७ बैशाख २०८२, आईतवार

अर्थतन्त्र

नेपालमा एकैदिन १५ हजार ९ सय रुपैयाँ घट्यो सुनको मूल्य

नेपालमा एकैदिन १५ हजार ९ सय रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल । नेपाली बजारमा सोमबार एकैदिन सुनको भाउ अघिल्लो दिन आईतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि सुनचाँदीमा भारी गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भएको थियो ।...
नेपाली धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

नेपाली धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

नेपाल । नेपाली धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठले नियुक्ति पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेकोहो । बोर्ड करिब १ वर्षदेखि अध्यक्षविहीन थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो ।...
राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई गति दिन प्रधानमन्त्री ओलीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई गति दिन प्रधानमन्त्री ओलीको निर्देशन

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने विषयमा आइतबार सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ । ती आयोजनामा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढी पहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुआब्जा विवाद, कानूनी मुद्दाजस्ता समस्या देखिएका छन् । हालसम्म ८० प्रतिशत प्रगति भएका आयोजनामा मेलम्ची खानेपानी आयोजना र पशुपति क्षेत्र विकास कोष रहेका छन् भने ५० देखि ८० प्रतिशत सम्पन्न भएका आयोजनामा पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण कोशी कोरिडोरमार्ग, रानी जमरा कुलरिया...
टेस्ला कम्पनीका मालिक एलन मस्कसँग नेपालका प्रधानमन्त्री ओलीको भिडियो संवाद

टेस्ला कम्पनीका मालिक एलन मस्कसँग नेपालका प्रधानमन्त्री ओलीको भिडियो संवाद

अमेरिका । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ टेस्ला कम्पनीका मालिक, अमेरिकी व्यवसायी विश्वकै धनाढ्य व्यक्ति एलन मस्कसँग भिडिओ संवाद गरेका छन् । प्रधानमन्त्री ओलीले आफूले एलनसँग कुरा गर्दै गरेको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । मस्कले आफ्नो इन्टरनेट सेवाप्रदायक कम्पनी स्टारलिंकको सेवा नेपालमा बिस्तार गर्न खोजेको विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइएको छ । यसअघि करिब एक महिना अगाडि प्रधानमन्त्री ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई स्टारलिंकका प्रतिनिधिहरुले नेपालमा इन्टरनेट विस्तारबारे भिडिओ देखाएका थिए । तर यसबारेमा नेपालका प्रधानमन्त्रीसँग एलनले सीधा संवाद गरेको यही प्रथम हो । स्याटेलाइट इन्टर्नेट सेवा प्रदायक एलन मस्कको कम्पनी स्टार लिङ्कले विश्वका अन्य धेरै देशलाई सेवा दिइरहेको छ । ...
एनआरएनलाई नेपाली शेयर बजारमा लगानी गर्न बाटो खुल्ला

एनआरएनलाई नेपाली शेयर बजारमा लगानी गर्न बाटो खुल्ला

अमेरिका । गैरआवासीय नेपालीहरुको लागि लगानी गर्न नेपालको शेयर बजार खुल्ला गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ लाई नेपाल धितोपत्र बोर्डले विहिवार स्वीकृती प्रदान गरे पछि विदेशमा बस्ने नेपालीहरुले शेयर बजारमा लगानी गर्न पाउने भएका हुन् । गैरआवासीय नेपाली संघले शुक्रवार एक विज्ञप्ति जारी गदै नेपालको इतिहासमा पहिलो पटक गैरआवासीय नेपालीलाई लक्षित गर्दै धितोपत्र निष्काशन गर्न आवश्यक व्यवस्था गरिएको भन्दै सो निर्णयको स्वागत गरेको छ । ...
नेपालमा अब ओमानको मुद्रा पनि खरिद-बिक्री हुने

नेपालमा अब ओमानको मुद्रा पनि खरिद-बिक्री हुने

नेपाल । नेपालमा अब ओमानको मुद्रा खरिद–बिक्री हुने जनाएको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको हो ।  ...
नेपालमा सुनको मूल्य बढेर फेरी तोलाको एक लाख ६४ हजार रुपैयाँ पुग्यो

नेपालमा सुनको मूल्य बढेर फेरी तोलाको एक लाख ६४ हजार रुपैयाँ पुग्यो

नेपाल । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।...
नेपाली शेयर बजार ३१.३१ अंकले गिरावट

नेपाली शेयर बजार ३१.३१ अंकले गिरावट

नेपाल । बिहीबार नेपालमा नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबारको कारोबारमा ३१.३१ अंकले गिरावट आएको हो । बिहीबारको कारोबारमा नेप्से परिसूचक ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा झरेको छ । बिहीबार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।...
नेपालबाट भारतमा १२ अर्ब ७१ करोडको बिजुली निर्यात

नेपालबाट भारतमा १२ अर्ब ७१ करोडको बिजुली निर्यात

नेपाल । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत भारत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत भारत निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।...
नेपालमा ३ महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

नेपालमा ३ महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

नेपाल । नेपाल भित्रले रेमिट्यान्स ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान तथा वित्तीय स्थितिको तथ्यांकमा रेमिट्यान्स आप्रवाह बढेको देखिएको हो । उक्त तथ्यांक अनुसार यस अवधिमा ११.५ प्रतिशतले वृद्धि भई ४०७ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।...