७ बैशाख २०८२, आईतवार

मनोरन्जन

गायिका विष्णु माझीको तीज गीत ‘आइनँ आमा…’ सार्वजनिक (भिडियो)

गायिका विष्णु माझीको तीज गीत ‘आइनँ आमा…’ सार्वजनिक (भिडियो)

नेपाल । यसवर्ष पनि गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । शनिबार बिहान युट्युबमा सार्वजनिक ‘आइनँ आमा...’ बोलको गीतमा माझीको एकल स्वर छ । ‘पुतलीको भट्टी–भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् । पुतलीको भट्टी–भाग २० पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ । https://www.youtube.com/watch?v=TQ0ElQ2TkmQ&t=20s...
फिल्म ‘रावायण’को ट्रेलर रिलिज, प्रेम र द्वन्द्वको कथा

फिल्म ‘रावायण’को ट्रेलर रिलिज, प्रेम र द्वन्द्वको कथा

नेपाल । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म युनिट, पत्रकार तथा सञ्चारकर्मीको उपस्थितिमा ट्रेलर रिलिज गरिएको हो । एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । ट्रेलरमा नायिका पुजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ । फिल्ममा नायक पल शाहले दोहोरो भूमिका निभाएका छन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् । फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ । ...
१० महिनापछि नेपालमा टिकटक खुला गर्ने नेपाल सरकारको निर्णय

१० महिनापछि नेपालमा टिकटक खुला गर्ने नेपाल सरकारको निर्णय

नेपाल । गत वर्षको कात्तिक महिनादेखि नेपालमा बन्द गरिएको टिकटक सरकारले खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक चलाउन लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ । तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, नेपालमा भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।...
अमेरिकाबाट नेपाल आएर अभिनेत्री अरुणिमा लम्सालले गरिन् विवाह !

अमेरिकाबाट नेपाल आएर अभिनेत्री अरुणिमा लम्सालले गरिन् विवाह !

नेपाल । अमेरिकाबाट नेपाल आएर गत सोमबार अभिनेत्री अरुणिमा लम्साल विवाह बन्धनमा बाँधिएकी छन् । उनले धरान चतरा घर भएका युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । बत्तीसपुतलीको राम मन्दिरमा सानो वैवाहिक समारोह आयोजना गरिएको थियो । अमेरिकामा बस्दै आएकी अरुणिमा करिब एक महिना अगाडि नेपाल आएकी हुन् । विवाहपश्चात फेरि अमेरिका फर्किने छिन् । अरुणिमाको यो दोस्रो विवाह हो । यसअघि उनको विराटनगरका अमित अर्यालसँग प्रेम विवाह भएको थियो । विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा अरुणिमाले छोरी जन्माएकी थिइन् । सन्तान प्राप्तिसँगै उनीहरु अमेरिका पलायन भए । अमेरिका गएको केही समयमा उनीहरुबीच सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो ।...
सिस्नुपानी नेपाल मकवानपुरले गर्यो हास्यव्यङ्ग्यमय गाईजात्रा विशेष कार्यक्रम

सिस्नुपानी नेपाल मकवानपुरले गर्यो हास्यव्यङ्ग्यमय गाईजात्रा विशेष कार्यक्रम

-मसान उपासक (नेपाल, हेटौंडा) । हास्यव्यङ्ग्य विशेष कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यमय गाईजात्रा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गहन खतिवडा र विशेषता अधिकारीले भीमेश्वरको मेला गीतको चिरञ्जीवि लामिछानेद्वारा लिखित प्यारोडी गीत “जाल अनि झेल” गाएर सुरू भएको कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको “खाइजात्रे बजेट भाषण” प्रस्तुत गर्नुभयो । कार्यक्रममा अजर फूयाँलले “सिमसिमे वाटर” प्यारोडी गायन गर्नुभयो जसलाई सुमार्गी हुमागाईँले लेख्नु भएको हो । हुमागाईँको लेखनमा रहेको क्यारिकेचरसहितको प्रहसनमा हुमागाईँले ६ जना राजनीतिज्ञको क्यारिकेचर गर्नुभयो । डीबी बर्तौला, ओमभक्त भण्डारी, सुबास सजल, देव दुलाल, विशेषता अधिकारी, सलिना थापाले विभिन्न भूमिकामा प्रस्तुति दिनुभयो । २ वटा कविताहरूमध्ये पुरूषोत्तम आचार्यको “बत्ति नबाल्नु अब” र ...
अनुया तामाङले जितिन् ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

अनुया तामाङले जितिन् ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

नेपाल । अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा तामाङले उपाधि जितेकी हुन् । उपाधि जितेसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे । तेस्रो सिजनको मुख्य प्रायोजकमा वात्साल्य न्याचुरल आइभीएफ थियो ।...
नेपाली कलाकारहरुले बोस्टनबासी प्रवासी नेपालीहरुलाई छमछमी नचाए (फोटो फिचरसहित)

नेपाली कलाकारहरुले बोस्टनबासी प्रवासी नेपालीहरुलाई छमछमी नचाए (फोटो फिचरसहित)

–सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । केही दिन अघि नेपालबाट अमेरिका भित्रिएका चर्चित नेपाली कलाकारहरुले बोस्टनवासी प्रवासी नेपालीहरुलाई छमछमी नचाएका छन् । पहिलो पटक अमेरिका भित्रिएका गायिकाहरु रचना रिमाल, शान्तिश्री परियार, ज्योति मगर र मोडल तथा कलाकार करिश्मा ढकालले अमेरिकाका लागि पहिलो सांगीतिक कार्यक्रम गर्दै बोस्टनवासी प्रवासी नेपालीहरुलाई छमछमी नचाएका हुन् । गत अगस्ट १० तारिख शनिबार आयोजना गरिएको उक्त कार्यक्रम फ्लाई नेपाको प्रस्तुतिमा अमेरिकाका विभिन्न सहरहरुमा हुनगइरहेको दुई महिने सांगीतिक कार्यक्रम ‘अब नाच्छ अमेरिका’ अन्तर्गतको पहिलो हो । अमेरिकाको बोस्टन सहरका लागि नेपालका पर्यटन प्रवर्धक तथा घरजग्गा कारोबारी मिलन गुरुङले संयोजन गरेको कार्यक्रमको मुख्य उद्देश्यहरु नेपाली गीत संगीतलाई प्रवर्धन गर्ने, नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने, आपसी सम्बन्ध कसिलो बनाउने र मनोरञ्ज...
अमेरिकाको न्यूयोर्कमा हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी तीब्र

अमेरिकाको न्यूयोर्कमा हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी तीब्र

अमेरिकाको न्यूयोर्कमा आयोजना सेप्टेम्बर १५ मा हुन लागेको ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ तयारी तीब्र रुपमा भइरहेको छ । यसैक्रममा सो कार्यक्रमबारे जानकारी दिन शनिबार नेपालको राजधानी काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा बागमती प्रदेशका नव–नियुक्त मन्त्री मधुकुमार श्रेष्ठको पनि उपस्थिति थियो । अवार्ड यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा हुन लागेको हो । कार्यक्रमको सबै व्यवस्थापन त्रिवेणी इन्टरटेनमेन्ट तथा दिलकुमारी केसी फाउन्डेसनको तर्फबाट नवराज केसीले गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्राबिधिक संघका अध्यक्ष पुस्कार लामा, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, निर्देशन दिनेश डिसी, उज्ज्वल घिमिरे, वरिष्ठ कलाकार निर शाह, केदार घिमिरे (माग्ने बुढा)...
गायक प्रकाश तिमल्सिनाको निधन

गायक प्रकाश तिमल्सिनाको निधन

नेपाल । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ । ​ तिमल्सिनाको शनिबार साँझ निधन भएको हो । घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन् । २०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए । ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पालेको प्रकाशले अन्तर्वार्ताहरुमा बताएका थिए ।...
प्रवासी नेपालीहरुलाई नचाउन नेपालका चर्चित कलाकारहरु बोस्टनमा उत्रिए

प्रवासी नेपालीहरुलाई नचाउन नेपालका चर्चित कलाकारहरु बोस्टनमा उत्रिए

-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकामा रहेका प्रवासी नेपालीहरुलाई छमछमी नचाउन नेपाली सांगीतिक क्षेत्रका चर्चित चार कलाकारहरु बोस्टन उत्रिएका छन् । बोस्टनवासी प्रवासी नेपालीहरुसंग साक्षात्कार गर्दै नाच्ने नचाउने र रम्मे रमाउने उद्देश्यका साथ उनीहरु बोस्टन उत्रिएका हुन् । बोस्टन उत्रिनेहरुमा गायिकाहरु शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र मोडल तथा कलाकार करिश्मा ढकाल रहेका छन् । उनीहरु दुई महिने सांगीतिक यात्रा ‘अब नाच्छ अमेरिका’ को दौडाहाका क्रममा अगष्ट ८ तारिख बिहिबार बोस्टन आइपुगेका हुन् । उनीहरुलाई स्थानीय प्रवासीहरुले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा प्रवासी नेपाली समुदायका विभिन्न संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरु, कलाकारहरुलगायतको उपस्थिति रहेको थियो । सहभागीहरुले कलाकारहरुलाई स्वागत गर्दै दुई महिने अमेरिकाको सांगीतिक अभियानको सफलताक...