६ बैशाख २०८२, शनिबार

अर्थतन्त्र

साई स्वागत सहकारीको रकम हिनामिनाको आरोपमा भरत जंगम पक्राउ

साई स्वागत सहकारीको रकम हिनामिनाको आरोपमा भरत जंगम पक्राउ

नेपाल । आइतबार साई स्वागत बचत तथा ऋण सहकारीको बचत हिनामिना ठगी गरेको अभियोगमा प्रहरीले अध्यक्ष भरतमणि जंगमलाई पक्राउ गरेको छ । सैली थापाले जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । उनलाई आइतबार दिउँसो २ बजे काठमाडौं १० स्थित बिजुली बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको समय लिएर अनुसन्धान भइरहेको प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ...
सहकारी ठगीमा जीबी राईसहित १९ जना बिरुद्ध मुद्दा दर्ता

सहकारी ठगीमा जीबी राईसहित १९ जना बिरुद्ध मुद्दा दर्ता

नेपाल । शुक्रबार कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अध्यक्ष जितेन्द्रबहादुर (जीबी) राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । १९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, तीन जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना फरार छन् । यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नाम पनि जोडिएको भए पनि उनीविरुद्ध मुद्दा दर्ता भएको छैन । पुरानो मुद्दामा एक अर्ब ११ करोड १९ लाखभन्दा केही बढी भएकोमा अहिले ४० करोड रुपैयाँ थपिएको छ । रास्वापा सभापति रवि लामिछाने, पूर्व डीआईजी छबिलाल जोशीसहितका पाँच जना नयाँ आरोपितलाई प्रतिवादी कायम गरेको अभियोगपत्र आइतवार मात्र दर्ता हुने बुझिएको छ ।...
नेपालमा तोलाकै १७ सय घट्यो सुनको मूल्य

नेपालमा तोलाकै १७ सय घट्यो सुनको मूल्य

नेपाल । बिहीबार नेपालमा सुनको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ७ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ७ सय रुपैयाँ घटेर तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ घटेको छ । बुधबार प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँ कायम भएको चाँदी भाउ आज १ हजार ७ सय ८० रुपैयाँमा झरेको छ ।...
हेटौँडा-काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न अध्ययन हुँदै

हेटौँडा-काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न अध्ययन हुँदै

नेपाल (हेटौँडा) । बन्द भएको २५ वर्षपछि हेटौँडा–काठमाडौँ रोपवे सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । सम्भाव्यता अध्ययनका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक कार्यक्रममा समेटेको छ । मन्त्रालयका प्रवक्ता भूपेन्द्रकुमार यादवले पूर्व सम्भाव्यता अध्ययनका लागि ५ लाख बराबर बजेट विनियोजन गरिएको बताए । अहिले आन्तरिक रूपमा छलफल भइरहेको र छिटोभन्दा छिटो अध्ययन थालिने उनले बताए । यादवका अनुसार यो रोपवे सञ्चालनमा ल्याउनका लागि बागमती प्रदेश सरकारले २०७६ सालमै चासो देखाएको थियो । तर सञ्चालन गर्नका लागि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन । फेरि आर्थिक वर्ष २०७८–७९ मा यो रोपवे सञ्चालन सम्भाव्यता अध्ययन गर्न १६ लाख बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भए पनि बजेटको स्रोत सुनिश्चितता नभएपछि काम अगाडि बढेन ।...
नेपालमा लगानी भित्र्याउन तयार छौंः एनआरएन

नेपालमा लगानी भित्र्याउन तयार छौंः एनआरएन

अमेरिका । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई कोरियामा सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तिको नेपालमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका भण्डारीले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदद्वारा बुधबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो । विदेशी लगानी भित्र्याउन सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै मन्त्री भण्डारीले लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरवलोकन गर्ने प्रतिबद्धता जनाउनुभयो । गैरआवासीय नेपालीले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएको उहाँको भ्रमण दलमा रहनुभएका स्वकीय सचिव आनन...
औद्योगिक क्षेत्रमा ‘पिक आवर’ मा फेरि लोडसेडिङ !

औद्योगिक क्षेत्रमा ‘पिक आवर’ मा फेरि लोडसेडिङ !

नेपाल । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुनःसञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत् कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा हिउँदयाममा विद्युत् व्यवस्थापन गर्न कठिनाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर) मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको उनको भनाइ छ । माथिल्लो तामाकोशीबाट उत्पादन शुरु नभएसम्म बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रको विद्युत् केही कटौती भए पनि अन्य ग्राहकका लागि विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशी यही पु...
‘आयोजना बैंक’ स्थापना गर्दै बागमती प्रदेश

‘आयोजना बैंक’ स्थापना गर्दै बागमती प्रदेश

नेपाल (हेटौंडा) । वाग्मती प्रदेशले पनि योजनाहरू ‘आयोजना बैंक’ मार्फत समेट्ने भएको छ । एक महिनाभित्र बैंक स्थापना गरी योजनाहरू समेट्ने तयारी भइरहेको वाग्मती प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । राजधानीमा हेटौंडामा आयोजित ‘आर्थिक वर्ष २०८२।८३ जिल्लास्तरीय वार्षिक योजना तर्जुमासम्बन्धी गोष्ठी’ कार्यक्रमका अवसरमा आयोगले आयोजना बैंकबारे जानकारी दिएको हो । आयोजना बैंक कार्यान्वयनमा आएसँगै बैंकमा परेका योजनाहरू प्राथमिकताका आधारमा छानिने र छानिएका योजनाको प्रगतिसमेत हेर्न सकिने व्यवस्था हुने आयोगका उपाध्यक्ष गंगादत्त नेपालले बताए । ‘यो सबै भएका योजनाहरूको कति लिस्टिङ गर्न सकिन्छ, ती योजनाहरू प्राथमिकताका आधारमा छान्ने बैंक हो,’ उनले भने, ‘र पछि त्यसको प्रगति पनि हेर्न पाइन्छ ।’ कार्यान्वयनमा गएका योजनाको नियमन गर्ने साधन भएकाले प्रदेशमा वाग्मतीले पहिलो पटक सुरु गर्न लागेको समेत नेपालले जनाए...
नेपाल र चीनबीच डेढ अर्ब अमेरिकी डलर बराबरको राँगाभैँसीको मासु निर्यात गर्ने समझदारी

नेपाल र चीनबीच डेढ अर्ब अमेरिकी डलर बराबरको राँगाभैँसीको मासु निर्यात गर्ने समझदारी

नेपाल । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलर बराबरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । सोमबार आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको छ। चीनमा वार्षिक २७ लाख मेट्रिकटन मासु आयात हुने तथ्याङ्क छ। हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा ६ अर्ब रुपैयाँको लागतमा पूर्ण स्वचालित आधुनिक पशु वधशाला आउँदो ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने समझदारी बनेको छ। हिमालयन फुड प्रशोधित मासु निर्यातका लागि विसं २०६८ मा स्थापना भएको थियो। कम्पनीले विभिन्न मुलुकमा प्रशोधित मासु निर्यात गर्दै आइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र...
डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

नेपाल । बुधबार डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । संयुक्त राष्ट्र संघले १८ डिसेम्बर १९९० मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापीरूपमा यो दिवस मनाइन्छ । वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको छ । यसका विभिन्न कारणमध्ये गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई लिने गरिएको छ। अन्तराष्ट्रिय आप्रवासन सङ्गठन (आईओइम) द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभर अनुमानित २८.१ करोड मानिस आप्रवासीका...
नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

नेपाल । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । सोमबार परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो । तीन सय चार कम्पनीको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर ६७ हजार छ सय ४८ पटक खरिदबिक्री भएको छ । नेप्सेमा पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७ बराबरको कारोबार भएको छ । सोमबार सबै समूहको उपसूचक रातो देखिएको थियो ।...