६ बैशाख २०८२, शनिबार

कोलोराडो विशेष/अमेरिका

अमेरिकाको बोस्टनमा देउसी भैलो कार्यक्रम सम्पन्न

अमेरिकाको बोस्टनमा देउसी भैलो कार्यक्रम सम्पन्न

बोस्टन(अमेरिका । अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (PABFONE) ले नोभेम्बर १ तारिख शनिबार साँझ आफ्नै भवनमा आयोजित ‘बृहत् देउसी भैलो–२०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । सहभागीहरुले हर्षोल्लासका साथ देउसी भैलो खेल्दै र रमाउदै संस्थाको सहयोगार्थ यथासक्य दानसमेत गरेका थिए । तिहारसंग सम्बन्धित देउसी भैलो, नेपाली गीत संगीत र नेपाली पहिचान झल्काउने कार्यक्रम स्थलको माहोलले, केही क्षणका लागि भएपनि नेपालको संझना र तृष्णा मेटाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।...
कोलोराडोमा खेलिएको देउसी भैलोबाट १६ हजार डलर सहयोग संकलन (फोटो फिचरसहित)

कोलोराडोमा खेलिएको देउसी भैलोबाट १६ हजार डलर सहयोग संकलन (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ शुक्रबार सांझ सम्पन्न देउसी भैलो कार्यक्रमबाट झण्डै १६ हजार डलर संकलन भएको छ । नेपाली सांस्कृतिक केन्द्र भवनमा खेलिएको देउसी भैलोबाट ७ हजार ३ सय ७९ र अरोरामा सम्पन्न देउसी भैलो र्कायक्रमबाट ८ हजार ३ सय ५० गरी जम्मा १५ हजार ७ सय २९ संकलन गरिएको हो । कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा देउसी भैलो सम्पन्न भएको हो । कार्यक्रमबाट संकलन गरिएको रकम खर्च कटाएर बांकी नेपाली घरको खातामा जम्मा गरिने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । नेपाली सास्कृतीक केन्द्र भवनमा सम्पन्न देउसी भैलोको संयोजन समाजसेवी शान्ति भुषालले गरेकी थिइन् । बयोबृद्ध आमा जानुका कार्किद्धारा पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा लोक गायक महेश बुढाथोकी, लेखक तथा साहित्यकार श्रीप्रसाद पोख्रेल...
कोलोराडोको बोल्डर शहरमा देउसी भैलोसंगै कुकुर पूजा सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोको बोल्डर शहरमा देउसी भैलोसंगै कुकुर पूजा सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको बोल्डर शहरमा देउसी भैलोसंगै सामुहिक कुकुर पूजा सम्पन्न भएको छ । कोलोराडोमा कृयासिल नेपाली जात्राको आयोजना, स्थानिय अमेरीकन तथा नेपालीभाषी समुदायको सहभागीतामा देउसी भैलो संगै सामुहिक कुकुर पूजा कार्यक्रम सम्पन्न भएको हो । स्थानीय अमेरीकनहरुलाई हिन्दु संस्कृतीको पहिचान गराउन तथा अमेरिकामा ज्यादै लोकप्रीय कुकुरलाई कसरी पुजा गरिन्छ भन्ने देखाउन कार्यक्रम आयोजना गरिएको नेपाली जात्राको संयोजक सुनन्दा डंगोलले बताएकी छिन् । City of Boulder Housing and Human services र Rocky Mountain Equality को सहयोगमा सम्पन्न देउसी भैलो संगै सामुहिक कुकुर पूजा कार्यक्रममा ७० जना स्थानीयहरुले सहभागीताकोलागी रजिष्ट्रेशन गराएका थिए । कार्यक्रममा स्मृती श्रेष्ठ प्रधानले देउसी भैलो तथा कुकुर पूजाको संस्कृती कसरी र कहिले देखी शुरुभ...
कोलोराडोमा दशैं-तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा दशैं-तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषी समुदायले शनिबार सांझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, तथा स्थानीय संघ संस्थाहरुको सहभागीतामा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ कार्यक्रम सम्पन्न गरिएको हो । रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल पूर्व अध्यक्ष तथा समाजसेवी धर्मराज श्रेष्ठको प्रमुख आतिथ्यता, International Astrologer, Face Reader & Healer Bihangam Raj Timilsena को बिशेष आतिथ्यमा तथा गायक गायिकाहरु Quincy Chet, संझना पाण्डे, मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरु माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् । नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा कार्यक्रमका प्रमुख अतिथी, बि...
नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रम हुँदै

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रम हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ । कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठूलो महान चाड शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना हुन लागेको हो । यसअघिका बर्षहरुमा जस्तै यस बर्षपनि शुभकामना आदान प्रदानसहित देउसी भैलो कार्यक्रम आयोजना हुन लागेका स्थानहरुमा नोभेम्वर १ तारिक शुक्रबार सांझ ५ बजे देखी राती ९ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा देउसी भैलो खेलीने कार्यक्रम रहेको छ । त्यसैगरी सोही दिन कोलोराडोको दक्षिणी क्षेत्र अरोरा सेन्टेनियलमा पनि सांझ ५ बजेदेखि ९ बजेसम्म देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । नेपाली सास्कृतीक केन्द्र भवनको देउसी भैलोलाई भब्यताका साथ...
अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम घोषणा

अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम घोषणा

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अनेसास कोलोराडो शाखाको नयां कार्यसमितिको निर्वाचन आगामी नोभेम्बर १२ तारिकमा सम्पन्न हुने भएको छ । डा. भीमप्रकाश कट्टेल संयोजकत्वमा डा. संगीता श्रोत्रिय र सुदेश शर्मा रहेको तिन सदस्यीय निर्वाचन समितिले सामाजिक संजाल मार्फत निर्वाचन कार्यक्रम घोषणा गरेको हो । अनेसास कोलोराडो शाखाको २०२४ २०२६ कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ४ सदस्यका लागि निर्वाचन हुन लागेको समितिले जनाएको छ । अनेसास कोलोराडो शाखाको बिधानको परिच्छेद २ को दफाहरु ६ र ७ मा उल्लेख गरिए बमोजिमको निर्वाचन कार्यविधि अनुरुप निर्वाचन प्रक्रिया हुने समितिले जनाएको छ । जस अनुसार ईच्छुक आजीवन सदस्यहरुले तोकिएको ढाँचामा उम्मेदवारीकोलागि आवेदन दर्ता गर्नु पर्नेछ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको कार्यकारिणी समितिको निर्वाचनमा मत खसाल्न यो...
कोलोराडोमा दशैं-तिहार शुभकामना साँझ कार्यक्रम आयोजना हुँदै

कोलोराडोमा दशैं-तिहार शुभकामना साँझ कार्यक्रम आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालीको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषीहरुले शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाको सहभागीतामा आगामी अक्टोबर २६ तरिक शनिबार डेनवर्ग स्थित याक एण्ड यती रेष्टुरेन्ट तथा ईभेन्ट सेन्टर (9755 E Hampden Ave. Denver CO.80231) मा सांझ ५ बजेदेखि राती ९ बजेसम्म शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना हुने रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । लोकप्रीय गायक तथा संगीतकार Quincy Chett, संझना पाण्डे, मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरुको जोडदार प्रस्तुती रहने कार्यक्रममा यहा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यवसायी, बुद्धीजिवी, कला...
कोलोराडोमा सम्पन्न कुमारी रथ जात्रामा सुरेश श्रेष्ठसहित ९ जनालाई सम्मान

कोलोराडोमा सम्पन्न कुमारी रथ जात्रामा सुरेश श्रेष्ठसहित ९ जनालाई सम्मान

कोलोराडो । येंयाः इन्द्र जात्रा २०२४ को अवसरमा कोलोराडोको इतिहासमै पहिलोपल्ट कुमारी रथ तानेर जात्रा मनाइएको छ । उक्त रथ निर्माणमा मुख्य भूमिका निभाउने सुरेश श्रेष्ठलाई जात्रामा सुभाय् पौ (Certificate of Appreciation) ले सम्मान गरियो । त्यस्तै गरेर रथ निर्माणकै लागि अन्य ९ जना सहयोगीहरू सुरेन्द्र महर्जन, रमिता तुलाघर, रमेश सैंजु, जगत महर्जन, रोशन महर्जन, नारायण प्रसाद दुवाल, अनिल बज्राचार्य, मनोज काजी तुलाधर तथा सञ्जय शाक्यलाई पनि सम्मान गरिएको कोलोराडो नेवाः खलःका अध्यक्ष भूषण लाल श्रेष्ठले बताएका छन् । कोलोराडोमा पहिलोपल्ट कुमारीको रथ तान्दै भब्यरूपमा मनाइयो इन्द्रजात्रा (फोटो फिचरसहित) नेपाली सॉंस्कृतिक केन्द्र (नेपाली घर) मा आयोदित इन्द्र जात्रामा वेस्टमिन्स्टर सिटीका मेयर नान्सी म्याकलानीले कुमारी रथ तानेर जात्राको शुभारम्भ गरिएको थियो । नेपलिज स्टुडेन्ट एशोसियशन यूनिभर्सिटी अफ कोलो...
नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा दोहोरी साँझ सम्पन्न (फोटो फिचरसहित)

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा दोहोरी साँझ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा पहिलो पटक आयोजित दोहोरी सांझ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कोलोराडोमा सकृय संस्था नेपाली घरको आयोजनामा चर्चित कलाकारहरु चन्द्र शर्मा र अमृता लुंगेली मगरको उपस्थितीमा लोक दोहोरी सांझ कार्यक्रम आयोजना भएको हो । कलाकारहरुलाइ शुष्मिता बिश्वास, यम पौडेल लगायत स्थानीय कलाकारहरुले साथ दिएका थिए । जन्मभुमी नेपाल र कर्मभुमी अमेरीकाको राष्ट्रियगान गाएर शुरुगरिएको कार्यक्रममा नेपाली संस्कृतिक केन्द्रका परिकल्पनाकारहरु नेपाली घरका संस्थापक अध्यक्ष स्वर्गिय नारायण श्रेष्ठ र सल्लाहकार बिष्णुप्रसाद श्रेष्ठको संझनामा एक मिनेट मौन धारण गरिएको थियो । नेपाली घरका अध्यक्ष बसन्त लम्सालले उपस्थित सबैलाइ स्वागत गर्दै कार्यक्रममा सफल बनाउन तन, मन र धन दिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । यसैगरी का...
कोलोराडोमा पहिलोपल्ट कुमारीको रथ तान्दै भब्यरूपमा मनाइयो इन्द्रजात्रा (फोटो फिचरसहित)

कोलोराडोमा पहिलोपल्ट कुमारीको रथ तान्दै भब्यरूपमा मनाइयो इन्द्रजात्रा (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको इन्द्रजात्रा भब्य रूपमा सम्पन्न भएको छ । कोलोराडो नेवाः खलःको आयोजनामा बर्षा र सहकालका देवता ईन्द्रको पूजा आराधना गर्दै नेवाः समुदायले मनाउने येंयाः नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको प्राङ्गणमा कुमारीको रथ तान्दै, पुलुकिसी नाच, धिमेबाजा धिमेनाच, लाखे नाचका साथ भब्यरूपमा सम्पन्न भएको हो । जात्रा गणेश, कुमारी, अकाश भैरवको विधीपूर्वक पूजा अर्चना गरेर शुरू गरिएको थियो । रथ यात्रा पछि तीन जीवित देवी देवताहरूलाई स्वागत द्वार हुँदै धिमेबाजाका साथ मञ्चमा आसिन गराइ कार्यक्रम अगाडि बढाइएको थियो । नेवारी राष्टिय गान गाएर सुरूगरिएको कार्यक्रममा कोलोराडो नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरेका थिए । त्यस्तै कलाका...