८ बैशाख २०८२, सोमबार

अर्थतन्त्र

नेपाली बजारमा सुन तोलाको १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार

नेपाली बजारमा सुन तोलाको १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार

नेपाल । नेपालमा सुनको भाउले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । भदौ ५ गते १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ भदौ ६ गते १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। यस्तै भदौ ७ गते १ लाख ५९ हजार २००, भदौ ८ गते १ लाख ५९ हजार ७०० कारोबार भएको थियो भने भदौ ९ गते सुनको भाउ १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँले बढेर बुधबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...
सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपाल । सहकारी ठगी प्रकरणमा पक्राउ गरेका पूर्व डीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं पूर्व डीआईजी जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । आइतबार काठमाडौँमा पक्राउ परेका जोशीमाथि अनुसन्धानका लागि म्याद थप गर्नका लागि प्रहरीले अदालतमा लगेकामा पाँच दिन हिरासतमा राख्ने अनुमति पाएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले आइतबार दिउँसो काठमाडौबाट नियन्त्रणमा लिएर राति पोखरा पुर्याएको थियो । गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर ख...
विकास हेर्न अर्थमन्त्री पौडेल चीनमा

विकास हेर्न अर्थमन्त्री पौडेल चीनमा

नेपाल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्नु हुने भएको छ । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लाग्नु भएको हो । उहाँले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ । अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कनुहुनेछ ।...
नेपाली शेयर बजारमा दोहोरो अंकको सुधार

नेपाली शेयर बजारमा दोहोरो अंकको सुधार

नेपाल । नेपाली शेयर बजारमा आइतबार दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अंकमा रोकिएको हो । तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबैभन्दा बढी बैकिङ समूह एक दशमलव ०१ प्रतिशतले बढेको थियो । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको रु २७ करोड ८० लाख २७ हजार सात सय १५ बराबरको शेयर खरिदबिक्री भएको थियो ।...
सहकारी ठगीमा जोडिएका गोर्खा मिडियाका सञ्चालक पूर्व डीआईजी छबिलाल जोशी पक्राउ

सहकारी ठगीमा जोडिएका गोर्खा मिडियाका सञ्चालक पूर्व डीआईजी छबिलाल जोशी पक्राउ

नेपाल । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वनका लागि प्रहरीलाई निर्देशन दिए लगत्तै आरोपित पक्राउ पर्न थालेका छन् । प्रहरीले आइतबार गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई नियन्त्रणमा लिएको छ। पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिनामा संलग्न भएको देखिएको भन्दै प्रतिवेदनमा कारबाहीका लागि सिफारिस जोशीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौँबाट पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जोशीमाथि अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । समितिले तयार पारेको प्रतिवेदनमा गोर्खा मिडिया नेटर्वकका तत्कालीन अध्यक्ष जितेन्द्रबहादुर (जिबी) राई, प्रबन्ध निर्देशक पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन...
सुझाव र कारवाहीको सिफारिससहित संसदीय छानबिन विशेष समितिले बुझायो प्रतिवेदन

सुझाव र कारवाहीको सिफारिससहित संसदीय छानबिन विशेष समितिले बुझायो प्रतिवेदन

नेपाल । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ । सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक कार्यार्थ सरकारलाई पठाइएको हो । बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीबाट प्रतिवेदन बुझेपछि सभामुख देवराज घिमिरेले सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका हुन् । विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै छानबिन गर्न प्रतिनिधिसभाले थापाको संयोजकत्वमा गत जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो । उक्त समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमूलक जानकारी र अन्तरक्रिया गरेको थियो। प्रतिवेदन पेश गर्दै संयोजक थापाले सहकारी ठगीको आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक तथा कर्मचारीसमेत ३ जना र नियामक निकायका ५ जना गरी जम्मा ५५ जनासँग सोधपुछ गरिएको जानकारी सदनलाई गरा...
नेपालमा पेट्रोल र डिजल-मट्टितेलको मूल्य घट्यो

नेपालमा पेट्रोल र डिजल-मट्टितेलको मूल्य घट्यो

नेपाल । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर ४ र डिजेल–मट्टितेलमा ५ रुपैयाँले मूल्य घटाइएको हो । घटेको मूल्य सोमबार बिहानबाट लागू भएको छ ।
नेपालमा सुनको मूल्य तोलाकै १ लाख ५६ हजार ३ सय रुपैयाँ

नेपालमा सुनको मूल्य तोलाकै १ लाख ५६ हजार ३ सय रुपैयाँ

नेपाल । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो । यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो । यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।...
धरहरा असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालन गरिने

धरहरा असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालन गरिने

नेपाल । भूकम्पले ढलाएको सुन्धारा पुननिर्माणपछि आगामी असोज ३ गतेदेखि सञ्चालनमा आउने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद्‍ बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।...
नेपाली शेयर बजार २६१०.२१ विन्दुमा झर्यो

नेपाली शेयर बजार २६१०.२१ विन्दुमा झर्यो

नेपाल । नेपाली शेयर बजार बुधबार पनि घटेको छ । गत बुधबारदेखि घट्ने क्रममा रहेको बजारले निरन्तरता पाएको हो । बुधबार नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा बन्द भएको छ भने कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार सात अर्ब २४ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब ८५ करोडको कारोबार भएको छ ।