७ बैशाख २०८२, आईतवार

अर्थतन्त्र

नेपाली शेयर बजारमा ४ दशमलव ९७ अंकको गिरावट

नेपाली शेयर बजारमा ४ दशमलव ९७ अंकको गिरावट

नेपाल । बुधबार नेपाली शेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा कायम भएको हो । बुधबार तीन सय २० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार छ सय ७७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १३ करोड २४ लाख ६८ हजार नौ सय छ बराबरको कारोबार भएको छ । जलविद्युत् समूह शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४ र लघुवित्त शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह आठ दशमलव ७२ प्रतिशतले घटेको छ । ...
नेपालमा सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घट्यो

नेपालमा सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घट्यो

नेपाल । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य सोमबार घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भयो । नेपाली बजारमा सोमबार चाँदीको मूल्य पनि घटेको थियो । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार भएको महासंघले जनाएको छ ।...
अमेरिकाबाट नोभेम्बरमा करीब ११ हजार पर्यटक नेपाल घुम्न आए

अमेरिकाबाट नोभेम्बरमा करीब ११ हजार पर्यटक नेपाल घुम्न आए

नेपाल । अमेरिकाबाट १० हजार ९८१ जनासहित सन् २०२४ को नोभेम्बर महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यस महिनामा एक लाख १४ हजार ५०१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । नोभेम्बरमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट १९ हजार ९१५ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा चीनबाट ९ हजार ४५८ जना पर्यटक नेपाल आउँदा संयुक्त राज्य अमेरिकाबाट १० हजार ९८१ जना पर्यटक नेपाल भित्रिएका छन् । बेलायतबाट ६ हजार ६११ जना पर्यटक नेपाल आएका छन् भने बंगलादेशबाट ५ हजार १४८ जना आएका छन् । अष्ट्रेलियाबाट ४ हजार ८२९ जना, थाइल्याण्डबाट ४ हजार ४६२ जना, श्रीलंकाबाट ४ हजार ३९४ जना, जर्मनीबाट ३ हजार ९२६ जना र फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।...
साझेदारी शिखर सम्मेलनमा भाग लिन उद्योगमन्त्री भण्डारी भारत प्रस्थान

साझेदारी शिखर सम्मेलनमा भाग लिन उद्योगमन्त्री भण्डारी भारत प्रस्थान

नेपाल । आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मङ्गलबार आयोजना हुने औपचारिक कार्यक्रमका लागि मँन्त्री भण्डारी भारत प्रस्थान गरेका हुन् । सो सम्मेलनमा सरकार–उद्योग साझेदारीलगायत विषयमा छलफल हुने जनाइएको छ । सो शिखर सम्मेलनमा भारतसहित नेपाल, अल्जेरिया, बहराइन, भूटान, इजराइल, इटाली, साउथ अफ्रिका, कम्बोडिया, म्यानमार, कतार, सेनेगललगायत राष्ट्रका उद्योग तथा वाणिज्य र वित्तमन्त्रीहरुको सहभागिता रहने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।...
नेपालमा पेट्रोल तथा हवाई इन्धनको मूल्य बढ्यो

नेपालमा पेट्रोल तथा हवाई इन्धनको मूल्य बढ्यो

नेपाल । नेपालमा पेट्रोल तथा हवाई इन्धनको मूल्य वृद्धि भएको छ । ईण्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य बढेर आएपछि नेपालमा पनि समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ । बढेको मूल्य आइतबार बिहानैबाट लागू भएको छ । पेट्रोल प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन आन्तरिक तर्फ रु. २ र अन्तर्राष्ट्रियतर्फ १५ डलर बढेको हो । ...
महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार

महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार

नेपाल । नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ । उद्योगको लाइन काट्दासमेत बक्यौता भुक्तानी गर्न अटेरी गरेका उद्योगविरुद्ध प्राधिकरणले बैंक खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो । प्राधिकरणणले ति उद्योगको शेयर रोक्का गर्न पनि कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ । बक्यौता विद्युत महसुल भुक्तानी गर्ने प्रक्रियामै नआएर शक्तिकेन्द्र धाएका उद्योगीहरूको घरको लाइन नै काट्ने तयारीसमेत प्राधिकरणले गरेको छ ।...
३९.७० अंकले बढ्यो नेपाली शेयर बजार

३९.७० अंकले बढ्यो नेपाली शेयर बजार

नेपाल । नेपाली शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से ३९.७० अंकले बढेर २७५६.३६ विन्दुमा बन्द भएको हो । बुधबार ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भयो ।
नेपालमा सुनको मूल्यमा निरन्तर गिरावट, शेयर बजारमा भने सुधार

नेपालमा सुनको मूल्यमा निरन्तर गिरावट, शेयर बजारमा भने सुधार

नेपाल । नेपाली बजारमा आज पनि सुनको भाउमा गिरावट आएको छ। सोमबार झण्डै १६ हजार रुपैयाँ घटेको सुनको भाउ मंगलबार पनि २६ सयले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा २६ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भयो । हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो । चाँदी १८ सय २० मा कारोबार भएको थियो । यता, शेयर बजारमा भने मंगलबार उचालिएको छ । नेप्से परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर २ हजार ७१६ दशमलव ६६ कायम भएको छ । ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर ७५ हजार ५७२ पटक खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।...
सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस योजना ल्याउनुपर्छः अध्यक्ष केसी

सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस योजना ल्याउनुपर्छः अध्यक्ष केसी

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायरा भन्दा बाहिर रहेको बताउनुभएको छ । सामाजिक सुरक्षा कोषले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम शुभकामना मन्तव्य राख्दै अध्यक्ष डा केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना र अभिमुखिकरण कार्यक्रम गर्नुभन्दा पनि औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रियाको रुपमा मात्रै सञ्चालन गर्दा विदेशमा रहेका श्रमिकहरुले यस कोषको महत्व नै बुझन नसकेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढी भन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकाहरुलाई यस कोषमा समेट्ने सहमति नै गर्दा ...
स्रोत नखुलेको ३२ हजार अमेरिकी डलर र १४ हजार यूरोसहित ३ जना पक्राउ

स्रोत नखुलेको ३२ हजार अमेरिकी डलर र १४ हजार यूरोसहित ३ जना पक्राउ

नेपाल (हेटौंडा) । मकवानपुर प्रहरीले गत आइतबार राति स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक ईभी माइक्रो बसलाई हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित चेकप्वाइन्टका प्रहरीले रोकेर चेक गर्ने क्रममा भारत उत्तर प्रदेश जालौनका ४० वर्षीय विजय सिंह कुशवाहको साथबाट १२ हजार अमेरिकी डलर,भारत उत्तर प्रदेश जिल्ला गोरखपुरका २६ वर्षीय प्रशान्त पाठकको साथबाट १४ हजार युरो र भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुलकुमार माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विश्वराज खडकाले जानकारी दिए । सोमबारको बजार भाउअनुसार रुपान्तरण गर्दा अमेरिकी डलर प्रति १ डलरबराबर नेपाली रुपैयाँ १३५.०१६ का दरले रू ४३,२०,५१५ र प्रति १ युरोबराबर नेपाली रुपैयाँ १४०.६८ का दरले रु १९,६९,५...