६ बैशाख २०८२, शनिबार

कोलोराडो विशेष/अमेरिका

कोलोराडोमा डा. रबिता पाठक ओझा फाउन्डेसनको फण्ड रेजिङ इभेन्ट सम्पन्न

कोलोराडोमा डा. रबिता पाठक ओझा फाउन्डेसनको फण्ड रेजिङ इभेन्ट सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा डा. रबिता पाठक ओझा फाउन्डेसनको लागी आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले आयोजना गरिएको दोश्रो फण्ड रेजिङ इभेन्ट सम्पन्न भएको छ । डा. रबिता पाठक ओझा फाउन्डेसनको आयोजना तथा अल स्टेट इन्सुरेन्स सुनिल पाठक एजेन्सीको संयोजनमा यहां सकृय सबै संघ संस्था, समाजसेवी बुद्धिजिवी, ब्यवसायी सबैको सहभागीतामा शुक्रबार ब्राइटन शहरमा गाला नाइट सम्पन्न भएको हो । स्थानीय ब्राईटन सिटीका मेयर Greg Mills को प्रमुख आतिथ्यतमा र बोल्डरका मेयर Aron Brockett तथा हेल्पीङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारी बुद्धिजिवी, समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार तथा स्थानीय चन्दादाता, नेपालीभाषी बाआमा दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपाल र अमेरिकाकाको राष्ट्रियगान गाए...
कोलोराडोमा योमरी पुन्ही कार्यक्रम आयोजना हुँदै

कोलोराडोमा योमरी पुन्ही कार्यक्रम आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । योमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आगामी आइतबार एक कार्यक्रम आयोजना गरी योमरी पुन्ही मनाउने भएका छन् । कोलोराडो नेवाः खलःले आयोजना गर्ने योमरी पुन्ही कार्यक्रममा बाल बालिकाहरु सहभागी गराई कार्यक्रम स्थलमानै योमरी बनाउन सिकाई, उपस्थित सबैलाई तातो तातो योमरी बितरण गरी योमरी पुन्ही मनाउने कार्यक्रम रहेको नेवा खःलका अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् । नेपाली सांस्कृतीक केन्द्र नेपाली घरमा आगामी डिसेम्वर १५ तारिक आईतबार दिउँसो १ बजेदेखी ४ बजेसम्म आयोजना हुने योमरी पुन्ही कार्यक्रममा सहभागी हुन रजिष्ट्रेसन शुल्क सहयोग स्वरुप प्रतिब्यक्त्ती १० डलर राखिएको छ भने, १० बर्ष मुनिका बाल बालिकाहरुलाइ ५ डलर राखिएको छ । अनलाइन रजिष्ट्रेशन खुलिसकेको हुनाले कार्यक्रममा सहभागी हुन इच्छुक सबै महानुभावहरुलाइ रजिष्ट्रेशन गरिदिनुहुन अध्यक्ष श्र...
अनेसास कोलोराडो शाखाको वार्षिक साधारण सभा तथा सपथ ग्रहण सम्पन्न (फोटो फिचरसहित)

अनेसास कोलोराडो शाखाको वार्षिक साधारण सभा तथा सपथ ग्रहण सम्पन्न (फोटो फिचरसहित)

-बाशुदेव खनाल (कोलोराडो, अमेरिका) । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको वार्षिक साधारण सभा तथा नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम यही नोभेम्बर ३०, २०२४ का दिन भव्यरुपमा सम्पन्न भएकोछ । कार्यवाहक अध्यक्ष विजयदेव अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा शाखाको वार्षिक प्रगति तथा आयव्ययको विवरण शाखाका महासचिव किरण अधिकारी र सेनुप्रसाद तिवारीद्धारा प्रस्तुत गरिएको थियो । सभाले उक्त प्रतिवेदनहरू सर्वसम्मत पारित गरेको थियो । यसै क्रममा निर्वाचन समितिका संयोजक डा. भीमप्रकाश कट्टेलद्धारा निर्वाचनको प्रक्रियाका बारेमा मन्तव्य राख्दै नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको थियो । नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका सदस्य सुदेश शर्माबाट प्रमाणपत्र प्रदान गरिनुका साथै कार्यसमितिका कावा अध्यक्ष विजयदेव अधिकारीबाट निर्वाचन सम्पन्न गर्न योगदान ...
अनेसास कोलोराडो शाखाको अध्यक्षमा किरण अधिकारी चयन

अनेसास कोलोराडो शाखाको अध्यक्षमा किरण अधिकारी चयन

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको अध्यक्षमा किरण अधिकारी चयन भएका छन् । अधिकारी यसअघि महासचिव थिए । अनेसासको नयाँ कार्यसमितिमा उपाध्यक्षमा निर्मला अर्याल, कोषाध्यक्षमा शर्मिला शर्मा र सदस्यहरुमा देव भट्टराई, सिर्जना अर्याल र रञ्जु आचार्य चयन भएका छन् । संस्थाको महासचिव, सचिव र एक सदस्यमा उम्मेदवारी नै परेन । यी पदहरुमा मनोनित गरी ९ सदस्यीय कार्यसमितिलाई पूर्णता दिने जनाइएको छ । यसअघि राजु सिटौला अध्यक्ष थिए । उनी हाल अनेसास केन्द्रीय समितिको महासचिव छन् । डा. भीमप्रकाश कट्टेलको संयोजकत्वमा डा. संगीता श्रोत्रिय र सुदेश शर्मा रहेको तीन सदस्यीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको हो ।...
कोलोराडोमा निवासी नेवाः समुदायले बिभिन्न कार्यक्रमका साथ मनाए नेपाल सम्बत ११४५ (फोटो फिचर)

कोलोराडोमा निवासी नेवाः समुदायले बिभिन्न कार्यक्रमका साथ मनाए नेपाल सम्बत ११४५ (फोटो फिचर)

–नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाल संम्बत ११४५ को उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आइतबार एक कार्यक्रम आयोजना गरी एक आपसमा न्हूदँया भिंन्तुना आदान प्रदान गरेका छन् । नेवाः खलः कोलोराडोले आयोजना गरेको न्हूदँया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । यसै अवसरमा संस्थाको नयां पदाधिकारीको घोषणा तथा सम्मान कार्यक्रम समेत गरिएको थियो । पूर्वसचिव, गायिका तथा महिला नेतृ उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा नेपालबार एशोसिएसनका पूर्व अध्यक्ष बिश्वकान्त मैनाली कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी गन्यमान्य, बुद्धिजिवी, आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा नेपालीभाषी बाआमा दाजुभाई दिदी बहिनीको बाक्लो उपस्थिती रहेको थियो । प्रमुख अतिथि उर्मिला श्रेष्ठद्धारा पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्र...
एनआरएनए एनसीसी अमेरिका र कोलोराडो च्याप्टरको झण्डा सगरमाथामा फहराउने पेम्बा रिता सम्मानित 

एनआरएनए एनसीसी अमेरिका र कोलोराडो च्याप्टरको झण्डा सगरमाथामा फहराउने पेम्बा रिता सम्मानित 

–मीन बोलखे (नेपाल) । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिका र कोलोराडो च्याप्टरले १४औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएका पेम्बा रिता शेर्पालाई सम्मानित गरेको छ । नेपालको काठमाडौं बालुवाटारस्थित एनआरएनए आईसीसी भवनमा आयोजित कार्यक्रममा शेर्पालाई सम्मानित गरिएको हो । एनआरएनए एनसीसी अमेरिका र कोलोराडो च्याप्टरको लोगो (झण्डा) विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउनु भएका शेर्पालाई सोमबार एक लाख रुपियाँसहित सम्मान गरिएको हो । एनआरएन एनसीसी अमेरिकाका उपाध्यक्ष ज्ञानेन्द्र गुरुङको सभापतित्व तथा एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव भीम केसी कमल, सह कोषाध्यक्ष कृष्ण तिमल्सिना, एनआरएनए अभियन्ताहरु पूर्णचन्द्र बानियाँ, अर्जुन गुरुङ र राजकुमार थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कोलोराडो...
नेपाली संस्थाहरुको सहयोगार्थ कोलोराडोमा आयोजित फन्ड रेजिङ डिनरमा करीब ७८ हजार डलर संकलन

नेपाली संस्थाहरुको सहयोगार्थ कोलोराडोमा आयोजित फन्ड रेजिङ डिनरमा करीब ७८ हजार डलर संकलन

–नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा सक्रिय नेपाली संस्था हेल्पीङ हेण्ड हेल्थ एजुकेशन नेपाल र नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) लाई आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले आयोजना गरिएको फन्ड रेजिङ डिनर कार्यक्रममा ७८ हजार १ सय ४० डलर संकलन भएको छ । नेपाली सांस्कृतिक केन्द्र ब्यवस्थापन तथा परार्मश समितिको संयोजन तथा यहां सकृय संघ संस्था, समाजसेवी बुद्धिजिवी, ब्यवसायी सबैको सकृयतामा हालै वेष्टमिनिष्टर शहरमा सम्पन्न दोश्रो फन्ड रेजिङ डिनर कार्यक्रममा उक्त रकम संकलन गरिएको हो । यस अघि गतबर्ष पनि यस्तै कार्यक्रम बोल्डरमा सम्पन्न भएको थियो । डिनर कार्यक्रममा Congress Man Joe Neguse स्थानिय बोल्डर, ब्रुमफिल, ब्राइटन शहरका मेयर, बोल्डर काउन्टी कमिस्नर, हेल्पीङ हेण्ड हेल्थ एजुकेशनलाई निरन्तर सहयोग गरिरहने स्थानीय समाजसेवी दाताहरु, हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसेवी ...
कोलोराडोमा अनेसासले भव्यताका साथ मनायो देवकोटा जयन्ती (फोटो फिचरसहित)

कोलोराडोमा अनेसासले भव्यताका साथ मनायो देवकोटा जयन्ती (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती भव्यताका साथ मनाइएको छ । केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा वरिष्ठ साहित्यकार कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली भाषा पाठशालाका विद्यार्थीहरूद्वारा नेपाली तथा अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । देवकोटाको तस्विरमा पुष्पार्पण गरी कार्यक्रमलाई अगाडि बढाइयो । प्रमुख अतिथि प्राडा कृष्णहरि बरालले देवकोटाको बहुआयामिक योगदानबारे प्रकाश पार्दै प्रवासी श्रष्टाले अध्ययन र साधनाद्वारा आफ्ना रचनाको स्तर वृद्धिबारे ध्यान दिनुपर्ने कुरामा जोड दिए । सभापतिको आसनबाट बोल्दै अध्यक्ष वाग्लेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अर्काइभका माध्यमबाट नेपाली श्रष्टाक...
क्यालिफोर्नियाको हर्कुलिस शहरको नगर परिषद सदस्यमा डिल्ली भट्टराई विजयी

क्यालिफोर्नियाको हर्कुलिस शहरको नगर परिषद सदस्यमा डिल्ली भट्टराई विजयी

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित हर्कुलिस शहरका डिल्ली भट्टराई नगर परिषद सदस्यमा विजयी भएका छन् । वर्तमान योजना आयुक्त रहेका उनले गत नोभेम्बर ५ मा सम्पन्न अमेरिकी आमनिर्वाचनमा चार जना प्रतिस्पर्धीबीच दोस्रो स्थान हासिल गर्दै परिषद सदस्यको पद सुरक्षित गरेका हुन् । भट्टराईको कार्यकाल जनवरी १ देखि सुरु हुने छ र यो कार्यकाल चार वर्षसम्म रहनेछ । नगर परिषदको निर्णयअनुसार, कार्यकालको बीचमा नगर प्रमुखको पालो स्वचालित रूपमा आउने भएकाले उनले १–२ वर्षभित्र हर्कुलिसको नगर प्रमुख बन्ने अवसर प्राप्त गर्न सक्नेछन् । भट्टराई नेपाली मूलका एक सामाजिक अभियन्ता हुन्, जो लामो समयदेखि क्यालिफोर्नियामा बसोबास गर्दै आइरहेका छन् ।...
प्याब्फोनद्वारा बोस्टनमा आयोजित बृहत् देउसी भैलोमा ४१ हजार डलर दान सङ्कलन (फोटो फिचरसहित)

प्याब्फोनद्वारा बोस्टनमा आयोजित बृहत् देउसी भैलोमा ४१ हजार डलर दान सङ्कलन (फोटो फिचरसहित)

-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको ऐतिहासिक सहर बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (PABFONE) ले आयोजना गरेको ‘बृहत देउसी भैलो-२०२४’ सम्पन्न भएको छ । यही नोभेम्बर १ तारिख सुक्रबारका दिन प्याब्फोनको आफ्नै सामुदायिक भवनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा उक्त देउसी भैलो सम्पन्न भएको हो । नेपालीहरुको माहान चाड तिहारको अवसरमा खेलिएको उक्त देउसी भैलोबाट संस्थाको सहयोगार्थ ४१ हजार डलर सङ्कलन भएको र थप सहोग प्राप्त हुने क्रम जारी नै रहेको आयोजकले जनाएको छ । संस्थाको मुख्य आर्थिक श्रोतको रुपमा स्थापना कालदेखि नै खेलिदै आइएको देउसी भैलोलाई यस वर्ष पनि संस्थाले निरन्तरता दिएको हो । संस्थाको कार्यसमितिका अध्यक्ष बिरोचन नेपालको अध्यक्षता रहेको कार्यक्रममा ब्रेनट्री सिटीकी मेयर इरिन जोइसको विशेष उपस्थिति रहेको थियो। पण्डितहरुले स्वस्तिवाचन गरेर उद्घाटन गरेको का...