६ बैशाख २०८२, शनिबार

अर्थतन्त्र

नेपालको वैदेशिक व्यापारमा सुधार, आयात निर्यात दुबै बढ्यो

नेपालको वैदेशिक व्यापारमा सुधार, आयात निर्यात दुबै बढ्यो

नेपाल । नेपालको वैदेशिक व्यापारमा सुधार आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा आयातनिर्यातमा सुधार आएको हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात सात प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको छ । साउनदेखि पुससम्म आयात ७.०६ प्रशितले बढेर आठ खर्ब २२ अर्ब ३७ करोड ५४ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँको आयात भएको थियो । बजारमा माग बढेसँगै आयातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । बजारमा आर्थिक गतिविधि चलायमान हुँदा आयातसमेत बढ्ने गर्छ । यस्तै छ महिनामा निर्यात ३१.७८ प्रतिशतले बढेर ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँको निर्यात भएको थियो ।...
काठमाडौं-तराई/मधेस द्रुतमार्ग निर्माण तोकिएको समयावधिभित्र पूरा गर्न निर्देशन

काठमाडौं-तराई/मधेस द्रुतमार्ग निर्माण तोकिएको समयावधिभित्र पूरा गर्न निर्देशन

नेपाल (मकवानपुर) । राष्ट्रिपति रामचन्द्र पौडेलले नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुरको बकैया–११ स्थित लेनडाँडा आइपुगेर काठमाडौं–तराई/मधेस द्रुतमार्गको निरिक्षण गरेका छन् । निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नलगायतका विषयमा आवश्यक जानकारी लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिएका छन् । राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको ...
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ

नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ

नेपाल । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ भएको छ । भक्तपुर दरबारस्क्वायमा शनिवार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रूपमा रहेको बताउनुभयो । उहाँले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै कोभिड महामारीपश्चात् नेपालको पर्यटन क्षेत्र चलायमान बनिरहेको उल्लेख गर्नुभयो । नेपालका लागि चिनियाँ राजदूत सङले भ्रमण वर्ष २०२५ ले दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताउ...
नेपालमा फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपालमा फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपाल । नेपाल आयल निगमले इन्धनको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । पेट्रोलमा प्रतिलिटर रू. २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रू. ३ वृद्धि गर्ने निर्णय भएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट बुधबार मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमको भनाइ छ । नयाँ तोकिएको मूल्य बुधबार राति १२ बजेदेखि लागु भएको छ । यसअघि निगमले गत पुस १६ गते इन्धनको मूल्य वृद्धि गरेको थियो । ...
नेपालमा बैंक खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य

नेपालमा बैंक खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य

नेपाल । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । यस समबन्धमा विहीबार नै केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो । राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । यस्तै, काठमाडौँ उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ । विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक ...
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

अमेरिका । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए । यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ । ...
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानभाट विजयी

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानभाट विजयी

नेपाल (हेटौंडा) । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानभाट विजयी हुनु भएको छ । रानाभाटको प्यानलबाट पदाधिकारीहरु सहित सदस्यहरुमा पनि धेरै विजयी भएका छन् । संघको ५८औं साधारणसभाबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज बिहान सम्पन्न भएको छ । अध्यक्षमा विजयी रानाभाट एक हजार १४ मतसहित विजयी हुनु भयो । अध्यक्षका आकांक्षी अनिल अग्रवाल सात सय ६५ मतमात्रै पाउनु भयो । चुनाबमा एक हजार आठ सय १६ मत खसेको थियो । महासचिवमा रानाभाट प्यानलबाटै प्रतिमा श्रेष्ठ १ हजार १२ मतसहित विजयी हुनुभयो । प्रत्यासी विकेशलाल श्रेष्ठले ७१३ मत मात्र प्राप्त गर्नुभयो । यता उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाई र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित हुनुभएको छ । राजु र काव्यमणि अनिल अग्रवाल प्यानलबाट हुनुहुन्छ भने दीपक र उज्ज्वल रानाभाट प्...
पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स नेपाल भित्रियो

पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स नेपाल भित्रियो

नेपाल । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा रेमिट्यान्सआप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार ४२५ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ७१ हजार ९७५ र एक लाख दुई हजार ५४२ थियो ।...
लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव ठगी मुद्दामा पक्राउ

लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव ठगी मुद्दामा पक्राउ

नेपाल । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल बिहबिार पक्राउ परेका छन् । एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप पछि सभापति पोखरेलले उनलाई जिम्मेवारीवाट बर्खास्तसमेत गरेका थिए । पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी त्यसपछि फरार रहदैँ आएका थिए ।...
लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्छः मुख्यमन्त्री लामा

लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्छः मुख्यमन्त्री लामा

नेपाल (हेटौंडा) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले राज्यले उद्योगी व्यवसायीलाई आवश्यकता अनुसारका सुविधा दिनुका साथै लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । बुधबार हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उद्योग क्षेत्र रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्रको रुपमा रहेकाले लगानीकर्तालाई आवश्यकता अनुसारको सुविधा दिनसक्नुपर्ने बताए । उद्योग क्षेत्रले स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादनमा जोड दिनुपर्ने उनले बताए । राज्यले उद्योगीलाई आवश्यक सुविधासहित उत्पादन वृद्धिमा जोड दिनुपर्ने उनको भनाई छ । उनका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था गम्भीर रहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि आम व्यक्तिहरूको सबै विषय अध्यवधिक गर्न जरुरी रहेको उनले कताए । लगानीमैत्री वातावरण तयार गर्न प्रदेश सरकारले लगानी बोर्ड गठन गर्ने तयारी...