८ बैशाख २०८२, सोमबार

कोलोराडो विशेष/अमेरिका

नेपाल अमेरिका पत्रकार संघको स्थापना दिवसमा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन

नेपाल अमेरिका पत्रकार संघको स्थापना दिवसमा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन

बोस्टन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को स्थापना दिवसको अवसरमा अमेरिकाको बोस्टनमा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । समुदायसंगसंगै ‘नेजा’ भन्ने मूल उद्घोषका साथ आयोजना गरिएको कार्यक्रमको मुख्य उद्देश्य नेजा र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, विश्व शान्तिको कामना गर्दै शुभकामना आदानप्रदान गर्ने र सहभागीहरुबाट अमूल्य सुझावहरु लिने रहेको थियो । कार्यक्रम गत अप्रिल २१ तारिख आइतवारका दिन 594 Washington Street, Braintree स्थित नेपाली समुदायको सामुदायिक भवनमा सम्पन्न भएको हो। कार्यक्रममा न्यू इंग्ल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली समुदायका संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु एवम् सामाजिक तथा धार्मिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो चरण अन्तर्गतको शुभकामना आदानप्रदान कार्यक्रममा नेजाका उत्तरपूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले ...
कोलोराडोमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नेपाल डे परेड’ सम्पन्न (फोटो फिचर)

कोलोराडोमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नेपाल डे परेड’ सम्पन्न (फोटो फिचर)

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयांबर्ष २०८१ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरि एक आपसमा शुभकामना साटासाट गरेका छन् । रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजना, हेल्पिङह्याण्डको सहयोग तथा स्थानीय सबै संघ संस्थाको सहभागितामा बोल्डर नगरमा “नेपाल डे परेड” सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्डर नगरका मेयर आरोन ब्रकेटको उपस्थिती रहेको थियो । त्यस्तैगरी स्थानीय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजीवी, कलाकार, पत्रकार, व्यवसायी तथा नेपालीभाषी आमाबुबा, दाजुभाई दिदीबहिनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । भौगोलिक हिसावले नेपालसंग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा सहभागीहरुले नेपाल र अमेरिकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी धिमे बाजाको तालमा नेपाली गीत गाउंदै हर्सोउल्लास र मनोरन्जनका साथ नगर परिक्रमा गरे...
अमेरिकाको कोलोराडोमा भीषण हिमपात (फोटो फिचर)

अमेरिकाको कोलोराडोमा भीषण हिमपात (फोटो फिचर)

मीन बोलखे (अमेरिका, कोलोराडो) । अमेरिकाको कोलोराडोमा शुक्रबार रातिदेखि भीषण हिमपात भइरहेको छ । हिमपातले चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । घर, गाडी, सडक, बोटविरुवाहरु हिऊँले सेताम्मे भएका छन् ।  
कोलोराडोमा नेपाली नयाँबर्षको उपलक्ष्यमा नेपाल डे परेड आयोजना हुँदै

कोलोराडोमा नेपाली नयाँबर्षको उपलक्ष्यमा नेपाल डे परेड आयोजना हुँदै

नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयांबर्ष २०८१ कोलोराडो निवासी नेपालीभाषीहरुले “नेपाल डे परेड” आयोजना गरी मनाउने भएका छन् । कोलोराडोमा नेपाली भाषी समुदायबीच सकृय संस्था रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाहरुको सहभागितामा “नेपाल डे परेड” संगै नयां बर्ष मनाउन लागिएको रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । यही अप्रील २१ तरिक आईतबार अपरान्ह १२ बजे देखी दिउसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालन हुने कार्यक्रममा स्थानीय बोल्डर सिटीका मेयर लगाएतका बिभिन्न अतिथिहरुको उपस्थिती रहने अध्यक्ष बगालेले बताएका छन् । यहाका स्थानीयलाई नेपाल र नेपालीको भाषा संस्कृती पहिचाहन गराउन पाउने यस महत्वपूर्ण कार्यक्रममा सकेसम्म आ-आफ्नो संस्कृती झल्कने भेषभुषामा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ । त्यसैगरी संघसंस्थाहरुलाई संभव भएसम्म ब्यानर सह...
बोस्टन नेपाली कम्युनिटीद्वारा ‘बैशाखी साँझ’ भव्यताका साथ सम्पन्न

बोस्टन नेपाली कम्युनिटीद्वारा ‘बैशाखी साँझ’ भव्यताका साथ सम्पन्न

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका । अमेरिकाको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटीद्वारा आयोजित ‘बैशाखी साँझ–२०८१’ भव्यताका साथ सम्पन्न भएको छ । विशेष सांगीतिक कार्यक्रमसहितको उक्त बैशाखी साँझ गत अप्रिल १३ तारिख शनिवार साँझ सम्पन्न भएको हो । नेपाली पात्रोअनुसार नयाँ वर्ष बिक्रम संवत् २०८१ शुभारम्भ भएको अवसर पारेर नेपालीपन र पहिचानलाई जोगाइ राख्न सक्दो योगदान पुर्याउने, आपसमा संगठित हुने, समुदायको सदस्यहरुकाबिच भाइचाराको आत्मीय सम्बन्धलाई कसिलो बनाउने र एकआपसमा शुभकामना आदानप्रदान गर्दै सांगीतिक माहोलमा रमाउने मुख्य उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । साँझ ७ बजेबाट सुरु भएको कार्यक्रममा सहभागी भएका न्यू इङ्ल्याण्डवासी प्रवासी नेपालीहरुले नेपाली नयाँ वर्ष हर्षोल्लासका साथ मनाए । कार्यक्रमलाई दुइ चरणमा बाँडेर सञ्चालन गरिएको थियो । कार्यक्रम ता...
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो फिचर)

अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो फिचर)

अमेरिका (सानफ्रान्सिस्को) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा अप्रिल १४ तारिखका दिन नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकीसहित परेडको आयोजना गरिएको एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिनु भयो । नेपाल परेड विशेष कार्यक्रम बिहान ११ बजे सिटीहलमा भएको हो । न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि स्थानीय मार्केट स्ट्रिटमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत भएको थियो । कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रह...
अमेरिकाको बोस्टनमा फहरायो नेपालको राष्ट्रिय झण्डा

अमेरिकाको बोस्टनमा फहरायो नेपालको राष्ट्रिय झण्डा

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको बोस्टनमा चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको छ। गत अप्रिल १२ तारिख शुक्रवारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यास्याच्युसेट्स च्याप्टर र समरभिल सिटीको संयुक्त आयोजनामा समरभिल सिटीको प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको हो । नेपाली नयाँ वर्ष बिक्रम संवत् २०८१ साल प्रारम्भ भएको शुभसाइत पारेर आयोजना गरिएको कार्यक्रमकी प्रमुख अतिथि नेपाली महावाणिज्यदूतावास न्यू योर्ककी महावाणिज्य दूत विष्णुकुमारी अधिकारी र समरभिल सिटीकी मेयर क्याट्जना बालेन्टाइनले संयुक्त रूपमा झण्डोत्तोलन गरेका थिए । कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान गाएर गरिएको थियो। कार्यक्रमकी प्रमुख अतिथि अधिकारीले नेपाली नयाँ वर्ष २०८१ सालको शुभ अवसर पारेर ऐतिहासिक र महत्वपूर्ण का...
कोलोराडोमा गायक रवि ओडको प्रस्तुतिसँगै नयाँवर्ष शुभकामना सांस्कृतिक साँझ सम्पन्न

कोलोराडोमा गायक रवि ओडको प्रस्तुतिसँगै नयाँवर्ष शुभकामना सांस्कृतिक साँझ सम्पन्न

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले गायक रबी ओडको उपस्थितीमा शुभकामना सांस्कृतिक सांझ कार्यक्रमको आयोजना गरी नयांबर्ष २०८१ को शुभकामाना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको उपस्थिती रहेको थियो । शनिबार सांझ सम्पन्न भएको कार्यक्रममा सहभागी हुन कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए । कार्यक्रम आयोजना स्थलमा बालक हुन वा बृद्ध, यूवा हुन वा यूवती सबै आ आफ्ना दौतरीका साथ नयांबर्षको शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हक गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुर...
न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि

न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि

अमेरिका (क्यालिफोर्निया) । एनआरएनए क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको भलिवल प्रतियोगितमा टेक्ससको टोलीले उपाधि जितेको छ । सानफ्रन्सिस्कोमा सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा न्यूयोर्कको टोलीलाई टेक्ससले हराएको हो । योसंगै बिजेता टोलीले सर्वाधिक १२ हजार डलर पुरस्कार जितेको छ । अन्तिम खेलमा १५–१३ स्कोर सहित न्यूयोर्कले बाजी मारेको हो । बेस्ट अफ फाईभको खेलमा अन्तिम प्रतिस्पर्धाअघि २-२ जीत सहित दुबै टोली बराबरको स्थितिमा थिए । खेलको उपबिजेताले ७ हजार डलर पुरस्कार पाउने छ । तेस्रो हुनेले ५ हजार र चौथो हुने टोलीका लागि २ हजार डलर पुरस्कार राखिएको यो खेल अमेरिकामा नेपाली समुदायमाझ हुने सर्वाधिक पुरस्कार राशी मघ्येको प्रतियोगिता हो । विजेता-उपबिजेतासहित सम्पूर्ण सहभागी टोलीहरु र खेल सम्पन्न गर्न सघाउने सबै नेपाली समुदायप्रति आयोजक एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा...
कोलोराडोमा शनिबार साँझ आयोजित शुभकामना सांस्कृतिक साँझ कार्यक्रमको तयारी पूरा

कोलोराडोमा शनिबार साँझ आयोजित शुभकामना सांस्कृतिक साँझ कार्यक्रमको तयारी पूरा

कोलोराडो । नेपाली नयाँ वर्ष २०८१ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा शनिबार साँझ आयोजित शुभकामना सांस्कृतिक साँझ कार्यक्रमको तयारी पूरा भएको छ । शुभकामना सांझ कार्यक्रम अप्रिल १३, २०२४ शनिबार सांझ ६ बजेदेखी राती ९ः३० बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना हुन लागेको हो । कोलोराडो निवासी नेपाली भाषीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा नेपाली नयाँ वर्ष २०८१ को उपलक्ष्यमा नेपाली कला संस्कृतीको जगेर्ना गर्न तथा समाजमा सद्भाव कायम राख्न बिशेष शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो । लोकप्रिय गायक रबि ओडको बिशेष आतिथ्यमा स्थानीय सुपरिचित तथा चर्चित कलाकारहरुको सहभागितामा बिशेष मनोरन्जनात्मक तथा शुभकामना साँझ कार्यक्रमको आयोजना गरिन लागिएको रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । प्रवासमा नेप...