६ बैशाख २०८२, शनिबार

अर्थतन्त्र

लेखा समितिका सभापति पोखरेलकी श्रीमती धरौटीमा रिहा

लेखा समितिका सभापति पोखरेलकी श्रीमती धरौटीमा रिहा

नेपाल । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको हो। अदालतले उनलाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेशपछि कोइरालाले नगदै १० लाख रुपैयाँ बुझाएर थुनामुक्त भएकी छन् ।  ...
नेपालमा सार्वजनिक यातायातको भाडादर बढ्यो

नेपालमा सार्वजनिक यातायातको भाडादर बढ्यो

नेपाल । नेपालमा सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट भाडादर वृद्धि भएको हो । सरकारले सोमबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको हो । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको हो ।...
नेपाली शेयर बजारमा हरियाली, नेप्से २६४०.६८ विन्दुमा

नेपाली शेयर बजारमा हरियाली, नेप्से २६४०.६८ विन्दुमा

नेपाल । सोमबार नेपाली शेयर बजारमा हरियाली छायो । शेयर बजारमा आज हरियाली छाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अले ंकबढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको हो । तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा रु छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ । ...
सन् २०२४ मा साढे ११ लाख विदेशी नेपाल घुम्न आए

सन् २०२४ मा साढे ११ लाख विदेशी नेपाल घुम्न आए

नेपाल । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । बोर्डका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ। सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।...
नेपालमा पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपालमा पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल । नेपाल आयल निगमले बुधबार बिहानदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।
एनआरएनए र टोयोटा नेपालका प्रतिनिधिहरूबीच सम्भावित सहकार्यका लागि बैठक सम्पन्न

एनआरएनए र टोयोटा नेपालका प्रतिनिधिहरूबीच सम्भावित सहकार्यका लागि बैठक सम्पन्न

नेपाल । गैर-आवासीय नेपाली संघ (एनआरएनए) र टोयोटा नेपालका प्रतिनिधिहरूबीच सम्भावित सहकार्यका लागि बैठक सम्पन्न भएको छ । बैठकमा आपसी सहकार्यका साझा आधार पहिचान गर्न छलफल केन्द्रित थियो । एनआरएनएले ‘सोसल पार्टनरशिप प्लान २.०’ र अन्य प्रायोजन अवसरहरू, विशेष गरी आगामी कार्यक्रमहरूमा सहकार्यका सम्भावनाहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरेको थियो । टोयोटा नेपालका प्रतिनिधिहरूले एनआरएनएका परियोजनाहरूका लागि आवश्यक सवारीसाधन आपूर्तिमा सहकार्यको सम्भावनालाई जोड दिएका थिए । बैठकमा टोयोटा नेपालबाट रेखा शाह कार्की (डीजीएम– बिक्री तथा मार्केटिङ), महेन्द्र श्रेष्ठ (वरिष्ठ बिक्री प्रबन्धक) र सन्तोष कार्की (बिक्री प्रबन्धक) सहभागी हुनुहुन्थ्यो भने एनआरएनएबाट उपाध्यक्ष रोजिना प्रधान राई, प्रमुख कार्यकारी अधिकृत, राजेन्द्र कुमार राउत र अधिकृत कुनाल मिश्र उपस्थित हुनुहुन्थ्यो । टोयोटा नेपालले आगामी चरणहरूको...
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त संस्था घोषणा !

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त संस्था घोषणा !

नेपाल । नेपालको एक विकास बैंकलार्य नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधबारको बैठकले नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो । समस्याग्रस्त घोषणासँगै उक्त बैंकको सम्पूर्ण व्यवस्थापन राष्ट्र बैंकले लिएको छ । ...
नेपाली शेयर बजार २८.९१ अंकले बढ्यो

नेपाली शेयर बजार २८.९१ अंकले बढ्यो

नेपाल । नेपालमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अंक अर्थात् १ दशमलव ११ प्रतिशतले बढेर २ हजार ६१२ दशमलव २० विन्दुमा पुगेको छ । विभिन्न ३२८ कम्पनीका ८९ लाख ८ हजार ८५१ कित्ता शेयर ५५ हजार ९३८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६०३ रुपैयाँमा कारोबार भएको छ । सोमबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।...
हेटौंडाको चुरियामाई सुरुङमार्ग पर्यटकीय गन्तव्यका रुपमा सञ्चालन

हेटौंडाको चुरियामाई सुरुङमार्ग पर्यटकीय गन्तव्यका रुपमा सञ्चालन

नेपाल (हेटौंडा) । मकवानपुर जिल्लास्थित हेटौंडाको चुरियामाई सुरुङमार्ग सोमबाट सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारद्वारा हेटौंडा उपमहानगरपालिकालाई सुरुङमार्ग पर्यटकीय गन्तव्यका रुपमा सञ्चालन गर्नका लागि हस्तान्तरण गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिका बिचमा संझौतापत्रमा हस्ताक्षर गर्दै सञ्चालनमा ल्याइएको हो । दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि सोमबारबाट सर्वसाधारणका लागि खुला गरिँएको हो । हेटौँडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिरसंगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि सोमबार हस्तान्तरण गरिएको छ । सुरुङ संचालनका लागि नगरपालिकाले कार्यविधि बनाएको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्ष...
कोरियन भाषा परीक्षामा ३ हजार बढी उत्तीर्ण

कोरियन भाषा परीक्षामा ३ हजार बढी उत्तीर्ण

नेपाल । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्। सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण भएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार यो सङ्ख्या हालसम्म सञ्चालन भएको तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । यसअघिका दुई चरणको भाषा र सिप परीक्षा सम्पन्न भइसकेको थियो । भाषा परीक्षा पुस २ गते मङ्गलबार सकिएको थियो दक्षिण कोरिया जान सम्भावित सूचीमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जनाएको छ। शाखाका अनुसार परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरण परीक्षा सञ्चालन भएक...