३० चैत्र २०८१, शनिबार

अर्थतन्त्र

डिजेल-मट्टीतेलको मूल्य १ रुपैयाँ घट्यो, पेट्रोलको यथावत

डिजेल-मट्टीतेलको मूल्य १ रुपैयाँ घट्यो, पेट्रोलको यथावत

नेपाल । नेपाल आयल निगमले शुक्रबार रातिबाट डिजेल–मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल–मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको हो । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।
मन्त्रालयलले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैनः कुलमान

मन्त्रालयलले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैनः कुलमान

नेपाल । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् । आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उनले प्रश्न समेत गरेका छन् । स्पष्टीकरणमा आधार र कारण नखुलेकाले थप पुस्ट्याइँ पेस गर्ने अवस्था नरहेको उनको भनाइ छ । घिसिङले आफूमाथि लगाइएका सबै आरोप मनोगत रहेको बताएका छन् । ‘मेरो नियुक्तिश्चात प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्छ । तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकूल छ,’ उनको स्पष्टीकरणमा भनिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लोपटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मागेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । पदबाट हटाउने विषयमा आफ्नो दोस्रो स्पष...
नेपाल सरकारद्वारा नयाँ आर्थिक वर्षको बजेट लेखन समिति गठन

नेपाल सरकारद्वारा नयाँ आर्थिक वर्षको बजेट लेखन समिति गठन

नेपाल । नेपाल सरकारले नयाँ आर्थिक वर्षको बजेटको तयारी शुरु गरेको छ । आगामी बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको हो । समितिका संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल हुनुहुन्छ । सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पङ्गेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेको मन्त्रालयले जनाएको छ । ...
लचिलो कार्यदिशालाई निरन्तरता दिँदै मौद्रिक नीतिको समीक्षा सार्वजनिक

लचिलो कार्यदिशालाई निरन्तरता दिँदै मौद्रिक नीतिको समीक्षा सार्वजनिक

नेपाल । सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिँदै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्‍याउने गरी चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिएको छ । मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा मौद्रिक नीतिबाट गरिएको छ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मङ्गलबार साँझ सार्वजनिक गरेको हो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत कर्जा नोक्सानी व्यवस्थाको सीमालाई घटाई १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिएको छ । समीक्षामार्फत राष्ट्र बैङ्कले पुँजीकोषको सीमा बढाएको छ । ‘ननडेलिभरेबल’ फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमा बढाई २० प्रतिशत कायम गरिएको छ । यस्तै...
आगलागीबाट चिया प्रशोधन उद्योग ध्वस्त

आगलागीबाट चिया प्रशोधन उद्योग ध्वस्त

नेपाल । इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा मङ्गलवार राती लागेको आगलागीबाट उद्योग नै ध्वस्त भएको छ । राती करिब साढे नौ बजेबाट एक्कासि आगो लागेको थियो । आगलागीबाट कारखानामा रहेका चिया बनाउने मेशिन, स्टोर गरिएको चिया, जेनरेटर, जस्ता पाताले बनेको दुईतले भवन सबै नष्ट भएको छ । विद्युत् सर्ट भएर आगो शुरु भएको हुनसक्ने अनुमान गरिएको छ । नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा परिचित शरद सुब्बाले करिब दश वर्ष यता सञ्चालन गर्दै आउनु भएको थियो । ह्वाइट टी, ओलाङ, ग्रीन, गोल्डन, गोल्डेन पल लगायतका ३५ भन्दा बढी प्रकारका चिया तयार गरेर शरदले तेस्रो मुलुक निर्यात गर्दै आउनुभएको थियो । यो कारखानाबाट उच्च गुणस्तरको करिब वार्षिक ४० हजार किलो तयारी चिया उत्पादन हुने गरेको थियो । ...
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन नेपाली दूतावासको आग्रह

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन नेपाली दूतावासको आग्रह

अमेरिका । सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन नेपाली दूतावास बैंककले पुनः अनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा आउन पुनः आग्रह गरेको हो । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । सो दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो । दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ ।...
नेपालमा तोलाको एक लाख ७० हजार ५ सय रुपैयाँ पुग्यो सुनको मूल्य

नेपालमा तोलाको एक लाख ७० हजार ५ सय रुपैयाँ पुग्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । अघिल्लो दिन तोलामा एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भयो । त्यस्तै, चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो । ...
बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

नेपाल । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा ओझालाई नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तिम छनोटमा परेका पाँच जनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो । आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बस्यौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं अन्तिम छनोटमा परेका थिए ।...
एफएटिएफले नेपाललाई ‘ग्रे’ सूचीमा राख्यो

एफएटिएफले नेपाललाई ‘ग्रे’ सूचीमा राख्यो

अमेरिका । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) ले नेपाललाई ‘ग्रे’ सूचीमा राखेको छ । यससँगै वैदेशिक ऋण, अनुदान र लगानी तथा व्यापार प्रभावित हुनुका साथै अन्तर्राष्ट्रिय जगतमा देशको वित्तीय साख जोखिममा परेको छ । सरकारले आगामी दुई वर्षभित्र प्रणालीगत सुधार नगरे नेपाल कालोसूचीमा नै पर्नेछ । यसअघि सन् २००८ देखि ०१४ सम्म पनि नेपाल ग्रे सूचीमा थियो । नेपाललाई उच्च जोखिमयुक्त देशका रूपमा हेरिने भएकाले विदेशी लगानीमा कमी आउन सक्छ । यसले वैदेशिक सहायता र व्यापारमा असर पर्ने हुँदा वित्तीय कारोबारमा थप निगरानी र कडाइ हुनेछ ।...
आयात र निर्यात दुवै बढ्दा ११ खर्ब १५ अर्बको वैदेशिक व्यापार

आयात र निर्यात दुवै बढ्दा ११ खर्ब १५ अर्बको वैदेशिक व्यापार

नेपाल । चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनामा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ८६ अर्ब ८३ करोड नौ लाख रुपियाँको भएको थियो । सात महिनामा आयात भने १० प्रतिशतले बढेर नौ अर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपियाँको आयात भएको थियो । आयात र निर्यात दुवै बढ्दा कुल वैदेशिक व्यापारसमेत १३.३० प्रतिशतले बढेर ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपियाँ पुगेको छ । निर्यातमा सुधार आए पनि आयात उच्च हुँदा व्यापार घाटासमेत ६.२० प्रतिशतले बढेर आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपियाँ पुगेको विभागको तथ्याङ्कले देखाएको छ ।...