
काँग्रेसको अडान यथावत, मंगलबारको नीति तथा कार्यक्रम प्रभावित हुने संभावना
नेपाल । मंगलबार आगामी आर्थिक वर्ष ०८१–८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा गर्ने तयार िगरिएको छ । तर दलहरुबीचको आ–आफ्नै अडानले नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम देखिएको छ ।
मंगलबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागका कारण सदन दुई महिनादेखि अवरुद्ध छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडानका कारण संसद्को गतिरोध अन्त्य हुने संकेत अझै देखिएको छैन ।
सरकारले आगामी वर्षको बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यता, नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको निष्कर्ष न...