७ बैशाख २०८२, आईतवार

मनोरन्जन

करण परियारले जिते ‘नेपाल आइडल सिजन ५’ को उपाधि

करण परियारले जिते ‘नेपाल आइडल सिजन ५’ को उपाधि

नेपाल । ‘नेपाल आइडल सिजन ५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । गायन रियालिटी शोको उपाधी हात पारेसँगै परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ बनेकी छन् भने सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा भएकी छन् । फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुरस्कार हात पारेकी छन् । त्यस्तै, थर्ड रनरअप दार्जलिङका मोहित भुजेल बन्दै स्कुटर हात पारे । का छन् । पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापामगरले नेपाल आइडलको उपाधि हात पारेका थिए । ग्राण्ड फिनालेमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक भूमिकामा थिए भने रिमा विश्वकर्मा र आशिफ शाहले सञ्चालन गरेका थिए ।...
अमेरिकाको न्यूयोर्कमा १५ सेप्टेम्बरमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

अमेरिकाको न्यूयोर्कमा १५ सेप्टेम्बरमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

अमेरिका । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ तारिखमा हुने तय भएकोमा १५ सेप्टेम्बरमा आयोजना हुने भएको छ । यसअघि २८ सेप्टेम्बर आयोजना हुने भनिएको अवार्ड प्राविधिक कारणले अगाडि सरेको त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले बताए । चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदै आएको र यस वर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्षझैँ न्यूयोर्क शहरमा हुने नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए । एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सहप्रयोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन...
गायिका मधु क्षेत्री फेरि सम्बन्ध तोड्ने संघारमा !

गायिका मधु क्षेत्री फेरि सम्बन्ध तोड्ने संघारमा !

नेपाल । ‘सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतबाट परिचित भएकी गायिका मधु क्षेत्रीको पहिलो श्रीमानसँग डिभोर्सपछि दोस्रो विवाह गरेकी उनी अहिले फेरि सम्बन्ध तोड्ने संघारमा पुगेकी छन् । मधुले अष्ट्रेलिया बस्ने प्रेमी सुरेश खड्कासँग दुई वर्षअगाडि कोर्ट म्यारिज गरेकी थिइन् । पहिलो श्रीमानसँग डिभोर्स गरेर एकल जीवन बाँच्दै आएकी मधु नयाँ जीवनसाथीका रूपमा सुरेशलाई पाउँदा निकै खुशी थिइन् । सुरेश पनि डिभोर्सी थिए । विवाहपछि दिएका अन्तर्वार्तामा मधुले श्रीमानको जमेर प्रशंसा गर्थिन् । श्रीमानबाट प्रचुर माया पाएको भनेर आत्मरती व्यक्त गर्थिन् । मधुको खुशी लामो समय टिक्न सकेन । गत डिसेम्बरमा उनी आफ्नी हुर्केकी छोरी (पहिलो श्रीमानपट्टिकी) समेतलाई लिएर अष्ट्रेलिया गइन् । उनी आफ्नो सांगीतिक करिअरलाई बिट मारेरै अष्ट्रेलिया सेटल हुन गएकी थिइन् । उनले विवाहपछि अन्तर्वार्तामा अब संगीतबाट टाढिने घोषणा गरिसकेकी थिइन् ...
नेपाल-अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन दयाहाङ अमेरिकामा

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन दयाहाङ अमेरिकामा

नेपाल । गत बैशाखदेखि आफ्ना फिल्मको प्रचारमा मात्र देखिएका नायक दयाहाङ राई बुधबार अमेरिका उडेका छन् । गत माघमा अमेरिकामा फिल्म ‘भूठान’को छायांकन सकाएर फर्किएका उनी नेपाल–अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन निर्देशक नवीन सुब्बाको साथमा अमेरिका प्रस्थान गरेका हुन् । यही जुन २० देखि २३ सम्म हुने यो फेस्टिभलमा उनको फिल्म ‘गाउँ आएको बाटो’ स्क्रिनिङ हुँदैछ । सन् २०१७ देखि आयोजना हुँदै आएको महोत्सवमा नेपाल, अमेरिका, जर्मनीसहित ११ देशका फिचर, वृत्तचित्र, लघु तथा एनिमेसन गरि ३५ फिल्म देखाइनेछ । समापनमा भने ‘द रेड सुटकेस’ प्रदर्शन हुँदैछ । महोत्सवमा छनोट भएका फिल्म मेरिल्यान्ड राज्यको एएफआई सिल्भर थिएटर तथा ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुने आयोजक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ ।...
चर्चित गायक गायिका महेश र अस्मिताले गरे इन्गेजमेन्ट

चर्चित गायक गायिका महेश र अस्मिताले गरे इन्गेजमेन्ट

नेपाल । दुबईको बुर्ज खलिफा गएर गायक महेश काफले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । यसै वर्षको अन्त्यसम्ममा विवाह बन्धनमा बाँधिने बुझिएको छ । केहीसमयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । उनीहरुले आफूहरु प्रेम सम्बन्धनमा रहेको स्वीकार गरेका थिएनन् । झण्डै ३ बर्षको आफूहरूको सम्बन्धलाई पारिवारिक सल्लाहअनुसार विवाहमा बाँधिएर आफूहरुको सांगीतिक यात्रा समेतसँगै गर्ने गायक जनाएका छन् । इंगेन्जमेनट पछि उनीहरू बिहीबार नेपाल फर्किदै छन् । उनीहरु दुबैजना अहिलेको चर्चित गायक गायिका हुन् । उनीहरुको दर्जनौ गीत चर्चामा रहेका छन् ।...
मकवानपुरका कालीराजले जिते राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि

मकवानपुरका कालीराजले जिते राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि

नेपाल (हेटौंडा) । राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि मकवानपुरका दिपक राज कालीराजले हात पारेका छन् । नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरको आयोजना र मिसन सञ्चार मल्टिमिडीया प्रालि काठमाण्डौँको सह-आयोजनामा सञ्चालित प्रतियोगितामा कालिराजले उपाधि हात पारेका हुन् । यहि बिहिबार गरिएको फाइनल राउण्डमा प्रतिष्पर्धी प्रतिभाशाली युवाहरु मध्येबाट मकवानपुरका कालीराज प्रथम हुनुभएको थियो भने धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हाँसिल गर्न सफल भएका छन् । सम्भवतः नेपाल सरकारबाट राष्ट्रिय स्तरमा संचालन गरिएको पहिलो गायन रियालीटी सो मा १६ वर्ष कटेका ४० वर्ष ननाघेका देशैभरिबाट आधुनिक, लोक र पप/र्याप विद्यामा अभिरुची राख्ने ६५ जना युवाहरुले आफूले गायर भिडियो पठाएका थिए । उक्त डिजिटल अडिसनमा सहभागी प्रतिष्पर्धी मध्येबाट २१ जना युवा प...
‘पूजार सार्की’ जस्तो फिल्मलाई राज्यले कर छुट दिएर प्रोत्साहन गर्नुपर्छः बाबुराम

‘पूजार सार्की’ जस्तो फिल्मलाई राज्यले कर छुट दिएर प्रोत्साहन गर्नुपर्छः बाबुराम

नेपाल । बिहीबार बिहान पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराईले पनि चलचित्र पुजार सार्की हेरेका छन् । गत जेठ १० गतेबाट प्रदर्शनरत फिल्म ‘पूजार सार्की’ चौथो हप्तामा प्रवेश गरिसकेको छ । फिल्म हेर्दा भावुक भएका उनले अब धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे । जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्म गुरुहरुले पनि साथ दिनुपर्ने उनको भनाई छ । ‘मलाई बाबुराम कामी भन्नुस् भनेर मैले संसदमै भनेको थिएँ । फिल्मको पूजारी पात्रले पनि आफ्नो नाम पूजार सार्की लेख्नुभएको छ । यस्तो समस्यामा राज्य र धर्मगुरुहरुले साथ दिनुपर्छ,’ उनले भने । ‘पूजार सार्की’ जस्तो फिल्मलाई राज्यले कर छुट दिएर प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् । त्यस्तै, ‘पूजार सार्की’ हेर्न श्रीमान् भट्टराईसँग पुगेकी पूर्वमन्त्री हिसिला यमीले नेपाल...
कोलोराडो निवासी नेपाली गीतसंगीतप्रेमी माझ लोकप्रिय गायक कृष्ण काफ्लेको सांगीतिक साँझ

कोलोराडो निवासी नेपाली गीतसंगीतप्रेमी माझ लोकप्रिय गायक कृष्ण काफ्लेको सांगीतिक साँझ

कोलोराडो । अमेरिकाको कोलोराडोमा लोकप्रिय गायक कृष्ण काफ्लेले आफ्ना चर्चित गीत संगीत प्रस्तुत गरेका छन् । गायक काफ्लेको अमेरिका भ्रमणका अवसरमा कोलोराडो निवासी नेपाली गीतसंगीत प्रेमीहरुमाझ ८ जून शनिबारका दिन सांगीतिक साँझ कार्यक्रम भएको हो । कोलोराडो निवासी समाजसेवी, एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको संयोजनमा बाजेको सेकुवा कोलोराडोमा सम्पन्न सांगीतिक साँझमा नेपाली गीतसंगीतप्रेमी १२० जनाको सहभागिता रहेको थियो । नेपाली गायन क्ष्रेत्रमा आफुलाई पार्स्व गायकको रुपमा अब्बल साबित गर्न सफल हुनुका साथै नेपाली गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सक्नुभएका कृष्ण काफ्लेले २०६४ सालबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेर अहिलेसम्म ५०० भन्दा बढी लोकप्रिय र चर्चित गीतहरु गाएर गीतसंगीत क्षेत्रको लागि महत्वपूर्ण योग्दान दिईसक्नु भएको छ । देश तथा बिदेशमा रहेका नेपालीहरू माझ सकारात्मक् सन्...
चन्द्रपुरमा साहित्य गोष्ठी तथा गजल मुक्तक साँझ हुँदै

चन्द्रपुरमा साहित्य गोष्ठी तथा गजल मुक्तक साँझ हुँदै

नेपाल(रौतहट) । साहित्य सञ्जाल रौतहटले चन्द्रपुरमा साहित्य गोष्ठी तथा गजल मुक्तक साँझ आयोजना गर्ने भएको छ । यही जेठ २६ गते शनिबार चन्द्रपुर नगरपालिकाको प्रायोजनमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा देशका ख्यातीप्राप्त कवि, मुक्तककार र गजलकारहरुको प्रस्तुति रहने चन्द्रपुर निवासी साहित्यकार माधव काफ्लेले उल्लेख गर्नु भएको छ ।...
सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा तारा बराल पक्राउ

सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा तारा बराल पक्राउ

नेपाल । सामाजिक सञ्जाल अभियन्ता भनेर चिनिने तारा बरालाई नेपाल प्रहरीको साइबर ब्यूरोले आइतबार पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) नविन्द अर्यालले जानकारी दिए । उनका अनुसार व्यूरोले गरेर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।...