८ बैशाख २०८२, सोमबार

अर्थतन्त्र

नेपालमा शुरु भयो चाडवाडको मौसम, सहुलियत मूल्य पसल असोज ७ बाट सञ्चालन गरिने

नेपालमा शुरु भयो चाडवाडको मौसम, सहुलियत मूल्य पसल असोज ७ बाट सञ्चालन गरिने

नेपाल । नेपालमा चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालन गरिने भएको छ । चाडपर्वमा वर्सेनि यस्ता पसल सञ्चालन गरिंदै आएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो रु पाँच छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ । सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो रु पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो रु सात, सनफ्ला...
प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त

नेपाल (हेटौँडा) । वाग्मती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका नेपाललाई रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । बैठकले आयोगका सदस्यमा काभ्रेका गुणराज मोक्तान र काठमाडौंका दीपेन्द्र श्रेष्ठलाई नियुक्ति दिइएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । श्रेष्ठ यसअघि पनि आयोगका सदस्य थिए । प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गरिएको छ । समाजिक विकास मन्त्रालयको प्रस्तावमा खेलकुद मन्त्रालयको स्वीकृतिमा उनी नियुक्त भएको मन्त्री लामिछानेले जानकारी दिए । सामाजिक विकास मन्त्रालय विभाजन गरी खेलकुद मन्त्रालय कायम भए पनि कानुनी अड्चनका कारण सदस्य–सचिव नियुक्तिमा समस्या हुँदै आइरहेको थियो । बैठकले श्रम रोज...
दशैंका लागि सुकिला नोट सटही असोज १३ गतेदेखि

दशैंका लागि सुकिला नोट सटही असोज १३ गतेदेखि

नेपाल । आउँदो असोज असोज १३ गतेदेखि असोज २२ गतेसम्म नेपाल राष्ट्र बैंकले सुकिला नोट वितरण गर्ने भएको छ । नेपालीहरुको महान् पर्व दशैंको माहौल शुरु हुन लागेसँगै राष्ट्र बैंकले सुकिला नोट सटही गर्ने सूचना जारी गरेको हो । दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिने छ। यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सय कै हाराहारी...
नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा

नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा

नेपाल । नेपालमा मंगलबार पनि नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २ हजार ६३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ । ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ९३ हजार ४५९ पटक खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको हो । मंगलबारको कारोबार रकम पछिल्लो करिब २ महिनायताकै न्यून हो ।...
नेपालमा सरकारी कार्यालयमा शेयर कारोबार गर्न रोक

नेपालमा सरकारी कार्यालयमा शेयर कारोबार गर्न रोक

नेपाल । नेपाल सरकारले कार्यालय समयमा कार्यालयमै बसेर शेयर कारोबार गर्न रोक लगाएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी काममा प्रभाव परेको भन्दै यस्तो रोक लगाइएको जानकारी दिएका छन् । उनले देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको उल्लेख गरेका छन् ।...
नेपालमा सुनचाँदीको मूल्य घट्यो

नेपालमा सुनचाँदीको मूल्य घट्यो

नेपाल । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलाको १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलाको ४५ रुपैयाँले घटेर रु. १७५० मा कारोबार भएको थियो ।...
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त, १७ जनाले आवेदन दिएका थिए आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त, १७ जनाले आवेदन दिएका थिए आवेदन

नेपाल । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहनुभएको थियो । २०७८ मा पनि पहाडीको नाम प्रबन्ध निर्देशकका लागि पहिलो नम्बरमा नै सिफारिस भएको थियो । तर, सरकारले उहाँलाई नगरेर पौडेललाई नियुक्त गरेको थियो । पहाडीले करिव ३ दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसक्नु भएको छ । बिसं २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गर्नुभएकी पहाडी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो...
नेपाली बजारमा सुन प्रतितोला १ लाख ५३ हजारमा कारोबार

नेपाली बजारमा सुन प्रतितोला १ लाख ५३ हजारमा कारोबार

नेपाल । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबार हिन्दु नारीहरुको महतवपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला रु एक हजार तीन सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबारका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको थियो । चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ । विहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदी शुक्रबार भने रु एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।...
कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन

कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन

नेपाल । नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन गरेका हुन् । विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य हरिशरण नेपाली रहेका छन् । मनोनित हुनेहरुः १. डीपी अर्याल, काठमाडौं २. बमबहादुर डिसी, दाङ ३. भीमार्जन आचार्य, काठमाडौं ४. तारा राई, उदयपुर ५. प्रभातकुमार ललन, सप्तरी ६. राजेन्द्र बुढाथोकी, दाङ ७. तेजबहादुर गोदार, मकवानपुर ८. जयबहादुर बिसी (बुढा), सुर्खेत ९. कृष्णबहादुर कुँवर, कञ्चनपुर १०. लीलबहादुर रनपाल, स्याङ्जा...
विशेष नगरसभाको मिति तोक्न बोलाइएको हेटौंडा उपमहानगर कार्यपालिका बैठक बहिष्कार

विशेष नगरसभाको मिति तोक्न बोलाइएको हेटौंडा उपमहानगर कार्यपालिका बैठक बहिष्कार

नेपाल (हेटौंडा) । कर समायोजनको लागि विशेष नगरसभाको मिति तोक्न बिहीबार बोलाइएको हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर राजेश बानियाँसहित ८ जना वडाध्यक्षले बहिष्कार गरेपछि मेयर मीनाकुमारी लामाले कार्यपालिका बैठक स्थगित गरिन् । उपमेयर बानियाँ राजश्व परामर्श समितिको संयोजकसमेत हुन् । २९ सदस्यीय कार्यपालिकामा बिहीबार बिहान ८ बजेलाई तय भएको बैठकमा १६ जना सदस्य उपस्थित थिए ।...