९ बैशाख २०८२, मंगलवार

कोलोराडो विशेष/अमेरिका

भेल भ्याली शेर्पा समुदायले अमेरिकाको कोलोराडोमा मनाए ग्यल्पो लोसार

भेल भ्याली शेर्पा समुदायले अमेरिकाको कोलोराडोमा मनाए ग्यल्पो लोसार

कोलोराडो । भेल भ्याली शेर्पा समुदायहरुको आयोजनमा ईगलभेल पेभिलिएन भेल शहरमा शेर्पा समुदायहरुको महान चाड सिङ डुक लो वर्ष (Wooden Dragon year) २१५१ औं ग्यल्पो लोसार अमेरिकाको कोलोराडो निवासी शेर्पा समुदायहरुले भव्यताका साथ रमाईलो गरेर मनाएका छन् । विहानको कार्यक्रममा न्युयोर्कबाट पाल्नु भएका वौद्ध लामा गुरुज्यू ङवाङ छछोग लामाले पूजा आरधान गर्नु भएको थियो । उहां ८ पटक सगरमाथा सफल आरोहन गर्नु भएका सफल आरोही पनि हुनुहुन्छ । अपरान्हको कार्यक्रम संस्कृतिक नाचगान गर्दै रातको १० बजेसम्म रमाईलो गरेर मनाइएका थियो । भेल भ्याली शेर्पा लोसार कोलोराडोमा शेर्पाहरुको बसाई सराई भए देखी नै लावा सिस्टमले निरन्तर मनाइदै आएको छ । यो लावा सिस्टममा ३, ४ शेर्पा परिवारहरु आयोजक चुन्ने चलन छ । यो वर्ष २१५१ को लावाज्युहरुमा ङवाङ थ्रोवा शेर्पा परिवार, पासङ तेन्जी शेर्पा (पिटी) परिवार, निमा तमाङ परिवार र मिङमा शेर्...
अमेरिकाको कोलोराडोमा भव्यताका साथ मनाइयो अन्तराष्ट्रिय नारी दिवस

अमेरिकाको कोलोराडोमा भव्यताका साथ मनाइयो अन्तराष्ट्रिय नारी दिवस

नातिबाबु भट्ट (कोलोराडो/अमेरिका) । ११४औं अन्तराष्ट्रिय नारी दिवस अमेरिकाको कोलोराडोमा बिभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजना, एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजना तथा कोलोराडोमा सक्रिय डेढदर्जन भन्दा बढी संघ संस्थाहरूको सहयोगमा शनिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी र कोलोराडो बाहिरबाट एनआरएनए एनसीसीका पदाधिकारीहरु, कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बुबाआमा, दाजुभाई दिदीबहिनीहरुको उपस्थिती रहेको थियो । ‘महिलामा लगानी गरौं, प्रगतिलाई गति दिऔं’ भन्ने नाराका साथ महिलाका बिभिन्न मुद्दा, महिला सशक्तीकरण, सहभागिता र प्रवासमा महिलाका समस्या, भूमिका लगायतका बिषयमा छलफल र अन्तरक्रिया भएको थियो । सेभेन समिट गर्नु भएकी शाहसी महि...
अन्तर्राष्ट्रिय नारी दिवस मनाउन पाहुनाहरु कोलोराडो आउनेक्रम शुरु, शुक्रबार एनआरएनए नाइट

अन्तर्राष्ट्रिय नारी दिवस मनाउन पाहुनाहरु कोलोराडो आउनेक्रम शुरु, शुक्रबार एनआरएनए नाइट

कोलोराडो । यसवर्ष ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन अमेरिका निवासी नेपालीहरु शनिबार कोलोराडोमा भेला हुँदै छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजना, एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजनामा आगामी शनिबार अर्थात मार्च ९ तारिखका दिन कोलोराडोमा अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम शनिबार दिउँसो १ बजे बाट ६ बजेसम्म हुने छ । कार्यक्रममा सेभेन समिट गरेकी शाहसी महिला शैली बस्नेत कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनु हुनेछ भने प्राप्ति विष्ट, रितु तुलाधर र नायिका रेखा थापा विशिष्ट अतिथिका रुपमा सहभागी हुनु हुनेछ । यसैक्रममा कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी र कोलोराडो बाहिरबाट एनआरएनए एनसीसीका पदाधिकारीहरु पनि कोलोराडो आउने क्रम शुरु भएको छ । एनआरएनए एनसीसीले अमेरिकामा रहेका आफ्ना सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिताका ला...
प्याब्फोनले बोस्टनमा भव्यताका साथ महाशिवरात्रि मनाउने

प्याब्फोनले बोस्टनमा भव्यताका साथ महाशिवरात्रि मनाउने

अमेरिका (बोस्टन) । बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन) ले महाशिवरात्रि भव्यताका साथ मनाउने तयारी गरेको छ । प्याब्फोनले आउदो मार्च ८ तारिख शुक्रवारका दिन बोस्टन सहर स्थित नेपाली समुदायको सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा विविध धार्मिक क्रियाकलापहरु गरेर महाशिवरात्रि मनाउन लागेको हो। मन्दिर स्थापनासंगै प्राण प्रतिष्ठा गरिएपछिको यो पहिलो महाशिवरात्रि भएकाले, यसलाई भव्यताका साथ मनाउने गरी आवश्यक तयारी गरिसकिएको प्याब्फोनले जनाएको छ। प्याब्फोन कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले जानकारी दिए अनुसार महाशिवरात्रिका दिन भक्तजनहरुका लागि विहानैदेखि मन्दिर खुल्ने र दिनभरि नै चरणबद्ध अखण्ड विविध धार्मिक क्रियाकलापहरु गरिने छ। उक्त दिन सामूहिक महाशिवरात्रि व्रत पूजा, रुद्राभिषेक, पूजापाठ, आरति, महाप्रसाद, शिवधुनी,...
अमेरिकाको कोलोराडोमा शनिबार हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी पूरा

अमेरिकाको कोलोराडोमा शनिबार हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी पूरा

कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजनामा आगामी शनिबार अर्थात मार्च ९ तारिखका दिन कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी पूरा भएको छ । कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी र कोलोराडो बाहिरबाट एनआरएनए एनसीसीका पदाधिकारीहरु पनि कोलोराडो आउने तयारीमा जुट्नु भएको छ । एनआरएनए एनसीसीले अमेरिकामा रहेका आफ्ना सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गर्दै पत्र पठाएको छ भने कोलोराडो च्याप्टरले पनि आफ्ना सबै सदस्यहरुलाई कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरिसकेको छ । ‘महिलामा लगानी गरौंं, प्रगतिलाई गति दिऔं’ भन्ने नाराका साथ उक्त दिनको अवसरमा महिलाका बिभिन्न मुद्दाहरुमा प्रस्ट्याने तथा महिला सशक्तीकरण्, सहभागिता र प्रवासमा महिलाका समस्या, भूमिका बिषय लगायत छलफल र अन्तरक्रिया गर्ने त्यो दिनको मुख्य आकर्षक हुनेछ...
कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा नायिका रेखा थापा पनि सहभागी हुने

कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा नायिका रेखा थापा पनि सहभागी हुने

कोलोराडो । नेपाली नायिका रेखा थापा अमेरिकाको कोलोराडोमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागी हुने भएकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजनामा आगामी शनिबार अर्थात मार्च ९ तारिखका दिन कोलोराडोमा अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम हुने भएको छ । ९ मार्च २०२४ (शनिबार) का दिन कोलोराडोस्थित नेपाली घरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । केही समयदेखि अमेरिकाको कोलोराडोमा रहँदै आएकी चर्चित नेपाली नायिका थापाले सोही स्थानमा पहिलो सन्तान छोरीलाई पनि जन्म दिएकी छिन् । उनले निर्माण गरेको चलचित्र उपहार पनि यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । एकातिर उनी आमा बन्दै गर्दा अर्कोतिर उनी अभिनित फिल्म ‘उपहार’ प्रदर्शनमा आउँदैछ । यसर्थ फागुन महिना उनका लागि विशेष देखिएको छ । अमेरिकामा रहँदा पनि उनले आफ्नो चलचित...
भजन शिरोमणी भक्तराज आचार्यप्रति अमेरिकाको कोलोराडोमा श्रद्धाञ्जली अर्पण

भजन शिरोमणी भक्तराज आचार्यप्रति अमेरिकाको कोलोराडोमा श्रद्धाञ्जली अर्पण

कोलोराडो । गत फेब्रुअरी २६ तारिखका दिन दिवंगत हुनुभएका प्रख्यात नेपाली गायक भजन शिरोमणी भक्तराज आचार्यप्रति अमेरिकाको कोलोराडोमा गत शनिबार श्रद्धाञ्जली व्यक्त गरिएको छ । कोलाराडोवासी गायन क्षेत्रका नेपाली कलाकार, साहित्यकार एवं कला र संस्कृतिका अनुरागीहरु भेला भई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् । श्रद्धाञ्जली अर्पण समारोहमा गायक मनोजराज शिवाकोटी लगायत अन्य कलाकारद्वारा स्व. भक्तराजका केही प्रख्यात भजन, राष्ट्रिय गीत र आधुनिक गीतहरु गाइएको थियो । गायक एवं संगीतकार सुरेशचन्द्र प्रधान, गायक मनोज तुलाधर, तवला वादक सुरेन्द्र महर्जन, नवोदित गायक अंकित नेउपाने आदिले गायन र बाद्यवादनमा साथ दिएका थिए । कार्यक्रको शुभारमभमा साहित्यकार एवं गीतकार ज्ञानेन्द्र गदालले स्व. आचार्यको जीवनी प्रस्तुत गरेका थिए । सांगीतिक श्रद्धाञ्जलीको पहिलो प्रस्तुति स्वरुप सेक्सोफ़ोनमा ‘जहाँ छन् बुद्धका आँखा’ ग...
नेपाल अमेरिका पत्रकार संघको साधारणसभा सफल बनाउन सहयोगको प्रतिबद्धता

नेपाल अमेरिका पत्रकार संघको साधारणसभा सफल बनाउन सहयोगको प्रतिबद्धता

कोलोराडो । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले संस्थाको १७औं वार्षिक साधारणसभा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा गर्ने निर्णय गरेसंगै तयारी सुरु भएको छ । साधारण सभा मे २५ र २६ तारिकमा हुने यसअघि नै तय भइसकेको छ । यसैक्रममा, नेजाले गत मार्च २ तारिख शनिवार साँझ साधारणसभा हुने क्षेत्रमा क्रियाशील नेपाली समुदाय आबद्ध स्थानीय संघ संस्थाहरुसंग छलफल गरेको थियो । स्थानीय संघ संस्थाहरुको सहयोगी भूमिकाको अपेक्षा गर्दै नेजा र समुदायका बिचको सम्बन्धलाई थप प्रगाढ बनाउने, कार्यक्रमको बारेमा औपचारिक जानकारी दिने र अमूल्य सुझावहरु लिने मुख्य उद्देश्यले नेजाले भर्च्युअल रूपमा छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलमा सहभागी संघ संस्थाहरुद्वारा नेजाको १७औं साधारणसभा सफल बनाउन आवश्यक पर्ने सहयोगको प्रतिबद्धता जाहेर गरिएको थियो। छलफलका क्रममा, प्राथमिकता दिएर नेजाको १७औं साधारणसभा बोस्टनमा गर्ने निर्णय गरिन...
जय नेपाल इन्टरनेशनल फाउण्डेशनले गर्यो ‘स्मार्ट सिटी’ बारे वेबिनार

जय नेपाल इन्टरनेशनल फाउण्डेशनले गर्यो ‘स्मार्ट सिटी’ बारे वेबिनार

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउण्डेशनले गत शनिबार ‘स्मार्ट सिटीः विश्वव्यापी परिपेक्षदेखि स्थानीय अभ्याससम्म’ विषयमा वेबिनार आयोजना गरेको छ । कार्यक्रममा इञ्जिनियर दीपकबाबु कँडेलले स्मार्ट जनता, शासन, पूर्वाधार र अर्थतन्त्रबाट स्मार्ट सिटी प्राप्त गर्न हुँदा समष्टिगत विकासको अवधारण आवश्यक भएको बताए । त्यस्तै अर्का इञ्जिनियर सतीश त्रिपाठीले स्मार्ट भौतिक पूर्वाधारमा लगानी गर्ने, डेटा कलेक्शन र स्टोरेज तथा मास्टर प्लान बनाएर अघि बढ्नु पर्ने धारणा राखे । नेपाल सरकारको वित्तीय सुशासन आयोगका सदस्य सचिव दीपेश विष्ट, धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना, गोरखा नगरपालिकाकी उपमेयर सपना पुन, अमेरिकाको सार्वजनिक यातायात विज्ञ डा. देशराज संयोक, बुटवल नगरपालिकाका मेयर खिलराज पाण्डे, योजनाबिद् डा. केशव भट्टराई लगायतले स्मार्ट सिटीका बारेमा आ–आफ्नो धारणा राखे । जय नेपाल इन्टरनेशन फाउण्डेशनक...
सांस्कृतिक कार्यक्रमसहित कोलोराडोमा मनाइयो सोनाम ल्होछार (फोटो फिचरसहित)

सांस्कृतिक कार्यक्रमसहित कोलोराडोमा मनाइयो सोनाम ल्होछार (फोटो फिचरसहित)

नातिबाबु भट्ट (कोलोराडो/अमेरिका) । २८६०औं सोनाम ल्होछार डुग ल्होको पावन अवसरमा अमेरिकाको कोलोराडोमा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदान प्रदान गरिएको छ । तमाङ समाज कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमाङ समुदायले आफ्नो संस्कृती परम्परा अनुसार सोनाम ल्होछार मनाएका हुन् । शनिबार सांझ कोलोराडोको बोल्डर नगरमा सम्पन्न कार्यक्रम, प्रमुख अतिथि एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल र कार्यक्रमका सभापती सन्दीप लामाले संयूक्त रुपमा पानसमा बत्तीबालेर कार्यक्रम उद्धाटन गरिएको थियो । कार्यक्रममा चर्चित गायक मिलन लामा, चर्चित दोहोरी गायिका संगीता थापा मगर, गायक आङगेलु शेर्पा, मोडल डान्सर रश्मी तमाङ लगायतका कलाकार, कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्...