
नेपालका वायुसेवालाई युरोप उडानमा अझै प्रतिबन्ध !
नेपाल । युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न फेरि प्रतिबन्ध लगाएको छ ।
ईयूले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘ईयू सेफ्टी लिस्ट’ मा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।
यो लिस्टमा पर्नु भनेको युरोपको आकाशमै प्रवेश गर्न नपाउनु हो । ईयूले करिब ११ वर्षदेखि नेपालका सबै वायुसेवालाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाउँदै आएको छ ।...