
कोलोराडो निवासी नेपालीहरुले आफ्नै भवनमा मनाए होली पर्व
कोलोराडो । कोलोराडो निवासी नेपाली समुदायले आइतबार फागु अर्थात होली पर्व भव्यताका साथ मनाएका छन् ।
नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आफ्नै भवनमा हर्षोल्लासपूर्वक होली मनाइएको अध्यक्ष जगदिशचन्द्र ढकालले बताउनु भयो ।
पण्डित जीवन बरालबाट नेपाली धार्मिक परम्परा अनुसार मन्त्रोचारण र कार्यक्रममा उपस्थित कोलोराडो निवासी ज्येष्ठ नागरिक उत्तरा प्रधानले पूजा गर्नु भएपछि सामुहिक रुपमा होली खेलिएको थियो । स्थानीयवासी नेपालीहरुले कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्रमा जम्मा भएर प्रत्येक वर्ष होली पर्व मनाईंदै आएको छ । एकआपसमा होली खेल्दै नाचगान पनि गरिएको थियो । सहभागीहरुलाई कार्यक्रम स्थलमा प्रसादको ब्यवस्था गरिएको थियो ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचग...