
नेपाली घरका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण जुन २२ मा हुँदै, सहभागी हुनअनुरोध
–नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको आगामी कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण समारोह यही जुन २२ तारिक शनिबार हुने भएको छ ।
हालै सम्पन्न कार्यसमितिको बैठकले जुन २२ तारिक शनिबार दिउँसो २ बजेदेखी ५ बजेसम्म संस्थाको आफ्नै भवन नेपाली संस्कृतिक केन्द्र नेपाली घरमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पदभार हस्तान्तरण गर्ने निर्णय भए अनुसार कार्यक्रम गर्न लागिएको हो ।
संस्थामा आजीवन, परिवार, ब्यक्तिगत, बिध्यार्थी र मानार्थ गरी झण्डै ६ सय सदस्यहरू आबद्ध रहेका छन् । संस्थाको कार्यक्रममा सहभागी हुन सबै सदस्य, संघसंस्थाका प्रतिनिधि, बुद्धीजीवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपालीभाषी बुबाआमा, दाजुभाई, दिदीबहिनी तथा नेपाली घरप्रति सद्भाव राख्ने सबैलाई उपस्थित भइ नवनिर्वाचित स...