९ बैशाख २०८२, मंगलवार

अर्थतन्त्र

कमाइको १० प्रतिशत नेपालमा लगानी गरौंः एनआरएनए अध्यक्ष केसी

कमाइको १० प्रतिशत नेपालमा लगानी गरौंः एनआरएनए अध्यक्ष केसी

यूके । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीहरूलाई कमाइको निश्चित अंश नेपालमा लगानी गर्न आह्वान गरेका छन् । उनले लिभरपुल नेपाली समाज, यूकेको आयोजनामा शनिबार लिभरपुलमा सम्पन्न नागरिकता, सम्पत्ति, भूपू गोर्खाको अधिकार र लगानीसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त आग्रह गरेका हुन् । डा. केसीले भने, ‘नेपालसँगको सम्बन्ध निरन्तरताका लागि नेपालमा लगानी गर्न जरुरी छ । विदेशमा कमाएको १० प्रतिशत मात्र नेपालमा लगानी गर्न सके, देश समृद्धिको बाटोमा लाग्नेछ र दोस्रो पुस्तासँगको सम्बन्ध पनि कायम रहनेछ । त्यसैले, नेपालमा लगानी गरौँ ।’ उनले नेपालमा लगानीसँगै च्यारिटीका कार्यहरू गर्न पनि अनुरोध गरे । डा. केसीका अनुसार, गैरआवासीय नेपाली संघको पहलकै कारणले नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरेको छ र यो नागरिकताका कार्यान्...
एनसेलले लाइसेन्स नवीकरणको २० अर्ब शुल्क चार किस्तामा बुझाउन पाउने

एनसेलले लाइसेन्स नवीकरणको २० अर्ब शुल्क चार किस्तामा बुझाउन पाउने

नेपाल । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एनसेल मोबाइलको लाइसेन्सको नवीकरणको शुल्क चार किस्तामा बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ । बैठकले एनसेललाई नवीकरण दस्तुरबापतको २० अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित मोबाइल नवीकरण गर्न दिने निर्णय गरेको हो । बैठकले एनसेलको नवीरकणबापतको दस्तुर २० अर्बको ब्याजसहित ४ किस्तामा बुझाउने शर्तमा एनसेलको मोबाइल लाइसेन्स नवीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ...
नेपालमा सुनको मूल्य ८ सय बढेर हालसम्मकै महँगो

नेपालमा सुनको मूल्य ८ सय बढेर हालसम्मकै महँगो

नेपाल । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । मूल्य बढेर हालसम्मकै महँगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मङ्गलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ । मङ्गलबार प्रतितोला १ लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।...
बेलायतले नेपाललाई १३ अर्ब अनुदान दिने

बेलायतले नेपाललाई १३ अर्ब अनुदान दिने

नेपाल । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा–छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ र दोस्रो समझदारीपत्र “प्रणाली सुदृढीकरण मार्फत लैङ्गिक तथा मानव विकासका परिणामहरू सुधार” कार्यक्रमका लागि करिब ६.५८ अर्ब नेपाली रुपैयाँ अनुदान सहायता रकम रहेको छ । समझदारीपत्रहरुमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र बेलायतको तर्फबाट काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशक एवं उपराजदूत पिपा बर्डले हस्ताक्षर गर्नु भएको छ ।...
नेपाली शेयर बजारमा मंगलबार १११.९६ अंकको गिरावट

नेपाली शेयर बजारमा मंगलबार १११.९६ अंकको गिरावट

नेपाल । नेपालमा मंगलबार पनि नेप्से उच्च अंकले घटेको छ । आइतवार ७९ दशमलव ८८ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १११ दशमलव ९६ अंकले घटेर २ हजार ७८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ । मंगलबार ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । ...
वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने बाटो खुल्यो

वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने बाटो खुल्यो

नेपाल । वार्षिक एक सयभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण नहुने कानुनी प्रावधान छ । सरकारले लगातार चार वर्षदेखि वैदेशिक रोजगार ऐनको बाधा अड्काउ फुकाउसम्बन्धी व्यवस्था प्रयोग गरी वार्षिक एक सय जना श्रमिक पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्दै आएको छ । सरकारले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी बाधा अड्काउ फुकाउने आदेश, नेपाल राजपत्र प्रकाशित गरिसकेको छ । एक सय श्रमिक पठाउन नसकेका २५० वटा म्यानपावरको नवीकरणको बाटो खुलेको हो । विगत चार वर्षदेखि विभिन्न कारण देखाउँदै एक सय श्रमिक विदेश पठाउन नसकेका म्यानपावर पनि नवीकरण भएका थिए । चालु आर्थिक वर्षमा अघिल्ला वर्षको नजिर र नेपाल ऐनमा केही ऐन संशोधनमार्फत एक सय जनाको हद म्याद हटाउने व्यवस्थाका आधारमा नवीकरण गर्न चाहनेलाई पुनः सूचना गरिएको छ । वैदेशिक रोजग...
सार्वजनिक लेखा समितिमा चर्काचर्की, बैठक बिना निष्कर्ष टुङ्गियो

सार्वजनिक लेखा समितिमा चर्काचर्की, बैठक बिना निष्कर्ष टुङ्गियो

नेपाल । आइतबार सार्वजनिक लेखा समितिमा डेडिकेडेट ट्रंकलाइन विवादमा निर्णय गर्ने विषयमा सवाल जवाफ भएको छ । बैठकमा समिति सभापति र सांसदहरुबीच चर्काचर्की भएको हो । समिति सभापति ऋषिकेश पोखरेलले समितिले गर्ने निर्णय सुनाउन थालेपछि विवाद शुरु भयो । उक्त निर्णयमा सत्तापक्ष नेपाली कांग्रेसका सांसदहरूले नै साथ दिएनन् । यता नेकपा (माओवादी केन्द्र) र रास्वपाका सांसदहरूले सभापतिका ५ वटा निर्णयमा असहमति जनाएका थिए । दुवै पार्टीका सांसदहरूले सभापतिको प्रस्तावलाई अस्वीकार गर्ने भनेपछि सभापति पोखरेल, माओवादी र रास्वपाका सांसदबीच चर्काचर्की परेको थियो । माओवादी सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अख्तियार पठाउने र बिचौलियाहरूसँग मिल्ने गरी सभापतिले निर्णय गरेको भन्दै विरोध गरे । विवादकाबीच पाँच घण्टा लामो छलफलपछि समिति बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।...
नेपाली शेयर बजारमा भारी गिरावट

नेपाली शेयर बजारमा भारी गिरावट

नेपाल । नेपाली शेयर बजारमा आइतबार भारी गिरावट आएको छ । नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेको हो । ३३३ कम्पनीको कूल ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मूल्यको खरिद बिक्री भयो । आइतबार कारोबारको हिसाबले सबैभन्दा बढी अपि हाइड्रोको ८४ करोड ६८ लाख १७ हजार ३४७ को रकम बराबरीको खरिद बिक्रि भएको थियो ।...
नेपालको ब्यापार घाटा १६ अर्ब १५ करोड, आयात निर्यात दुबै घट्यो

नेपालको ब्यापार घाटा १६ अर्ब १५ करोड, आयात निर्यात दुबै घट्यो

नेपाल । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना साउनमा आयातनिर्यात दुवैमा कमी आएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आयातनिर्यातमा सङ्कुचन आएको हो । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा आयात ०.६७ प्रतिशतले घटेर एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपियाँको आयात भएको थियो । यस्तै चालु आवको साउन महिनामा निर्यात ९.६३ प्रतिशतले घटेर १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपियाँको निर्यात भएको थियो  । व्यापार घाटा ०.३८ प्रतिशतले वृद्धि भई एक खर्ब १६ अर्ब १५ करोड १० लाख रुपियाँ पुगेको छ । आव २०८०–८१ को साउनमा एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख रुपियाँ व्यापार घाटा थियो । कुल वैदेशिक व्यापार भने १.५२ प्रतिशतले कमी...
सहकारी छानबिन विशेष समितिले रवि लामिछानेसँग मध्यरातसम्म बयान लियो

सहकारी छानबिन विशेष समितिले रवि लामिछानेसँग मध्यरातसम्म बयान लियो

नेपाल । सहकारी छानबिन विशेष समितिले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान सकिएको छ । शुक्रबार अपराह्न साढे ४ बजेबाट सुरु भएको बयान मध्यरातमा १ बजेर १५ मिनेटमा सकिएको थियो । बयानमा ५० वटा भन्दा बढी प्रश्नहरु रहेको थिए । बयान ९ घण्टासम्म चलेको थियो । बयानमा रवि लामिछानेले बुटवलको सुप्रीम सहकारी, चितवनको सहारा सहकारी ,पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेट्वोर्कमा आएका आफ्नो नाममा खडा गरिएको ऋण, आफ्नो नाममा प्रवाह गरेको भनेको रकमका सन्दर्भमा आफ्नो हस्ताक्षर आफ्नो कागजात नागरिकता समावेश नभएको स्पष्ट गरेको समितिका सभापती सूर्य थापाले बताए । रवि आफू संस्थाको प्रबन्ध निर्देशकको रुपमा आफ्नो प्रशासकीय आन्तरिक काममा संलग्न भएको तर कार्यकारी प्रमुखका रुपमा आर्थिक सहयोग जुटाउने लगायातको कामहरु जीबी राइले गर्ने गरेकोले कहाँबाट कसरी रकम आय...