६ बैशाख २०८२, शनिबार

अर्थतन्त्र

नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन हुनु पर्छः अध्यक्ष केसी

नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन हुनु पर्छः अध्यक्ष केसी

अमेरिका । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीको लगानी भित्र्याउन संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन अनिवार्य भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार सम्पन्न उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा अध्यक्ष डा केसीले संविधानले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न जति छिटो कानुन बन्यो त्यति नै छिटो गैरआवासीय नेपालीहरूको लगानी भित्रने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालमा लगानी गर्न सबै लालायित छन् तर त्यसको लागि चाहिने कानूनी प्रक्रियामै सबै कुरा अड्किन्छ, सुरुमै कम्पनि खोल्न राष्ट्रिय परिचय पत्र मागिन्छ अब कानूनमा एनआरएनलाई राष्ट्रिय परिचयपत्रबारे व्यवस्था स्पष्ट छैन, त्यसमा चाहिने हो वा होइन रु हो भने कसरी त्यसको कानूनी व्यवस्था पनि हुनुपर्यो ।ʼ उ...
छ बुँदे सहमतिपछि पाथीभरा केबुलकारको काम स्थगित

छ बुँदे सहमतिपछि पाथीभरा केबुलकारको काम स्थगित

नेपाल । ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो । सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात बन्द फिर्ता लिने लगायतका विषयमा सहमति भएको हो । पाथीभरा केबुलकार परियोजना सुरु भएदेखि नै परियोजनाको विरोध हुँदै आएकोमा पछिल्लो पटक निर्माणको काम थलेपछि थप द्वन्द्व बढेको थियो । पाथीभरा केबुलकारको स्टेसन लगायतका सन्दर्भमा माघ २७ गते पुनः वार्तामा बसी विस्तृत छलफल गर्नेसमेत सहमतिमा उल्लेख गरिएको छ । यता सरकार र आन्दोलनरत पक्षबिचको सहमतिसँगै बन्द खुलेपछि बुधबारदेखि यातायात सञ्चालनमा आएको छ । पाथीभरामा च...
नेपाली शेयर बजार ७० अंकले बढेर २७२७.५८ अंकमा

नेपाली शेयर बजार ७० अंकले बढेर २७२७.५८ अंकमा

नेपाल । आइतबार नेपाली शेयर बजार उच्च अंकले बढेको छ । नेप्से ६९ दशमलव ८० अंकले बढेर २ हजार ७२७ दशमलव ५८ अंकमा पुगेको छ । विभिन्न ३३० कम्पनीका दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर एक लाख ३० हजार ९१३ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ ९९ पैसाको कारोबार भयो । आइतबारको कारोबारपछि बजार पुँजीकरण ४५ खर्ब २५ अर्ब ४७ करोड ४४ लाख ४४ हजार ४३१ रुपैयाँ पुगेको छ । आइतबारको कारोबारमा सबै उपसमूह बढेका थिए ।...
अमेरिकाबाट जनवरी महिनामा ८ हजार ६३ जना नेपाल घुम्न गए

अमेरिकाबाट जनवरी महिनामा ८ हजार ६३ जना नेपाल घुम्न गए

अमेरिका । जनवरी महिनामा अमेरिकाबाट ८ हजार ६३ जना पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो महिना जनवरीमा ७९ हजार ९ सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए । जनवरी महिनामा सबैभन्दा बढी २० हजार ४ सय ८५ जना भारतीय र दोस्रोमा ८ हजार १ सय ९१ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ । बढी संख्यामा नेपाल घुम्न आउने तेस्रो नम्बरमा अमेरिकीहरु छन् । Tourist Arrivals for the month of January 2025: 79,991 (A total of 45 % up compared to 2023 and 98 % compared to that of 2019) · Total Arrival 2025 = 79,991 · Total Arrival 2024 = 79,100 · Total Arrival 2023 = 55,074 · Total Arrival 2022= 16,975 · Total Arrival 2021 = 8,874 · Total ...
६ महिनामा नेपालमा भित्रियो सात खर्ब ६३ अर्ब रेमिट्यान्स

६ महिनामा नेपालमा भित्रियो सात खर्ब ६३ अर्ब रेमिट्यान्स

नेपाल । चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आय ४.१ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ३० हाजार ४३९ छ । एक पटक वा पटक–पटक वैदेशिक रोजगारीमा गएर फर्किएका एक लाख ६२ हजार ६२८ ले पुनः श्रम स्वीकृति लिएका छन् । गत वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ६ हजार ३९० र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३३ हजार ९४० थियो ।...
नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो । शनिबार बिहानैबाट पेट्रोलमा प्रतिलिटर रु. २ र डिजेल/मट्टितेलमा ४ रुपैयाँ बढाइएको छ ।
नेपाली बजारमा सुन प्रतितोला १ लाख ६२ हजार ८ सयमा कारोबार

नेपाली बजारमा सुन प्रतितोला १ लाख ६२ हजार ८ सयमा कारोबार

नेपाल । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामै २३ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेर शुक्रबार सुन प्रतितोला १ लाख ६२ हजार आठ सयमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्य प्रतितोला रु. ३० बढेर १९ सय १५ मा कारोबार भएको थियो ।
अमेरिकाको अनुदानमा सञ्चालित परियोजनामा थप दायित्व सिर्जना नगर्न पत्राचार

अमेरिकाको अनुदानमा सञ्चालित परियोजनामा थप दायित्व सिर्जना नगर्न पत्राचार

अमेरिका । अमेरिकी दातृ निकाय यूएसएडको अनुदानमा नेपालमा सञ्चालन भइरहेको ४ वटा आयोजनाको काम रोक्दै थप दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयले पत्राचार गरेको छ । यूएसएडले ४ वटा आयोजनामा प्राप्त अनुदान सहयोग ९० दिनका लागि रोकिएको पत्र पठाएपछि अर्थ मन्त्रालयले ती आयोजनामा थप दायित्व सिर्जना नगर्न परिपत्र गरेको हो । यूएसएड र नेपाल सरकारबिच सन् २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्टबाट सञ्चालन भएको ४ वटा आयोजना रोकिएको हो । यूएसएड स्वास्थ्य, यूएसएड कृषि, यूएसएड शिक्षा र यूएसएड समावेशी नीतिसम्बन्धी प्रत्यक्ष वित्तीयकरण परियोजनाका लागि दिइएको अनुदान रोकिएको हो । डोनाल्ड ट्रम्प नयाँ राष्ट्रपति आएलगत्तै अमेरिकाले दिने अनुदान विश्वभर कटौती गरिएको छ । ...
वर्तमान सरकार गठन भए यता आर्थिक सुधारका काम भएका छन्ः पौडेल

वर्तमान सरकार गठन भए यता आर्थिक सुधारका काम भएका छन्ः पौडेल

नेपाल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताएका छन् । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनको कथन छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकार गठन भए यता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताए । उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पारे । अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको पनि बताए । ...
नेपाली बजारमा सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार

नेपाली बजारमा सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार

नेपाल । नेपाली बजारमा सुनचाँदीको मूल्य थपघट भइरहेको छ । यसैक्रममा शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलाको १ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । शुक्रबार चाँदी प्रतितोला १८८० रुपैयाँमा कारोबार भएको थियो ।...