको मात्रै नभएर समग्र चलचित्र उद्योग र देशसँग जोडिएको बताउनुभयो । एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकलाई फाइदा हुने उहाँले बताउनुभयो ।
उहाँले विश्वसम्पदा सूचीमा समावेश भएका नेपालका धरोहरलाई समेटेर चलचित्र उद्योगी अघि बढ्न सकेको अवस्थामा नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याई त्यसबाट लाभ लिन सक्ने बताउनुभयो । चलचित्रकर्मी साँघुरो मानसिकताभन्दा माथि उठेर फराकिलो सोच राखेर अगाडि बढ...