६ बैशाख २०८२, शनिबार

मनोरन्जन

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

नेपाल । सोमबार फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको बालुवाटारस्थित एक होटलबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद–२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको थियो । गत असोजमा ‘प्रसाद–२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ । निर्देशक थापासहित सम्पादक मिलन श्रेष्ठ र ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालविरुद्ध पनि आपराधिक विश्वासघातको उजुरी ...
पुरूषोत्तम आचार्यद्वारा लिखित ‘उठ हे युवा’ बोलको गीत सार्वजनिक

पुरूषोत्तम आचार्यद्वारा लिखित ‘उठ हे युवा’ बोलको गीत सार्वजनिक

नेपाल (हेटौंडा) । हेटौंडाका कवि साहित्यकार पुरूषोत्तम आचार्यद्वारा लिखित ‘उठ हे युवा’ बोलको गीत लेखक स्वयम् र हरि पौड्यालको स्वरमा सार्वजनिक गरिएको छ । औपचारिक कार्यक्रमका क्रममा यो गीत प्रत्यक्ष गायनका साथ सार्वजनिक गरिएको हो । सार्वजनीकिकरणमा ३ टिप्पणीकर्ताहरूले गायन र सिर्जनामाथि बोल्नुभ‌एको थियो । सोहीक्रममा नवसर्जक नेपालका महासचिव समर्पण न्यौपानेले गीतले युवाको भूमिका, क्रान्तिका कुरा, परिवर्तनका मुद्दा उठान गर्नुका साथै आम मानिसका जनजीविकाका कुराबारे बोलेको छ उहाँले शाब्दिक त्रुटी सुधार हुनुपर्ने विषयबारे टिप्पणी गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियबन्दनाले गीतले देश र युवाको समस्या उठान गरेको र शब्दहरूले मष्तिष्कलाई छोएकोले यस्तै वा अझ सशक्त सिर्जना भविष्यमा पनि आउने अपेक्षा रहेको बताउनुभयो । साहित्य सङ्गम मकवानपुरका सल्लाहकार श्यामकुमार बानियाँले कव...
महजोडीद्वारा सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना

महजोडीद्वारा सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना

नेपाल । कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया पुगेका वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना गरेका छन् । सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको निर्दोषिताको वकालत गरेका थिए । उक्त अभिव्यक्तिको आलोचना भएपछि महजोडीले आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका छन् ।...
बुद्धजयन्तीमा मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्रा

बुद्धजयन्तीमा मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्रा

नेपाल (हेटौंडा) । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा २५६७औं बुद्धजयन्तीको अवसरमा दुईदिने साइकलयात्रा सम्पन्न् भएको छ । मकवानपुरगढी गाउँपालिका–२ को समन्वयमा आन्तरिक पर्यटन प्रवर्द्धनको निम्ति एतिहासिक मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्रा गरेका हुन् । २५६७ औँ बुद्धजयन्तीको अवसरमा आयोजना गरिएको साइकलयात्रा १२ जनाले सहभागिता रहेको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुद्धजयन्तीको दिन बिहीबार बिहान मकवानपुरगढीबाट सुरु भएको साइकलयात्रा शुक्रबार साँझ गोरखा दरबार पुगेर समापन भएको छ । साइकलयात्रामा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य, कोषाध्यक्ष लक्ष्मीचरन श्रेष्ठ सदस्य, बुद्धिबहादुर आलेमगर, अशोक जोशी, बरुण खतिवडा, सुरज लिम्बू, राजु थापामगर, दुर्गाप्रसाद लामिछाने, कीर्तम मानन्धर, प्रदीप थापाक्षेत्री, लेखनाथ ढकाल, नबराज नेपाल सहभागी थिए । सुरज लि...
चलचित्र पत्रकारिता दिवसका अवसरमा सञ्चारकर्मीहरु सम्मानित

चलचित्र पत्रकारिता दिवसका अवसरमा सञ्चारकर्मीहरु सम्मानित

नेपाल (हेटौंडा) । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको आयोजनामा चलचित्र पत्रकारिता दिवसका अवसरमा पुरस्कार तथा सम्मान कार्यक्रम गरिएको छ । चलचित्र पत्रकारसंघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश कुमार बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा चलचित्र पत्रकारसंघका केन्द्रीय अध्यक्ष समिर बलामी, चलचित्र संघ नेपालका केन्द्रीय अध्यक्ष नरेन्द्र महर्जन, हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, चलचित्र पत्रकार संघका पूर्ब अध्यक्ष शान्तिप्रिय, बानका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा, चलचित्र पत्रकारसंघका महिला विभाग प्रमुख दिपज्योती थापा, चलचित्र पत्रकारसंघ मकवानपुरका पूर्व अध्य...
बुद्ध जयन्तीबाट प्रदर्शनमा आउँदै ‘पूजार सार्की’

बुद्ध जयन्तीबाट प्रदर्शनमा आउँदै ‘पूजार सार्की’

नेपाल । नेपाली फिल्म ‘पूजार सार्की’ यही जेठ १० गते बिहीबार (बुद्ध जयन्ती) बाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । ‘प्रसाद’ र ‘प्रकाश’ जस्तो अब्बल कोटीको फिल्म दिएका उनीप्रति दर्शकको एउटा तप्कामा ठूलो अपेक्षा छ । पहिलोपटक तीन ‘स्टार’ अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिएका छन् । फिल्मले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा भनेको छ । फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् ।...
फिनल्याण्डमा पनि चित्रकार यादवको मिथिला कला प्रदर्शनी

फिनल्याण्डमा पनि चित्रकार यादवको मिथिला कला प्रदर्शनी

फिनल्याण्ड । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्याण्डमा आइतबार सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआएनए) फिनल्याण्डको आयोजनामा फिनल्याण्डको राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला प्रदर्शनी सम्पन्न भएको हो । युरोप भ्रमणको क्रममा चित्रकार यादवको यो अन्तिम मिथिला कला प्रदर्शनी थियो । प्रदर्शनीमा चित्रकार यादवका ४० वटा मिथिला चित्र राखिएका थिए । उनका चित्रहरु नेपाली समाज र संस्कृतिका राम्रा पक्षको उजागर र नराम्रा पक्षमाथि प्रहार गर्ने खालका हुन्छन् । जर्मनी, डेनमार्क र फिनल्याण्डमा आफ्ना मिथिला चित्रहरु प्रदर्शन गर्न चित्रकार यादव गत वैशाख ६ गते ३३ दिनका लागि युरोप कला यात्रामा गएकी हुन् । नेपाली समाज जर्मनीको आयोजनामा गत वैशाख ८ गते जर्मनीको फ्र्यान्कफर्टमा उनको एकल चित्रकला प्रदर्शनी भएको थियो । त्यसपछि बर्लिनको नेपाली दूतावा...
गायक रवि ओड ५ लाख धरौटीमा रिहा

गायक रवि ओड ५ लाख धरौटीमा रिहा

नेपाल । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ओड कञ्चनपुर जिल्ला अदालतको आदेशपछि ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएका हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।...
हृदयाघातका कारण बेल्जियममा कलाकार उज्वल केसीको निधन

हृदयाघातका कारण बेल्जियममा कलाकार उज्वल केसीको निधन

बेल्जियम । बेल्जियममा बसोबास गर्दै आएका कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको हो । केसीका भाइ प्रज्वल केसीका अनुसार दिवंगत केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिएको छ । केसीले नेपालमा छँदा रेडियो, टेलिभिजनमा काम गर्नुका साथै टेलिचलिचत्र, फिल्म, म्युजिक भिडियो अभिनय गरेका थिए ।...
नेपाल आइडल विजेता रवि ओडद्वारा प्रहरीमा आत्मसमर्पण

नेपाल आइडल विजेता रवि ओडद्वारा प्रहरीमा आत्मसमर्पण

नेपाल । वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै श्रीमतीले उजुरी दिएपछि नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । तर रवि देश बाहिरका सांगीतिक कार्यक्रमहरुमा रहेकाले पक्राउ परेका थिएनन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएका हुन् । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ...