८ बैशाख २०८२, सोमबार

कोलोराडो विशेष/अमेरिका

क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रमको तयारी पूरा

क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रमको तयारी पूरा

कोलोराडो । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा अप्रिल १२, १३ र १४ मा दुई महत्वपूर्ण कार्यक्रम हुने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा १५ वटा टिमले भाग लिने तय भएको छ । सोही अवसरमा भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार डलर नगदसहित पुरस्कारको व्यवस्था गरिएको जनजाती महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले जानकारी दिनु भयो । उक्त प्रतियोगितामा सहभागी हुन चाहने टोलीलाई दर्ता शुल्क ५ सय राखिएको थियो । त्यस्तै भलिवल प्रतियोगितसँगै अप्रिल १...
नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयॉंवर्ष २०८१ को अवसरमा कोलोराडोमा सम्पन्न रक्तदान कार्यक्रमा ११ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स अफ अमेरिका कोलोराडो शाखा र रकी माउन्टेन फ्रेन्डस अफ नेपालको संयुक्त आयोजनामा कोलोराडो, वेस्टमिनिस्टर स्थीत Vitalint मा अप्रिल ७ तारिख, आईतवार सम्पन्न रक्तदान कार्यक्रमा ११ जना नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट रक्तदान सम्पन्न भएको हो । एक पटकको एक ब्यक्तिको रक्तदानबाट तीनजना व्यक्तिको जीवन बॉंच्न सक्छ । यस्तो पूण्य कार्यमा धेरै भन्दा धेरै ब्यक्तिलाई जागरुक बनाउंदै रक्तदान कार्यमा अभिप्रेरित गराउने मुल उद्देश्यका साथ आयोजित कार्यक्रममा ५ जना रक्तदाताहरुलाई पहिलोपटक सहभागी गराउन सक्नु कार्यक्रमको प्रमुख सफलता रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष डा. शारदा त्रिपाठीले बताएकी छन् । यसरी पहिलो पटक रक्तदान गर्नेहरूमा बिकाश त्रिपाठी,...
नयाँवर्ष २०८१ को अवसरमा अनेसास कोलोराडोद्वारा साहित्यिक रचना वाचन कार्यक्रम हुँदै

नयाँवर्ष २०८१ को अवसरमा अनेसास कोलोराडोद्वारा साहित्यिक रचना वाचन कार्यक्रम हुँदै

कोलोराडो । नेपाली नयाँवर्ष २०८१ को अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले शुभकामना आदानप्रदान तथा साहित्यिक रचना वाचन कार्यक्रम गर्ने भएको छ । यही अप्रिल १२ तारिख शुक्रबारका दिन साँझ ७ बजेबाट (नेपालको मिति २०८१ बैशाख १ गते बिहान ६.४५ बजे) देखि अनलाइन जूमको माध्यमबाट कार्यक्रम सञ्चालन गर्न लागिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले बनाउनु भयो । नयाँ वर्ष आगमनको सुखद् अवसरमा अनेसासले प्रस्तुत गर्न लागेको कार्यक्रममा सहभागी भइदिनु हुन शाखाका सचिव लालप्रसाद चौलागाईँले अनुरोध गर्नु भएको छ । ...
कोलोराडोमा हलिं नेवाः दिं मनाइयो

कोलोराडोमा हलिं नेवाः दिं मनाइयो

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो नेवाः खलःको आयोजनामा हलिं नेवाः दिं (World Newah Day) मनाइएको छ । धिमे बाजा र धिमे नाचको प्रस्तुति सँगै नेपाली सॉंस्कृतिक केन्द्र (नेपाली घर) मा आयोजित कार्यक्रममा कोलोराडो नेवाः खलःका अध्यक्ष भूषणलाल श्रेष्ठले लसकुस न्वचु (स्वागत मन्तव्य) दिएका थिए । World Newah Organization, America को Mountain Region उपाध्यक्ष तथा कोलोराडो नेवाः खलःका सल्लाहकार भुबनकृष्ण श्रेष्ठ तथा खलःका निवर्तमान अध्यक्ष प्रेमकाजी श्रेष्ठले ध्यचमि ल्भधबज म्बथ को बारेमा आफ्ना भनाइहरू राखेका थिए । कार्यक्रममा स्थानीय गायक कलाकारहरू प्रमोद श्रेष्ठ ‘सालुगु गाचा साले मते’, सुरेश ताम्राकारले ‘राजमति कुमति जिके वःसा पिरति’ तथा मनोज काजी तुलाधरले ‘धाल जित नेवाः जिके नेवाः पह मन्त यःमां ’ लगायत गीतहरू गाएर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको अन्तमा वर्ल्ड नेवाः...
प्रवासी नेपाली मञ्च क्यालिफोर्नियामा नयाँ नेतृत्व, अध्यक्षमा गौतम

प्रवासी नेपाली मञ्च क्यालिफोर्नियामा नयाँ नेतृत्व, अध्यक्षमा गौतम

बोस्टन (अमेरिका) । प्रवासी नेपाली मञ्च, अमेरिकाको क्यालिफोर्निया राज्य कमिटीको नयाँ कार्यसमिति गठन भएको छ । गत मार्च २९ तारिख शुक्रवारका दिन सम्पन्न अधिवेशनले चिरञ्जीवी गौतमको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । प्रवासी नेपाली मञ्च, क्यालिफोर्निया राज्य कमिटीका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता र प्रनेम अन्तर्राष्ट्रिय कमिटीका सदस्य राजेन्द्र शिवाकोटीको प्रमुख आतिथ्यता रहेको अधिवेशनले, उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा शम्भु शिवाकोटी र उपसचिवमा प्रकाश खनाललाई चयन गरेको छ । यसैगरी अधिवेशनमार्फत कमिटीको सदस्यहरुमा केबी चलाउने, प्रभाकर प्याकुरेल, हेमराज राई, गणेश जिसी र दीपक अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ११ सदस्यीय कमिटीमा बाँकी दुइ सदस्यहरु भने राज्य कमिटीले पछि चयन गरेर पूर्णता दिने र सल्लाहकार कमिटीसमेत गठन गर्ने निर्णय गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अन्तर्...
बोस्टनस्थित प्याब्फोनद्वारा संस्थालाई योगदान पुर्‍याउनेहरु सम्मानित (फोटो फिचर)

बोस्टनस्थित प्याब्फोनद्वारा संस्थालाई योगदान पुर्‍याउनेहरु सम्मानित (फोटो फिचर)

सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको ऐतिहासिक सहर बोस्टनस्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड (प्याब्फोन) ले संस्थालाई योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ । संस्था स्थापना कालदेखि हालसम्म संस्थाको विकासमा र गरिमा बढाउनमा यथासक्य आर्थिक, भौतिक तथा नैतिक रुपमा योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको हो। यसका लागि प्याब्फोनले गत मार्च ३१ तारिख आइतवारका दिन छढद्ध ध्बकजष्लनतयल क्तचभभत, द्यचबष्लतचभभ स्थित आफ्नै सामुदायिक भवनमा ‘ दाता, कलाकार, स्वयंसेवक एवम् मिडिया सम्मान कार्यक्रम’ को आयोजना गरेको थियो। उक्त कार्यक्रममा पण्डित गोकुल कंडेल, संस्थाको बोर्ड अफ ट्रस्टिजका अध्यक्ष सुशीलचन्द्र पौडेल, ट्रष्टिजका उपाध्यक्ष द्वय मिलन गुरुङ र राम थापा, कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष एलिना श्रेष्ठलगायतले सम्मानित हुने व्यक्तित्वहरुलाई सम्मान स्वरुप खादा लगाउदै सम्मानपत...
कोलोराडोस्थित नेपाली घरको निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन

कोलोराडोस्थित नेपाली घरको निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा क्रियाशील नेपालीहरुको साझा र सशक्त संस्था नेपाली घरको आगामी कार्यकालका लागि नयां कार्यसमिति चयनका लागी तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । संस्थाका अध्यक्ष जगदिशचन्द्र ढकालकको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमितिको पूर्ण बैठकको सर्वसम्मत निर्णयले निर्वाचन समिति गठन गरेको हो । डा. संगीता श्रोत्रियको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्यहरुमा भुषणलाल श्रेष्ठ र कपिलदेव सुवेदी रहेका छन् । संस्थाको बिधान अनुसार सातौं कार्यकालको लागी कार्यसमिति चयन गर्न निर्वाचन समिति गठन गरिएको हो । वर्तमान कार्यसमितिको कार्यकाल गत जनवरीमा सकिए पनि तिब्रताका साथमा चलिरहेको नेपाली सास्कृतिक केन्द्रको निर्माण, मर्मत संभार तथा बिबिध प्रक्रियागत सहजताका लागी संस्थाको बिधान अनुसार ६ महिना कार्यकाल थप गरिए थियो । थप गरिएको अबधि आगामी जुन महिनासम्म...
नयाँवर्ष २०८१ को उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कृतिक साँझ हुँदै

नयाँवर्ष २०८१ को उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कृतिक साँझ हुँदै

नातिबाबु भट्ट (कोलोराडो/अमेरिका) । नेपाली नयांवर्ष २०८१ को उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिने भएको छ । कोलोराडो निवासी नेपाली भाषीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा नेपाली कला संस्कृतीको जगेर्ना गर्न तथा समाजमा सद्भाव कायम राख्न बिशेष शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो । शुभकामना सांझ कार्यक्रम आगामी अप्रिल १३, २०२४ शनिबार सांझ ६ बजेदेखी राती ९ः३० बजे सम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना हुन लागेको बताइएको छ । लोकप्रिय गायक रबि ओडको बिशेष आतिथ्यमा स्थानीय सुपरिचित तथा चर्चित कलाकारहरुको सहभागितामा बिशेष मनोरन्जनात्मक तथा शुभकामना साँझ कार्यक्रमको आयोजना गरिन लागिएको रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । प्रवा...
मगर संघ अमेरिकाले अमेरिका निवासी मगरहरूको जनगणना गर्दै

मगर संघ अमेरिकाले अमेरिका निवासी मगरहरूको जनगणना गर्दै

नातिबाबु भट्ट (कोलोराडो/अमेरिका) । मगर संघ अमेरिकाले अमेरिकामा बसोबास गर्दै अएका मगरहरूको वास्तविक जनसंख्या पत्ता लगाउन जनगणना शुरू गरेको छ । मगर संघ अमेरिका स्थापनाको २०औं बार्षिक उत्सवको अवसरमा अमेरिकामा रहेका मगरहरूको जनसंख्याको तथ्यांक राख्न जनगणना सुरू गरिएको हो । यही मार्च ११, २०२४ देखि शुरू गरिएको जनगणनामा सहभागी भई आ–आफ्नो तथ्यांक राख्न अनलाईनको लिंकमा वा सिधै बारकोड स्क्यान गरेर फर्म भर्न सकिन्छ । जनसंख्या जनगणना कार्यक्रममा आफ्नो तथ्यांक राख्न समस्या परे मगर संघ अमेरिकाका सेन्सस संयोजक टेकबहादुर थापा मगर अथवा च्याप्टर प्रतिनिधिहरूलाई सम्पर्क गरेर सहयोग लिन सकिन्छ । अमेरिका भरी छरिएर रहेका मगर समुदायको जनसंख्या तथ्यांक संकलन गर्न सहयोगी प्रतिनिधिहरू र पर्यवेक्षकहरू खटिइसकेका छन् । यस्ता कार्यक्रमले मगरहरूलाई एकै ठाउमा गोलबद्द्ध गर्ने अभियानलाई सहयोग पुग्ने, मगरहरूको संस्कार सस्...
अमेरिकाको बाल्टिमोरमा पानीजहाज ठोकिएपछि तीन किलोमिटर लामो पुल भत्कियो

अमेरिकाको बाल्टिमोरमा पानीजहाज ठोकिएपछि तीन किलोमिटर लामो पुल भत्कियो

अमेरिका । अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा एउटा नदीमाथि बनेको तीन किलोमिटर लामो पुल भत्किएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार एउटा पानीजहाज ठोकिएपछि उक्त पुल भत्किएको हो । उक्त घटनामा केही मानिस हताहत भएको र केही सवारीसाधन नदीमा खसेको बताइएको छ । घटनाबारे बिस्तृत विवरण आइसकेको छैन ।...