
तमु प्ये ल्हु अमेरिकाले अगस्त २४ मा कोलोराडोमा सम्मान कार्यक्रम गर्ने
कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको १०औं वार्षिकोत्सवको अवसरमा गत जुन २९ र ३० (शनिबार र आइतबार) भव्यताका साथ सम्पन्न अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता सफल बनाउन साथ सहयोग गर्नेहरुलाई प्रशंसापत्र सहित सम्मान गरिने भएको छ ।
उक्त कार्यक्रमको सहआयोजकमा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) रहेका थिए ।
उक्त प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग पुर्याउनु हुने सहयोगी मनहरु, सम्पूर्ण आयोजक समितिका सदस्यहरु, स्वयम्सेवक तथा सहयोगीदाताहरुलाई सम्मान गर्न लागिएको तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्र ब. क्रोम्छे तमुले बताउनु भयो ।
‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए ...