
वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणी भक्तराज आचार्यको निधन
नेपाल । वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणी भक्तराज आचार्यको सोमबार निधन भएको छ।
८२ वर्षीय आचार्यको अपरान्ह साढे ४ बजेतिर अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए ।
आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ । आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ ।
उनका ‘हजार सपनाहरूको..., जति चोट दिन्छौं..., मुटु जलिरहेछ...’ लगायत गीत चर्चित छन् । २०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए ।
उनका दुई छोराहरु सत्यराज र स्वरुपराजले पनि ग...