५ बैशाख २०८२, शुक्रबार

कोलोराडो विशेष/अमेरिका

नियमित रुपमा रक्तदान गरौं अभियान अन्तरगत कोलोराडोमा ११ जनाद्वारा रक्तदान (फोटो फिचरसहित)

नियमित रुपमा रक्तदान गरौं अभियान अन्तरगत कोलोराडोमा ११ जनाद्वारा रक्तदान (फोटो फिचरसहित)

-बाशुदेव खनाल (कोलोराडो, अमेरिका) । नियमित रुपमा रक्तदान गरौं र जीवनदान गरौं भन्ने मान्यतालाई मनन गर्दै कोलोराडोमा January 12 मा सम्पन्न रक्तदान कार्यक्रम मार्फत ११ जनाले रक्तदान गर्नु भएको छ । ब्लड डोनर्स अफ, अमेरिका कोलोराडो र रिभाईभ मेडिकल वेलनेस https://www.revivemedicalwellness.net/ को संयुक्त आयोजनामा Vitalant Blood Donation Center, Westminster, Colorado मा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा रक्तदाताहरुको संख्या ११ रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष तथा रीभाईभ मेडिकल वेलनेस https://www.revivemedicalwellness.net/ का मेडिकल डाइरेक्टर डा. शारदा त्रिपाठीले जानकारी दिनु भयो । यसरी स्वतस्फुर्त नियमित रुपमा रक्तदान गर्नेहरु मध्ये टीका पौडेलले ३७ औं पटक रक्तदान गर्नु भएको थियो । त्यस्तै अन्य रक्तदान गर्नेहरुमा श्रीराम लुईंटेल, बिनिता वाग्ले, अन...
कोलोराडोमा सर्वोच्च शिखर सगरमाथा आरोही शेर्पाहरु सम्मानित (फोटो फिचरसहित)

कोलोराडोमा सर्वोच्च शिखर सगरमाथा आरोही शेर्पाहरु सम्मानित (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । शेर्पा दिवसको उपलक्ष्यमा कोलोराडोमा एक समारोह बिच विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने शेर्पाहरु सम्मानित भएका छन् । शेर्पा संघ कोलोराडो र गैर आवासीय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टरको संयूक्त आयोजना संम्पन्न कार्यक्रममा उनीहरूलाइ सम्मानित गरिएको हो । सन् २०२२ जनवरी ५ मा, कोलोराडो राज्यका गभर्नर जरेड पोलिसले एउटा ऐतिहासिक घोषणा गर्दै, हरेक बर्षको जनवरी ५ को दिनलाई कोलोराडोमा शेर्पा दिवसको रूपमा आधिकारिक मान्यता दिएका थिए । यस बिशेष घोषणा कोलोराडो राज्यमा बसोबास गर्ने सगरमाथा र अन्य हिमाल आरोही शेर्पा समुदायको उल्लेखनीय योगदान, उनीहरूको दृढता, साहस, र प्रेरणादायी भूमिकालाई विश्वव्यापी रूपमा सम्मान गर्ने उद्देश्यले गरिएको थियो । यसै ऐतिहासिक उपलब्धिलाई स्मरण गर्दै शेर्पा संघ कोलोराडो र गैर आवासीय नेपाली संघ अमेरिकाको कोलोराडो च्याप्टरले एक विशे...
बोल्डरमा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ तमु ल्होछार मनाइयो (फोटो फिचरसहित)

बोल्डरमा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ तमु ल्होछार मनाइयो (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । तमु ल्होछारको अवसरमा कोलोराडो निवासी तमुहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयांबर्षको शुभकामना आदान प्रदान गर्दै ल्होछार सम्पन्न गरेका छन् । तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले आफ्नो संस्कृती परम्परा अनुसार गिद्ध बर्गलाई बिदागर्दै सर्प बर्गलाई स्वागत गरेका हुन् । तमु धी कोलोराडोका उपाध्यक्ष पुष्पा गुरुङको अध्यक्षतामा बोल्डर नगरमा संम्पन्न कार्यक्रम संस्थापक अध्यक्ष अरुण गुरुङ र हरीशोभा गुरुङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली, अमेरिकी र गुरुङ राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बाआमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा लगाई सम्मान गरिएको थियो ...
तमु प्ये ल्हु संघको आयोजनामा कोलोराडोमा सप्ह्री ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु प्ये ल्हु संघको आयोजनामा कोलोराडोमा सप्ह्री ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न

कोलोराडो । तमु प्ये ल्हु संघ अमेरिकाको आयोजनामा सोमबार सप्ह्री ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सप्ह्री ल्होसार कार्यक्रम Mayor, City of Boulder र Boulder Commissioner of Boulder County को क्रमशः प्रमुख र बिशेष आतिथ्यामा भब्य र शब्यरुपमा सम्पन्न भएको हो । ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ’ भन्ने भनाईलाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ अमेरिकाले धुमधामसँग तमुहरुको महान पर्व सप्ह्री ल्होसार मनाएको हो । सोमबार बिहानदेखि शुरु भएको ल्होसार पर्वमा छ्योपा त्हें, यसै संस्थाका निबर्तमान अध्यक्ष तथा खेगि बिभागका प्रमुख टोउ क्रोम्छे तमु, अध्यक्ष चक्र ब. क्रोम्छे तमु तथा सन्चालक समितिका सदस्य केशबहादुर ल्हेगे तमु, चन्द्र ल्हेगे तमुहरुको विशेष सक्रियतामा सम्पन्न गर्नु भएको थियो । खेगि बिभागका प्रमुख तथा संस्थापक...
अनेसास अमेरिका मोन्टाना शाखामा नयाँ नेतृत्व चयन

अनेसास अमेरिका मोन्टाना शाखामा नयाँ नेतृत्व चयन

अमेरिका । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिका मोन्टाना शाखामा नयाँ नेतृत्व चयन भएको छ । उक्त शाखाको अध्यक्षमा कल्याणी भण्डारी, उपाध्यक्षमा समिर गौतम, सचिवमा प्रकृति बराल र कोषाध्यक्षमा तुलसी अर्याल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रकाश वहु, मोनिका पराजुली, प्रविना भट्टराई, पुस्कर जोशी र सुजन देवकोटा तथा सल्लाहकारमा डा. निरञ्जल अर्याल चयन भएका छन् ।...
टेक्ससमा नेजाको आयोजनामा पत्रकारितामा एआई र सामाजिक सञ्जालको भूमिकाबारे अन्तरक्रिया

टेक्ससमा नेजाको आयोजनामा पत्रकारितामा एआई र सामाजिक सञ्जालको भूमिकाबारे अन्तरक्रिया

टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा शनिबार टेक्ससको युलेसमा प्रवासको पत्रकारितामा आर्टिफेसिएल इन्टेलिजेन्स, सामाजिक सञ्जालको भूमिका विषयमा एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको प्रमुख स्रोतव्यक्तिका रुपमा क्यानडाको ओटावा युनिभर्सिटीमा पत्रकारिताको अध्यापनरत डा। भानुभक्त आचार्यले पत्रकारहरुको लागि आउँदा दिनमा आर्टिफेसिएल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) चुनौति र अवसर दुबै रहेको चर्चा गरे । आचार्यले एआईलाई प्रयोग गर्न जान्ने हो भने पत्रकारका लागि ठूलो अवसर रहेको र त्यसबाट तथ्य संकलन, भेरिभाई, नयाँ डिजाइनमा काम गर्न सकिने प्रशस्न संभावना रहेको उल्लेख गरे । प्रवासमा रहेर पत्रकारिता गर्दाका चुनौतिका विषयमा समेत आचार्यले प्रष्ट्याउँदै एआईको प्रयोग गर्दा पुरै भर पर्दा विगतमा भएका केही मिडियाले माफी माग्नु परेको दृष्टान्त पेश गरेका थिए । सोही अवसरमा नेपाल समाचारप...
अमेरिकाको बोस्टनमा गुरुङ समुदायले तमु ल्होसार हर्षोल्लासका साथ मनाए

अमेरिकाको बोस्टनमा गुरुङ समुदायले तमु ल्होसार हर्षोल्लासका साथ मनाए

बोस्टन । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेका गुरुङ समुदायले बोस्टनमा २३औं बोस्टन तमु ल्होसार हर्षोल्लासका साथ मनाए । विगत वर्षमा झैं यस वर्ष पनि गुरुङ समुदायले अन्य समुदायको माँझमा तमु ल्होसार हर्षोल्लासका साथ मनाएका हुन् । बोस्टन स्थिति गुरुङ समुदायको पुरानो संस्था बोस्टन तमु समाजले गत डिसेम्बर २७ तारिख शुक्रबार साँझ ल्होसार विशेष कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपालीपन, पहिचान र एकतामा विशेष जोडदिइएको थियो । विविध नेपाली भाषा, भेषभुषा, पहिचान, धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने र एकताको सन्देश दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । ‘मौलिक संस्कार र संस्कृति जोगाऔं, विविधतालाई एकतामा बाधौं ‘ भन्ने मूल नाराका साथ साङ्गीतिक माहोलमा मनाइएको उक्त कार्यक्रम, उद्देश्य र चिताए अनुसार सफतापूर्वक सम्पन्न भएको आयोजकको दावी छ। ने...
अनेसास कोलोराडो शाखाको आयोजनामा पुस्तक चर्चा कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

अनेसास कोलोराडो शाखाको आयोजनामा पुस्तक चर्चा कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा डिसेम्बर २१ शनिबार पुस्तक चर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाली घरमा आयोजित कार्यक्रममा सिर्जना अर्यालको कविता संग्रह ‘बोध अन्तर्बोध’ र डा. खगेन्द्रप्रसाद दाहालको यात्रा काव्य ‘हिड्दाहिडड्दै’ को बारेमा चर्चा कार्यक्रम सम्पन्न गरिएको हो । अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेसास बिओटी सभापति पदम बिश्वकर्मा, अनेसास केन्द्रीय महासचिव राजु सिटौला, पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल, पूर्वअध्यक्ष भुपेन्द्र महत, पुस्तक लेखक डा. खगेन्द्र दाहाल र सृजना अर्याल, अनेसास ट्रष्टी डा. बिजयराज शर्मा र प्रमिला शर्मासहित स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । धन पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा शर्मिला शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमम...
अमेरिकाको कोलोराडोमा योमरी पुन्ही मनाइयो (फोटो फिचरसहित)

अमेरिकाको कोलोराडोमा योमरी पुन्ही मनाइयो (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । योमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आईतबार एक कार्यक्रम आयोजना गरी योमरी पुन्ही मनाएका छन् । कोलोराडो नेवाः खलःले आयोजना गरेको योमरी पुन्ही कार्यक्रममा सहभागी भई बाल बालिकाहरुलाई योमरी संकलन गर्ने तरिका सीकाउदै, नेवारी गीत संगीतमा नृत्य तथा यथासक्य दान गर्दै कार्यक्रममा उपस्थित सबैलाई योमरी बितरण गरी हर्षोउल्लास साथ उनीहरुले योमरी पुन्ही मनाएका हुन् । कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सम्पन्न कार्यक्रममा कोलोराडो स्थित बिभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धीजिवी, कालाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । सहकाल तथा सम्पन्नताका देवता कुवेर र गणेशको पुजागरी सुरुगरीएको कार्यक्रमा आयोजक संस्था नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित...
डिल्ली भट्टराईले लिए क्यालिफोर्निया राज्यको हर्कुलिस नगर परिषद सदस्यको सपथ

डिल्ली भट्टराईले लिए क्यालिफोर्निया राज्यको हर्कुलिस नगर परिषद सदस्यको सपथ

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको हर्कुलिस शहरका वर्तमान योजना आयुक्त डिल्ली भट्टराई हर्कुलिस शहरका नगर परिषदमा बिजयी भएका छन् । भट्टराईले गत डिसेम्बर १०, मंगलबारको दिन सपथ ग्रहण गरे । उनी सन् २०२५–२०२६ का लागि नगर परिषद सदस्य (काउन्सिल मेम्बर), २०२७ मा उप नगर प्रमुख (डेपुटी मेयर) र २०२८ का लागि नगर प्रमुख (मेयर)को रूपमा सेवारत रहने गरी सपथ ग्रहण गरेका हुन् । यसरी नगर प्रमुख बन्ने क्रममा भट्टराई अमेरिकी इतिहासमा नेपाली मूलका पहिलो नगर प्रमुख बन्ने भएका छन् । यससँगै भट्टराईलाई क्यालिफोर्निया राज्यस्तरका उच्च जिम्मेवारीका लागि पनि अवसर मिलेको छ । डेमोक्र्याटिक पार्टी र स्थानीय तहमा उनको लोकप्रियता र बलियो पकडले आगामी निर्वाचनमा उनलाई क्यालिफोर्निया राज्यसभाका बलियो उम्मेदवारका रूपमा हेरिन थालेको छ । , भट्टराई क्यालिफोर्निया राज्यमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली मूलका सक्र...