
कोलोराडोमा २५६८औँ बुद्ध जयन्ती मनाइँदै
-नातिबाबु भट्ट (अमेरिका, कोलोराडो) । विश्व शान्तिका महानायक नेपालका राष्ट्रिय बिभुती शाक्यमुनी गौतम बुद्धको २५६८औँ जन्म जयन्ती कोलोराडो निवासी नेपाली भाषीहरूले बिभिन्न कार्यक्रमका साथ मनाउने भएका छन् ।
बौद्ध समाज कोलोराडोको आयोजनामा बुद्धको जन्मभुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा गौतम बुद्धको शान्तिको सन्देश संसार भर फैलाउन बुद्ध जयन्तीको अवसर पारेर ध्यान साधना, पुजा, बुद्धको जिवनीमा आधारित नाटक प्रर्दशन गर्न लागिएको हो ।
यहि मे २६ तारिक आइतबार बिहान ११ बजे देखी दिउसो २ बजे सम्म Centennial city स्थित Community Room मा शान्तिका दुत भगवान गौतम बुद्धको लामागुरुबाट पुजापाठ गरी कार्यक्रम शुभारम्भ हुने बौद्ध समाज कोलोराडोका सचिव सञ्जय शाक्यले बताएका छन् । यस अघीका बर्षहरुमा Denver downtown शोभायात्रा हुने गरेकोमा यस बर्ष त्यहां पुन निर्माणको काम भइरहेको हुनाले Centennial city मा कार्यक्रम ...