
नेपाली सांस्कृतिक केन्द्र कोलोराडोमा हनुमान चालिसा भजन कृतन कार्यक्रम सम्पन्न
नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा बिगत लामो समय देखी कोलोराडोमा प्रशिद्द हनुमान चालिसा भजन कृतन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली घरको आयोजना तथा हनुमान चालिसा भजन कृतन समूह( Chanting Lead by: Sabina & Ajaya Pradhan ) को सहयोगमा मे ५ आइतबार दिउँसो ठीक ३ बजेदेखी ५ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा कार्यक्रम सम्पन्न भएको हो ।
तेत्तीस कोटी देवी देवतामा बिश्वास गर्ने नेपाली सांस्कृतिक परम्परा अनुसार सबै देवी देवताहरुको आआफ्नै बिशेषता र महत्व रहेको छ । सोही अनुसार कोलोराडोमा बिगत लामो समयदेखि निरन्तर रुपमा हरेक महिना हनुमान चालिमा भजन कृतन कार्यक्रम संञ्चालन हुँदै आएको छ ।
हरेक महिना आयोजना हुने कोलोराडो कै प्रशिद्ध धार्मिक कार्यक्रम यसपटक नेपाली भाषीहरुको आस्थाको केन्द्र नेपाली घरमा आयोजना भएको नेपाली घरका अध्...