६ बैशाख २०८२, शनिबार

मनोरन्जन

गायक रवि ओडविरुद्ध श्रीमतीद्वारा प्रहरीमा वैवाहिक बलात्कारको जाहेरी दर्ता

गायक रवि ओडविरुद्ध श्रीमतीद्वारा प्रहरीमा वैवाहिक बलात्कारको जाहेरी दर्ता

नेपाल । नेपाल आइडल सिजन–२ का विजेता गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी दिएकी छिन् । उनले गत मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत गायक ओडकी पत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ओडलाई अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । ओडको घर कञ्चनपुरको कृष्णपुर नगरपालिका, गुलरिया हो । नेपालमा पक्राउ पूर्जी जारी भएका गायक ओड अहिले कार्यक्रमका लागि जापानमा छन् । उनी थाइल्यान्डबाट जापान पुगेका हुन् । नयाँवर्षमा अवसरमा अमेरिकाको कोलोराडोसहित विभिन्न देशमा उनका कार्यक्रमहरु पूर्वनिर्धारित छन् ।...
विवाहलाई गोप्य राख्दै आएका गायक राजेशपायल राईले गरे सम्बन्ध बिच्छेद

विवाहलाई गोप्य राख्दै आएका गायक राजेशपायल राईले गरे सम्बन्ध बिच्छेद

नेपाल । आफ्ना विवाहलाई गोप्य राख्दै आएका गायक राजेशपायल राईले सम्बन्ध बिच्छेद गरेको खबर सार्वजनिक भएको छ । गायक राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेका थिए । सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले नै हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् । यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । यस्तै काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङको भागमा परेको ...
विदेशी भूमिमा संघर्ष गरेकाहरुसँगको ‘संसार घुमेर’ टेलिभिजन कार्यक्रम ल्याउँदै राजेश हमाल

विदेशी भूमिमा संघर्ष गरेकाहरुसँगको ‘संसार घुमेर’ टेलिभिजन कार्यक्रम ल्याउँदै राजेश हमाल

नेपाल । महानायक राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । यो नेपाली शिर उचाली नामक उनको कार्यक्रम यही चैत ३० गते शुक्रवारदेखि हरेक साता साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुनेछ । कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक काम गरेका नेपालीहरुलाई महानायक हमालले उनीहरुको कर्मथलोमै गएर भेट्नेछन्, र अन्तरंग कुरा गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुनेछ । जसका लागि हमाल सहित प्रोडक्सन टिमले गत सेप्टेम्बरममा बेलायत र युरोपियन मुलुकहरुको भ्रमण गरेको थियो । मुभ मिडिया प्रालि र अल थ्री मिडिया घर प्रालिले संयुक्त रुपमा उत्पादन गरेको कार्यक्रमको निर्देशन रोशन ठकुरीले गरेका छन् । कार्यक्रमको टिजर सार्बजनिक गर्दै महानायक हमालले यो कार्यक्रममा संसारभरि छरिएका नेपालीको सपना र संघर्षको व...
मदिरा पिएर होहल्ला गर्दा गायक राजेशपायल राई पक्राउ

मदिरा पिएर होहल्ला गर्दा गायक राजेशपायल राई पक्राउ

नेपाल । मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि गायक राजेशपायल राई पक्राउ परेका छन् । बुधबार राति काठमाडौंको देविनगरबाट गायक राईसहित ६ जना पक्राउ परेका हुन् । काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन अध्यक्षमा निर्वाचित

नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन अध्यक्षमा निर्वाचित

नेपाल । नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न निर्वाचनमा प्रत्यसी कुवेर शर्मालाई हराउँदै महर्जन अध्यक्ष चयन भएका हुन् । १०६ मत प्राप्त गर्दै नरेन्द्र महर्जन २ वर्षका लागि नेपाल चलचित्र संघको अध्यक्षमा निर्वाचित भए भने कुवेर शर्माले जम्मा ४६ मत मात्र प्राप्त गरेका थिए । शनिबार सम्पन्न नेपाल चलचित्र संघको ४९औं वार्षिक साधारण सभा तथा चुनावी अधिवेशनमा अध्यक्षका लागि महर्जन र शर्माको उम्मेदवारी परेको थियो । अधिवेशनबाट नेपाल चलचित्र संघका सदस्यहरुमा छविराज ओझा, कपिलप्रसाद द्धा, गोपालकाजी कायस्थ, गोविन्द शाही, करण श्रेष्ठ, देबेन्द्र खड्गी, प्रज्वल राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, दिप्रश शाक्य, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा, नीरज गुप्ता चयन भएका छन् । नयाँ कार्यसमितिको सो बैठकले हाल निर्वाचित सदस्यहरुबाटै उपाध्यक्ष, महासचिव, कोषाध्य...
अष्ट्रेलिया निवासी विष्णु सापकोटासँग गायिका एलिना चौहानको बिवाह हुँदै

अष्ट्रेलिया निवासी विष्णु सापकोटासँग गायिका एलिना चौहानको बिवाह हुँदै

अमेरिका । चर्चित गायिका एलिना चौहान बिवाह अष्ट्रेलिया निवासी विष्णु सापकोटासँग नै हुने भएको छ । दुई महिना अअघि एलिनाले विष्णुबाट ‘धोका खाएको’ समाचार सार्वजनिक भएको थियो । तर, यो जोडीको सम्बन्धमा फेरि सुधार भएको हो । एलिना र विष्णुको बिवाह बैशाख ५ गते तय भएको छ । एलिनाको धोकेवाज, मिनरल वाटर, छुनुमुनु, मेरो परान, दुई पाइला, भाग्यमा खोट छ, पानी पानी, पानी पँधेरोजस्ता थुप्रै गीत हिटको सूचीमा पर्छन् ।...
कुटपिट र ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबा धरौटीमा रिहा

कुटपिट र ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबा धरौटीमा रिहा

नेपाल । कुटपिट र विद्युतीय कारोबारको मुद्दामा पक्राउ परेकी आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । उनलाई कुटपिट मुद्दामा १० हजार र विद्युतीय कारोबार मुद्दामा २५ हजार रुपैयाँ धरौटी मागिएको थियो । आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै कलकार पवन खतिवडा म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले वाइबालाई केही दिन अघि सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो ।...
अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा ४० देशका ८८ फिचर, लघुफिल्म तथा वृत्तचित्र प्रदर्शन

अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा ४० देशका ८८ फिचर, लघुफिल्म तथा वृत्तचित्र प्रदर्शन

नेपाल । सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट घोषित भएका छन् । सोमबार महोत्सवको समापन समारोहमा विपिनले फिल्म ‘एक भागवत एक गीता’बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने फिल्म ‘बुलाकी’बाट सुरक्षाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । उत्कृष्ट फिल्म पनि ‘बुलाकी’ बन्न सफल भएको छ । यही फिल्मबाट लक्ष्मण सुनारले उत्कृष्ट निर्देशकको अवार्ड पनि प्राप्त गरे । झरना थापा निर्देशित फिल्म ‘एक भागवत एक गीता’बाट राजेश श्रेष्ठ र संकल्प भुजेलले उत्कृष्ट सिनेमेटोग्राफीको अवार्ड जिते भने फिचर फिल्मतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । फिचर फिल्मतर्फ अडियन्स च्वाइस अवार्ड ‘पखेटा’ले प्राप्त गर्‍यो । त्यस्तै, भारतको ‘वाइल्ड स्वान’ले गौतम बुद्ध फिचर फिल्म अवार्ड, पोर्चुगलको ‘लभ लाइट’ले अन्तर्राष्ट्रिय डकुमे...
काठमाडौंमा नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण शुरु

काठमाडौंमा नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण शुरु

नेपाल । काठमाडौंडमा बिहीबारदेखि नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण शुरु भएको छ। सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बिहीवार सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन गर्नु भएको हो । महोत्सवमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुँदै छन् । चैत ५ गतेसम्म चल्ने महोत्सवका फिल्म छाया सेन्टर, सिभिल मल, लबिम मल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा हेर्न सकिन्छ भने सिनेमासम्बन्धी बहस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुने आयोजक जनाएका छन् ।...
अभिनेता सलोन र करिश्माको ‘प्रेग्नेन्सी फोटोसुट’

अभिनेता सलोन र करिश्माको ‘प्रेग्नेन्सी फोटोसुट’

नेपाल । अघिल्लो वर्षको मंसिरमा लगनगाँठो कसेका अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । उनीहरु आगामी बैशाखमा आमा–बुबा बन्दैछन् । चिकित्सकले बैशाख २७ गतेको डेलिभरी डेट दिएका छन् । यसैबीच सलोन र करिश्माको जोडीले ‘प्रेग्नेन्सी फोटोसुट’ गराएका छन् । बुधबार दुवैले आ–आफ्नो सामाजिक सञ्जालमा सेअर गरेको तस्वीरमा उनीहरु रोमान्टिक र हर्षित भावमा देखिएका छन् । करिश्मा पेशाले एयर होस्टेस हुन् भने केही म्यूजिक भिडियोमा काम पनि गरेकी छन् । पहिलो सन्तानको जन्मपछि उनी आफैं फिल्म ‘यूनिभर्सिटी अफ गुण्डाज्’ निर्माणको तयारीमा छन् । सहायक चरित्रमा रुचाइएका सलोन पछिल्लोपटक फिल्म ‘जय हो’मा देखिएका थिए । ...