६ बैशाख २०८२, शनिबार

अर्थतन्त्र

एफएटिएफले नेपाललाई ‘ग्रे’ सूचीमा राख्यो

एफएटिएफले नेपाललाई ‘ग्रे’ सूचीमा राख्यो

अमेरिका । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) ले नेपाललाई ‘ग्रे’ सूचीमा राखेको छ । यससँगै वैदेशिक ऋण, अनुदान र लगानी तथा व्यापार प्रभावित हुनुका साथै अन्तर्राष्ट्रिय जगतमा देशको वित्तीय साख जोखिममा परेको छ । सरकारले आगामी दुई वर्षभित्र प्रणालीगत सुधार नगरे नेपाल कालोसूचीमा नै पर्नेछ । यसअघि सन् २००८ देखि ०१४ सम्म पनि नेपाल ग्रे सूचीमा थियो । नेपाललाई उच्च जोखिमयुक्त देशका रूपमा हेरिने भएकाले विदेशी लगानीमा कमी आउन सक्छ । यसले वैदेशिक सहायता र व्यापारमा असर पर्ने हुँदा वित्तीय कारोबारमा थप निगरानी र कडाइ हुनेछ ।...
आयात र निर्यात दुवै बढ्दा ११ खर्ब १५ अर्बको वैदेशिक व्यापार

आयात र निर्यात दुवै बढ्दा ११ खर्ब १५ अर्बको वैदेशिक व्यापार

नेपाल । चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनामा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ८६ अर्ब ८३ करोड नौ लाख रुपियाँको भएको थियो । सात महिनामा आयात भने १० प्रतिशतले बढेर नौ अर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपियाँको आयात भएको थियो । आयात र निर्यात दुवै बढ्दा कुल वैदेशिक व्यापारसमेत १३.३० प्रतिशतले बढेर ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपियाँ पुगेको छ । निर्यातमा सुधार आए पनि आयात उच्च हुँदा व्यापार घाटासमेत ६.२० प्रतिशतले बढेर आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपियाँ पुगेको विभागको तथ्याङ्कले देखाएको छ ।...
नेपाल वायुसेवा निगमको टिकटमा जापान एयरलाइन्सको हवाई सेवा

नेपाल वायुसेवा निगमको टिकटमा जापान एयरलाइन्सको हवाई सेवा

नेपाल । नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबिच सहज हवाई यात्रा र व्यापार विस्तारका लागि सम्झौता भएको छ । निगमबाट संसारभरकै गन्तव्यको टिकट लिएर जापान एयरलाइन्समार्फत उडान गर्ने गरी द्विपक्षीय सम्झौता भएको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार काठमाडौँबाट निगमको जहाजमा जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्दा जापान एयरलाइन्सको जहाजमार्फत कनेक्टिङ फ्लाइटमार्फत यात्रा गर्न सक्ने गरी सम्झौता भएको हो । ...
अमेरिकी सहायता संस्था एमसीसीद्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित

अमेरिकी सहायता संस्था एमसीसीद्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित

अमेरिका । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) द्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित भएका छन् । अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएसँगै नेपालमा सञ्चालित एमसीसीद्वारा सञ्चालित परियोजना पनि स्थगित भएको हो । नेपाल सरकार अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरु कार्यकारी आदेशअनुसार रोकिएको जनाएको छ । यसअघि युएसएडसँग सम्बन्धित परियोजना पनि स्थगित भइसकेका छन् । प्रेस विज्ञप्ति अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी...
नेपालमा शेयर बजार बढेर २७२७.९१ को बिन्दुमा

नेपालमा शेयर बजार बढेर २७२७.९१ को बिन्दुमा

नेपाल । नेपालमा यो साता कारोबारको लगातार दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक बढेको छ । नेप्से २९ दशमलव ८७ अंकले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । सोमबार तीन सय दुई कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा रू १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ बराबरको कारोबार भएको थियो ।...
नेपालमा पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टीतेलको घट्यो

नेपालमा पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टीतेलको घट्यो

नेपाल । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.५८ बढेर र डिजेलमा रु ३.५९ घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ । ...
नेपाल सरकारले यूएईबाटै दिन थाल्यो श्रम स्वीकृति

नेपाल सरकारले यूएईबाटै दिन थाल्यो श्रम स्वीकृति

अमेरिका । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्न थालेको छ । बिहीबार दुबईमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सेवा आरम्भ गरे । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधालाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले सम्बन्धित राजदूतावासबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिक लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झञ्झटबाट मुक्त हुने र आफ्नो पेशा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए । संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले ...
ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित

नेपाल । ग्यास उद्योगीले १५ दिनका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग सहमति भएसँगै ग्यास उद्योगीले आफ्ना घोषित आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित गरेका हुन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भएको थियो । छलफलमा व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको बताइएको छ । बैठकमा उद्योग मन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारी, निगमका कर्मचारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारी रहेका थिए । छलफलमा संघका मागका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ । ग्यास उद्योगी विभिन्न १९ बुँदे माग राख्दै बुधबारदेखि चरणबद्ध आन्दोलनमा थिए । फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरुले घोषणा गरेका थिए । उद्योगीले आन्दोलन शुरु गरेसँगै बजारमा ग्यासको अभाव हुन थालेको थियो ।...
नेपालमा सुनको मूल्य प्रतितोला रु. २७०० ले घट्यो

नेपालमा सुनको मूल्य प्रतितोला रु. २७०० ले घट्यो

नेपाल । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु. दुई हजार ७०० ले घटेको हो । मङ्गलबार प्रतितोला सुन रु. एक लाख ७० हजार २०० मा कारोबार भएकामा बुधबार सोही परिमाणको सुनको मूल्य रु. एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रु. १५ ले घटेको छ । प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ३० निर्धारण गरिएको थियो ।...
भ्रष्टाचार सूचकाङ्कमा नेपालको झिनो स्थान सुधार

भ्रष्टाचार सूचकाङ्कमा नेपालको झिनो स्थान सुधार

नेपाल । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपालले आफ्नो झिनो स्थान सुधार गरेको छ । व्याप्त भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको नेपाल १०० मा ३४ अंक पाएर १०७औँ स्थानमा परेको हो । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)–२०२४ मा नेपाल यो वर्ष गत वर्षभन्दा एक स्थान तल झरेको छ । गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो । विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका कम भ्रष्टारचा हुने मुलुक छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ । ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्क ७ वर्षद...