९ बैशाख २०८२, मंगलवार

कोलोराडो विशेष/अमेरिका

अमेरिकाको युलेस सिटी काउन्सिल सदस्यमा पौडेल निर्विरोध निर्वाचित

अमेरिकाको युलेस सिटी काउन्सिल सदस्यमा पौडेल निर्विरोध निर्वाचित

अमेरिका । अमेरिकाको टेक्ससका समाजसेवी टीका पौडेल युलेस सिटी काउन्सिल सदस्यमा निर्विरोध भएका छन् । तीन वर्ष अघि सिटी काउन्सिल सदस्यमा निर्वाचित पौडेल यसपटक निर्विरोध भएका हुन् । युलेस सिटीको प्लेस–६ का लागि पौडेलको मात्र उम्मेदवारी दर्ता भएको हो । तीन वर्ष अघि पौडेल निर्वाचित भएर आएपछि नेपाली समुदाय र अमेरिकी राजनीतिमा जोड्न पौडेलले निकै उच्चस्तरको भूमिका निर्वाह गर्दै आएका छन् । आउँदो नोभेम्बरमा राष्ट्रपति, सांसदको चुनाव हुने भएपनि सिटी काउन्सिल सदस्यको भने आउँदो मे महिना चुनाव हुँदैछ । पौडेल निर्विरोध भएपछि सिटीका सबै मतदाताहरुलाई धन्यवाद दिँदै युलेसलाई आवास, व्यबसाय, सुरक्षाको हिसाबले उत्कृष्ठ सिटी बनाउन आफू निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन् । ...
शनिबार कोलोराडोमा सरस्वती पूजा कार्यक्रम गरिंदै, उपस्थितिका लागि अनेसासको अनुरोध

शनिबार कोलोराडोमा सरस्वती पूजा कार्यक्रम गरिंदै, उपस्थितिका लागि अनेसासको अनुरोध

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाद्वारा यही फेब्रुअरी १७ तारिक शनिबारका दिन सरस्वती पूजा कार्यक्रम आयोजना गर्न लागिएको छ । नेपाली भाषा पाठशालाका विधार्थी, शिक्षक तथा स्वयम्सेवकहरुको सहभागितामा सरस्वती पूजा कार्यक्रम गर्न लागिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले बताउनु भयो । अमेरिकाको कोलोराडोस्थि नेपाली साँस्कृतिक केन्द्र (नेपाली घर) मा दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । नेपाली भाषा पाठशालामा अध्ययरत बालबालिकाहरुद्वारा नै कार्यक्रम सञ्चालन गरिने र बालबालिकाहरुको मात्र प्रस्तुती रहने अध्यक्ष सिटौलाले बताउनु भयो । कोलोराडो स्थिति सम्पूर्ण नेपाली भाषी र अभिभावकहरुलाई आफ्ना नानीबाबुसहित उपस्थित भई कार्यक्रम सफल पारिदिनु हुन अनेसास कोलोराडो शाखाका सचिव लालप्रसाद चौलागाईँले अनुरोध गर्नु भएको छ । कार्यक्रमको ...
कोलोराडोमा हुने अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमलाई भव्य बनाउने संघसंस्थाको प्रतिबद्धता

कोलोराडोमा हुने अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमलाई भव्य बनाउने संघसंस्थाको प्रतिबद्धता

कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजनामा यस वर्ष कोलोराडोमा अन्तराष्ट्रिय नारी दिवस मनाइने भएको छ । ९ मार्च २०२४ (शनिबार) का दिन कोलोराडोस्थित नेपाली घरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । कोलोराडो नेपाली महिला फोरमसँगको समन्वयमा कार्यक्रम हुन लागेको हो । कोलोराडोमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रियस्तरको कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न प्रकारका तयारीहरु भइरहेको छ । कोलोराडो क्षेत्रमा क्रियाशील सम्पूर्ण संघसंस्था र नेपालीहरुले उक्त कार्यक्रम आफूहरुको सबैको कार्यक्रम भएको र उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न आ-आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । कोलोराडो नेपाली ओमन्स फोरम, रक्की माउन्टेन फ्रेन्ड अफ नेपाल, नेपाली घर, सिस्टर ग्रुप कोलोराडो (दिदीब...
अमेरिका निवासी अर्जुन मैनालीले भाबुक स्टाटस लेखेर गरे आत्महत्या

अमेरिका निवासी अर्जुन मैनालीले भाबुक स्टाटस लेखेर गरे आत्महत्या

कोलोराडो । अमेरिकाको नर्थ क्यारोलाइनाको हन्टर्सभीलमा बसोबास गर्दै आएका अर्जुन मैनाललीले आइतबार आत्महत्या गरेका छन् । समाजसेवामा सक्रिय, २०६ पटक रक्तदान गरेर विश्व रेकर्ड बनाउन सफल ५६ बर्षीय मैनालीले घरभन्दा केही परको जंगलमा गएर आफू चढेको गाडीमा आगो लगाएर आत्महत्या गरेको बुझिएको छ । आत्महत्या गर्नुअघि पत्नीलाई संबोधन गर्दै लामो भाबुक स्टाटस लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । आफ्ना सालो र सालोकी पत्नीको बचन सहन नसकेर आत्महत्याको बाटो रोजेको स्टाटसमा उल्लेख छ । मैनालीले आत्महत्याअघि सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटसः प्यारी श्रीमती तारा, धेरै धेरै माया! आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्...
अमेरिकाको बोस्टनमा सञ्चालित कन्सुलर सेवा घुम्ती शिविरमा सेवाग्राहीको भीड

अमेरिकाको बोस्टनमा सञ्चालित कन्सुलर सेवा घुम्ती शिविरमा सेवाग्राहीको भीड

बोस्टन । अमेरिकाको न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावासले मासाच्युसेट्स राज्यको बोस्टनमा सञ्चालन गरेको दुइ दिने कन्सुलर सेवा घुम्ती शिविरको पहिलो दिन, १३३ जना सेवाग्राहीहरुले सेवा लिएका छन् । जस मध्य ११७ जनाले पास्पोर्ट नविकरण र १६ जनाले अन्य सेवाहरु लिएका छन् । उक्त शिविर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा Alewife Brook Park way, Cambridge, MA-02138 मा सञ्चालन भइरहेको छ। उक्त शिविरबाट म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने प्रवासी नेपालीहरुले सेवा लिएका थिए । एनआरएनए, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले अपेक्षा गरिए भन्दा निकै बढी संख्यामा सेवाग्राहीहरुले पहिलो दिनमै सेव...
एनआरएनए अमेरिकाको आयोजनामा नारी दिवस मनाईँदै, तयारीमा जुट्यो कोलोराडो च्याप्टर

एनआरएनए अमेरिकाको आयोजनामा नारी दिवस मनाईँदै, तयारीमा जुट्यो कोलोराडो च्याप्टर

कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा यस वर्ष कोलोराडोमा अन्तराष्ट्रिय नारी दिवस मनाइने भएको छ । ९ मार्च २०२४ (शनिबार) का दिन कोलोराडोस्थित नेपाली घरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा कोलोराडोमा पहिलोपटक राष्ट्रियस्तरको कार्यक्रम हुन लागेको हो । एनसीसी अमेरिकाकी महिला उपाध्यक्ष सुनिता कँडेल, महिला सचिव शान्ति वाग्ले पौडेल, महिला संयोजक सुनिता खत्री, एनसीसी अमेरिकाका बोर्ड सदस्यहरु सिर्जना शर्मा, दुर्गा तिवारी, सरु शर्मा र रितादेवी प्रधान, कोलोराडो च्याप्टरकी महिला उपाध्यक्ष दिलकुमारी श्रेष्ठ, महिला सचिव संगिता लामा, महिला संयोजक श्रृति पाण्डे, कोलोराडो च्याप्टरकी बीओडी सुनन्दा डंगोल र शर्मिला शर्मा तथा कोलोराडो नेपाली महिला फोरमकी संयोजक श्रृजना भट्टको नेतृत्वमा कार्यक्रम सम्पन्न गर्न लागिएको हो । व...
काठमाडौंका मेयर शाहलाई राजदूत थम्प्सनद्वारा अमेरिका भ्रमणको निमन्त्रणा

काठमाडौंका मेयर शाहलाई राजदूत थम्प्सनद्वारा अमेरिका भ्रमणको निमन्त्रणा

अमेरिका । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । प्रमुख शाहको कार्यकक्षमा भएको भेटघाटमा आपसी विषयमा कुराकानी भएको थियो । भेटका क्रममा प्रमुख शाहले भन्नुभयो, ‘आपसी कार्यक्रमका रुपमा हामीले आइटी (सूचना प्रविधि) को तालिम चलाउन सक्छौँ । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन् । यससँगै उनीहरु विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन् ।’ प्रमुख शाहले भन्नुभयो, ‘युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौँले काम गरिरहेको छ । यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतबासले सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेका छौँ ।’ भेटका क्रममा राजदूत थम्प्सनले भन्नुभयो, ‘हामी यहाँका सिर्जनात...
एनआरएनए अमेरिका र एभरेस्ट लायन्स फ्रेन्डसिप एसोसिएसनले क्रिकेट प्रतियोगिता गर्ने

एनआरएनए अमेरिका र एभरेस्ट लायन्स फ्रेन्डसिप एसोसिएसनले क्रिकेट प्रतियोगिता गर्ने

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा दोश्रो रुप स्मृति एभरेस्ट कप क्रिकेट प्रतियोगिता २०२४ को आयोजना गरिने भएको छ । प्रतियोगिता मे २५ देखि २७ सम्म सञ्चालन गरिने छ । एनआरएनए एनसीसी (यूएसए) तथा एभरेस्ट लायन्स फ्रेन्डसिप एसोसिएसनले सयुक्त रुपमा दोश्रो रुप स्मृति एभरेस्ट कप क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको हो । डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनाससमा प्रतियोगिताको आयोजना गरिने छ । यस प्रतियोगितामा भाग लिने क्रिकेट टोलीले दर्ता शुल्क ८०० डलर बुझाउनु पर्नेछ । टिम दर्ता मिति फेब्रुअरी २८ सम्म छ, कूल १२ वटा खेल टोलीले सहभागिता जनाउन पाउने छन । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार डलर तथा द्वितीय हुनेलाई ३ हजार डलर पुरस्कार दिईने आयोजक ले जनाएका छन् ।...
अप्रिल २१ मा स्थापना दिवस मनाउने नेपाल अमेरिका पत्रकार संघको निर्णय

अप्रिल २१ मा स्थापना दिवस मनाउने नेपाल अमेरिका पत्रकार संघको निर्णय

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आउँदो अप्रिल २१ तारिख आइतवारका दिन ‘नेजा स्थापना दिवस’ मनाउने निर्णय गरेको छ । गत जनवरी २० तारिख शनिवार नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरुसहित जुममार्फत बसेको १०औं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सन् २००७ अप्रिल २१ देखि २२ सम्म भर्जिनिया राज्यको आर्लिङ्टनमा सम्पन्न भएको संस्थाको पहिलो अधिवेशनलाई आधार मानी, आउदो अप्रिल २१ तारिख आइतवारका दिन विविध क्रियाकलापहरु गरेर ‘नेजा स्थापना दिवस’ मनाउने निर्णय गरेको हो । नेजाको ऐतिहासिक दस्तावेजका अनुसार उक्त अधिवेशन गिरीश पोखरेलको संयोजकत्वमा सम्पन्न भएको थियो । अधिवेशनले संस्थाको विधानलाई पारित गर्दै गिरीश पोखरेलको नेतृत्वमा गठित तत्कालीन नेजा कार्यसमितिलाई औपचारिक रुपमा मान्यता दिएको थियो । यिनै ऐतिहासिक तथ्यलाई आधारमानी नेजाको इतिहासमा अप्रिल २१ अत्यन्त म...
न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा‍. प्रेरणा श्रेष्ठले अमेरिकामा पाइन् २२ लाख डलर अनुदान

न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा‍. प्रेरणा श्रेष्ठले अमेरिकामा पाइन् २२ लाख डलर अनुदान

अमेरिका । नेपालबाट अमेरिका आएर न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा‍. प्रेरणा श्रेष्ठले अनुदान प्राप्त गरेकी छिन् । अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी ब्रुक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आएकी श्रेष्ठले अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् २९ करोड २५ लाख बराबरको रकम उपलब्ध गराउने भएको हो । पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भएका व्यक्तिहरूमा दर्दनाक अनुभवको निरन्तर घुसपैठ गर्ने सम्झनाहरू किन हुन्छन् भन्ने अनुसन्धानको लागि उक्त अनुदान दिइएको हो । चार वर्षको अनुदानले ३१ अक्टोबर २०२७ सम्म उनको कामलाई फन्ड गर्नेछ । सन् २०२१ देखि स्टोनी ब्रुकमा प्राध्यापक रहेकी श्रेष्ठले दुई दशकभन्दा बढी समयदेखि न्यूरोसाइन्समा विशेषज्ञता हासिल गरेका छन् । उनी पहिले न्यूयोर्क विश्वविद्यालय र रकफेलर विश्वविद्यालयमा पोस्टडक्टोरल अनुसन्धानकर्त...