
खानेपानी र सिंचाइतर्फका २० सब-इन्जिनियरको पदस्थापन
नेपाल (हेटौंडा) । बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय मातहतका कार्यालयहरुमा २० जना सब(इन्जिनियरको पदस्थापन भएको छ ।
बागमती प्रदेश लोकसेवा आयोगबाट पास भइ आएका २० जना सहायक स्तर पाँचौ तहका सब(इन्जिनियरलाई आइतबार मन्त्रालय मातहतका खानेपानी डिभिजन कार्यालय र सिंचाइ कार्यालयहरुमा पदस्थापन गरिएको हो ।
नवनियुक्त सब(इन्जिनियरलाई मन्त्री एका लाल श्रेष्ठले जनताले महशुस गर्नेगरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।
देशमै केहि गरौं भन्ने सोचका साथ र आफ्नै रोजाईको पेशाको रुपमा जनताको सेवा गर्ने क्षेत्रमा प्रवेश गर्नुभएकोमा खुशी व्यक्त गर्दै मन्त्री श्रेष्ठले तपाईहरुले कार्यक्षेत्रमा गर्ने कामको मुल्यांकन जनता स्वयम्ले गर्ने समेत बताउनुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो–‘तपाईं र म जनताको सेवा गर्नैको लागि भनेर यो क्षेत्रमा लागेका छौँ । जनताले कसरी स्वच्छ पानी खान पाउछन, जनतालाई छिटोभन्द...