
कोलोराडो नेवाः खलःको आयोजनामा ‘मुना इही’ सम्पन्न
–नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । अमेरिकास्थित कोलोराडो नेवाः खलःको आयोजनामा ‘मुना इही ११४४’ सम्पन्न भएको छ ।
धर्मशास्त्रका अनुसार विवाह भन्ने बित्तिकै कन्यादानको कुरा आउँछ । कन्यादान गर्दा अश्वमेघ यज्ञ गरे बराबरको फल पाइन्छ भन्ने मान्यता रहेको छ । तर नेवाः धर्म संस्कृती अनुसार रजस्वला भइसकेको कन्यालाई दान गरेमा लिने र दिने दुबैको नर्कबास हुन्छ भन्ने मान्यता रहेकोले बाल विवाहको प्रचलन रहेको थियो । सन् १९६३ मा बाल विवाह विरूद्धको कानून लागू भएपछि यो प्रथाको अन्त्य भएको थियो ।
नेवाः तजिलजिमा नेवाः छोरीहरूको विभिन्न संस्कारहरूमध्ये यो एक महत्वपूर्ण संस्कार रहेको कार्यक्रम संयोजक मयजु रोजिना ताम्राकारले बताएकी छन् । नेवाः समुदायमा इही गर्दा ५ देखी ७ वर्ष उमेर समूहका कन्याहरूको कन्यादान गर्ने गरिन्छ । भगवान नारायणको सुनको प्रतिमा बनाई सुवर्ण कुमारको प्रतिक मानी स्मरण गरेर कन्यादान गरिन्छ ।
...